Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

भारतः गौहत्या गर्नु पाप हो ?

भारतमा मानिसहरु मुसलमानहरुले मात्र गाईको मासु खान्छन् भन्ने पूर्वाग्रही धारणा राख्छन् । यो विल्कुलै निराधार सोच हो, किनकी यसको कुनै ऐतिहासिक आधार भेटिदैन् । वैदिक साहित्यमा यस्ता कयौं उदाहरण छन् जस मार्फत तीनताका गाईको मासु सेवन गरिएको कुरा पुष्टी हुन्छ । त्यतिबेला यज्ञ आदिमा गाईको बलि दिइने गरेको कुरा वैदिक साहित्यहरुमा पाइन्छ । त्यतिबेला घरमा पाहुना अथवा विशेष मान्छे आउँदा उनको स्वागतमा गाईको बली दिइन्थ्यो । विवाह, गृह प्रवेश जस्ता अुनष्ठानहरुमा पनि गाईको मासु खाने र खुवाउने चलन थियो । यो गुप्तकाल भन्दा अघिको कुरा हो । गौहत्यामा कहिलै पनि प्रतिबन्ध भएन । पाँचौँ सताब्दीको बरपर स–साना राज्यहरुको निर्माण तिब्र गतिमा भैरहेको थियो र भूमिदानको प्रचलन आरम्भमा थियो । यसै कारण खेतीका लागि जनावरहरुको महत्व बढ्नु स्वभाविक थियो । त्यसै समयमा गाईको महत्वपनि बढ्यो । त्यसपछि धर्मशास्त्रहरुमा गाईलाई मार्न नहुने धारणा सार्वजनिक हुन लाग्यो । समय काल बित्दै जाँदा गाईलाई मार्न नहुने ब्राम्हणवादी विचारधारा समाजमा हावि हुन लाग्यो । सँग–सँगै अर्को कुराले पनि तिव्र गतिमा समाजमा छाप पारी रहेको थियो त्यो के भने– जसले गाईको मासु सेवन गर्छ उ दलित हो भन्न लागियो । पाँचौँ र छैठौँ सताब्दीमा दलितहरुको संख्या निक्कै बढीरहेको थियो । त्यसै समय व्राम्हणहरुले धर्मशास्त्रहरुमा यस्तो कुरा लेख्न भ्याएका थिए । त्यसै बेला सजायको पनि व्यवस्था गरियो । जसले गाईको हत्या गर्छ उसले प्रायश्चित गर्नु पर्ने हुन्छ । तर, यहाँ के कुरा उल्लेखनिय छ भने– त्यस समयमा गाई मार्नेको ज्यान लिने कुनै व्यवस्था थिएन । जस्तो कि आज गाई मार्नु भनेको व्राम्हण मार्नु सरह हो भन्ने मानिसहरु ठान्ने गर्दछन् । त्यस बेला त्यस्तो थिएन । त्यसबेला गाई मार्नेले प्रायश्चित गर्नु पर्ने हुन्छ भनिए पनि कडा सजायको प्रावधान भने गरिएको थिएन । तीनताका सजाएको रुपमा गाई मार्नेले ब्राम्हणलाई भोज खुवाउनु पर्ने नियम र सजाय तोकियो । \"Cowधर्मशास्त्रमा यो कुनै ठुलो अपराध होइन । त्यसैले प्राचिन कालमा यसमाथि प्रतिवन्ध लगाईएको थिएन । बरु मुगल बादशाहहरुको समयमा राजदरबारमा जैनहरुको प्रवेश हुने गरेकाले केही खास–खास सन्दर्भमा गौहत्यामाथि प्रतिवन्ध लगाईयो । गौहत्याको सम्पूर्ण बिबाद १९औं सताब्दीमा आरम्भ भएको हो । भारतका स्वामी दयानन्द सरस्वतीले आर्य समाजको स्थापना गर्दै जुन बेला गौ रक्षाका लागि अभियान नै चलाए त्यसैबेलादेखि गौहत्या गर्न हुने कि नहुने भन्ने विवादले जरो गाड्न पुग्यो । त्यसपछि गाईको मासु खाने र बेच्नेलाई मुसलमान भन्दै चिह्ति गर्न थालियो । त्यस पछि समाज विभिन्न विचारधारमा विभक्त हुन लाग्यो र साम्प्रदायिक तनावको बिउ रोपियो । जुन समाजमा यस अघि कुनै पनि साम्प्रदायिक दंगाहरुको बिउ रोपिएको थिएन यहाँदेखि ती बिउहरु प्रस्फुटीत हुन लागे । त्यसो त गोवंशको एउटा पूजा हुने गर्दछ जसको नाम ‘गोपाष्टमी’ हो । यसका लागि भिन्दै कुनै मन्दीर छैन् । कतै कसैले मन्दिर बनाएका छन् भने त्यो भिन्दै कुरा हो किनकी मन्दीर त फिल्मी स्टारहरुको पनि बनाइएको छ । मुल प्रश्न के हो भने राज्य अर्थात सरकार खाने कुरामा पनि आफ्नो कानुन लगाउँन सक्छ कि सक्दैन ? जब तपाई भन्नु हुन्छ– देशको बहुसंख्यकहरुको भावनालाई मध्यनजर गर्दै गाईको मासुमा प्रतिवन्ध लागाइनु पर्छ, तपाईले त्यसैबेला नै एउटा वर्गको भावनामाथि चोट पुर्‍याई रहनु भएको हुन्छ । तपाई आफु भन्दा भिन्न समुदाय र वर्गको खानपानमाथि अतिक्रमण र नियन्त्रण गरी रहनु भएको हुन्छ । देशमा दलित र आदिवासी गाईको मासु खान्छन् । खान्छन् मात्र होइन खुलेआम खान्छन् । भारतको दक्षिणी राज्य केरलका व्राम्हणहरुलाई छाडेर अन्य सबैले गाईको मासु खान्छन् । तमिल्नाडुमा पनि एउटा ठुलो वर्ग छ जसले गाईको मासु खान्छ । तर, सरकार अंधविश्वासमा हिँडी रहेको छ । (झा भारतका इतिहासकार हुन्) साभारः बीबीसी हिन्दी सेवा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE