Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

रसुवागढी जलविद्युत् आयोजनाको संरचना निर्माण तीव्र

\"\"रसुवा, ६ माघ । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ । भूकम्पका कारण बाहिरी सतहको ड्यामसाइट क्षेत्रमा ठूलै क्षति व्यहोर्नु परेको थियो । खोला फर्काउने ठाउँबाहेक सबै भूमिगत संरचनाको आयोजना भएका कारण निर्माण भएका सुरुङका भाग सबै सुरक्षित रहेको बताइएको छ । देशको ऊर्जा सङ्कट छिटो समाधान गर्ने कार्यमा मद्दत पु¥याउन चिनियाँ ठेकेदार कम्पनी आयोजनाका प्राविधिक तीनसय २० जना मजदुर अहिले अहोरात्र सुरुङ खन्ने कार्यमा तल्लीन रहेको प्राविधिक गुरुङले बताएका छन् । गत वर्षको भूकम्प, भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव तथा वृद्धिम गाविस क्षेत्रमा गएको पहिरोका कारण सडकको असहजताजस्ता विविध कारणले आयोजनाको निर्माण अवधि केही समय बढ्न सक्ने प्राविधिकको भनाइ छ । यस्तै, रसुवागढी नाका सञ्चालनमा आएपश्चात् ट्राफिक समस्या जलविद्युत् आयोजनालाई अर्को थपिएको छ । अहिलेको मुख्य समस्या भनेको रसुवागढीदेखि तातोपानी इलाका क्षेत्रको हो । करिब चार किमी सडक क्षेत्रमा आयोजनाको सामान ओहरदोहर गराई रहनुपर्ने भएका कारण ट्रक कन्टेनरलाई सिधा केरुङ पठाउने र सडकमा पार्किङ गराउने कार्यको अन्त्य गर्न वेत्रावतीबाट सिधै केरुङ पठाउने वातावरणका लागि नेपाल प्रहरीले सामान लिन जाने सवारीसाधनमा टोकन प्रणाली लागू गरिसकेको बताइएको छ । सन् २०१४ बाट निर्माण गर्न सुरु भएको रसुवागढी एकसय ११ मेगावाट जलविद्युत् आयोजनाको लागत भने १३ अर्ब रहेको साइट इन्चार्ज ज्ञवालीले जानकारी दिए । निर्माण कार्य गरुन्जेल सम्मका लागि मात्र हामीलाई अलि फराकिलो ठाउँ चाहिएको बताउँदै ज्ञवालीले आयोजनाको सबै काम सकिए पछि सबै भूमिगत र सुरक्षित रहने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending