Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

कसरी सजाइँदै छ ट्रम्पका लागि ह्वाइटहाउस ?

\"\"अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (२० जनवरी)मा राष्ट्रपति पदको सपथ लिँदै छन् । यसअघि नै उनका लागि अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सजाउने योजना बनिसकेको छ । २० जनवरीको बिहानीमा जुन पलङबाट राष्ट्रपति बाराक ओबामा उठ्नेछन्, साँझ त्यो पलङमा सुत्न नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प त्यहाँ पुग्नेछन् । दिउँसो ठीक १२ बजेसम्म ह्वाइट हाउसलाई ओबामाको नै मानिनेछ र त्यहाँको परम्पराअनुसार त्यसको एक मिनेटअघिसम्म पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न पाउँदैनन् । वर्षौंदेखि चलिआएको यही परम्पराअनुसार डोनाल्डका लागि कोठा सजाउन त्यहाँका कर्मचारीले ६ घण्टाको समय पाउनेछन् । स्थानीय समयअनुसार बिहान साढे १० बजे जब डोनाल्ड ट्रम्प आफ्नो उद्घाटन भाषणका लागि तयार हुनेछन्, तब दुई ठूला ट्रक ह्वाइटहाउसभित्र पुगिसकेका हुनेछन् । एक सयभन्दा धेरै स्टाफहरू तिनै दुई ट्रकवरपर हुनेछन् । बिजुलीको रफ्तारमा एकथरीले एउटा ट्रकमा ओबामाका सामान लोड गर्न थाल्नेछन् भने अर्काथरीले त्यहीँ डोनाल्डका सामान ट्रकबाट अनलोड गर्नेछन् । मिडियालाई दिइएको जानकारीअनुसार ह्वाइटहाउस प्रबन्धनले यो सबै काम अत्यन्त छिटो गर्नेछ । यही समयमा त्यहाँका ढोकामा नयाँ पेन्टिङ लगाइनेछ, झ्याल र ढोकाका सिसा सफा गरिनेछ । र, एक सय ३२ कोठामा नयाँ ढंगको सजावट हुनेछ, जहाँ नयाँ राष्ट्रपति ट्रम्पको परिवारलाई स्वागत गरिनेछ । महत्वपूर्ण कुरा के हो भने जबसम्म ट्रम्प ह्वाइट हाउसमा छिर्ने छैनन्, तबसम्म त्यहाँको सबै जिम्मेवारी ह्वाइट हाउस व्यवस्थापन विभागले लिनेछ । सन् २००९ मा जब बाराक ओबामा सिकागोबाट वासिंग्टन आएका थिए, उनले सबै सामान आफ्नै खर्चमा त्यहाँ पुर्‍याएका थिए । ह्वाइटहाउसका कर्मचारीलाई ती सामान सुम्पिएपछिचाहिँ उनीहरूले नै त्यसको व्यवस्थापन गरेका थिए । त्यसका लागि ओबामाका छुट्टै स्टाफ त्यहाँ थिएनन् । तर, केचाहिँ सत्य हो भने त्यहाँ मिलाइसकिएको सामानको सजावट पनि केही हदसम्म राष्ट्रपति र उनकी पत्नी अर्थात् अमेरिकी प्रथम महिलाले फेर्न सक्नेछिन् । अहिले ह्वाइटहाउसको सजावटलाई किन पनि महत्वपूर्ण ढंगमा हेरिएको छ भने ट्रम्प पत्नी मेलानियासँग अत्यन्त महँगो आफ्नो पेन्टहाउसमा बस्दै आएका थिए । उनको घरमा महँगो झुमर थियो, सुनको जलप लगाइएका विच्छ्यौना थिए । त्यसैले, ट्रम्पले ह्वाइटहाउसको सजावट कसरी गर्नेछन् भन्ने पनि चासोका साथ हेरिएको छ । तर, यसअघि एकपटक ट्रम्पले बताइसकेका छन्, ‘ह्वाइटहाउसमा त्यस्तो विशेष केही पनि हुने छैन ।’ त्यसो त, अबकी अमेरिकी प्रथम महिलाले ह्वाइटहाउसमा एउटा ‘ग्लाम रुम’ बनाउने इच्छा व्यक्त गरिसकेकी छिन् । पत्रिका न्युयोर्क टाइम्सका अनुसार मेलानियाले सो कोठा आफ्नो मेकअप र अन्य साजसज्जाका लागि प्रयोग गर्नेछिन् । पत्रिकाका अनुसार मेलानियाले आफ्नो मेकअपमा सबा घण्टा खर्चिने भएकाले पनि त्यो कोठाको प्रकाश र अन्य सजावट विशेष हुने जनाइएको छ । त्यसो त ह्वाइटहाउसमा कुनै पनि महत्वपूर्ण कुरामा परिवर्तन गरिँदैन । तर, यसअघि बाराक ओबामाले त्यहाँको टेनिस कोर्टलाई बास्केटबल कोर्टमा फेरेका थिए । त्यसअघि ३८औँ राष्ट्रपति जेरार्ड फोर्डले ह्वाइटहाउसभित्रै स्विमिङ पुल बनाएका थिए । त्यस्तै, बिल क्लिन्टनले पनि राष्ट्रपति निवासमा एउटा हट टब बनाएका थिए, जसमा एकैपटकमा आठजनासम्म अट्न सक्थे । २० जनवरीको बिहानैदेखि ट्रम्प अत्यन्त व्यस्त हुनेछन् । शुभकामना भाषण, त्यसपछि परेड र समुद्घाटन बल भनिने समारोहमा सहभागी भएपछि जब साँझ ट्रम्प ह्वाइट हाउसमा पुग्नेछन्, तब त्यहाँ उनका लागि केही खानेकुरा पनि तयार भइसकेको हुनेछ । तर, यो त्यहाँका भान्सेको नै इच्छाको स्वादअनुसार हुनेछ । भोलिपल्ट बिहानबाटचाहिँ त्यहाँको फेरबदल तथा स्वाद सबै एक व्यक्तिमा निर्धारण हुनेछ– डोनाल्ड ट्रम्पको । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy