Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता

\"\"रोल्पा, ९ माघ । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे । खत्रीले जीवनमा दुईवटा विवाह गरे । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उनकी आमाभन्दा जेठी थिइन भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी छन् । खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै छिन् । करिब ३० वर्षको अन्तर रहेका यो दम्पतीको कान्छो छोरा ५ वर्षका छन् । अनमेल विवाह गरेका रोल्पाका यो दम्पतीलाई सन्तानको भविष्यको चिन्ताले निकै पिरोल्ने गरेको छ । आफू डाँडा माथिको जून भइसकेकै बेला जन्मिएको छोरालाई उच्च शिक्षा दिन र बाचुन्जेल राम्रो स्याहारसुसार गर्न पनि सक्दैन कि भन्ने चिन्ताले आफूलाई दिनरात पिरोल्ने गरेको उनी बताउँछन् । रोजगारीको सिलसिलामा भारतको अल्मोडामा दिन गुजार्दै आएका खत्रीका जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट तीन छोरा गरी चार सन्तान छन् । चारै जना सन्तान अशिक्षित छन् । गरिबी र चेतना अभाव नै सन्तान अशिक्षित हुनुको मुख्य कारण रहेको खत्री दम्पती स्वीकार्दछ । हाल कान्छी श्रीमतीसँग जीवन चलाउँदै आएका खत्रीकी जेठी श्रीमतीको मृत्यु भइसकेको छ । विसं २०१८ सालमा पहिलो विवाह गर्दा खत्री २० वर्षका थिए भने उहाँकी श्रीमती ४५ वर्षीया, दुई छोरा र दुई छोरीकी आमा बनिसकेकी गाउँकै ४५ वर्षीया धनी बहकरीसँग उठबस गर्दागर्दै अवैध सम्बन्धबाट गर्भ रहेपछि खत्रीले आमाभन्दा ठूलो उमेरकी गाउँकै विधवा महिलालाई १८ वर्षको उमेरमा श्रीमतीका रुपमा स्वीकार गरेका थिए । खत्रीसँग विवाह गर्दा धनीका नातिनातिना समेत जन्मिसकेका थिए । अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएकी धनीले खत्रीसँग दोस्रो विवाह भएको केही महिनामै छोरीको जन्म दिए । तर खत्रीले श्रीमतीलाई दिनुपर्ने माया, ममता र आत्मीयता कहिल्यै पनि दिएनन । केवल अवैध रुपमा रहेको गर्भ नै उनीहरुको विवाहको मुख्य कारण बन्यो । अवैध गर्भ रहेपछि गाउँलेको दबाबका कारण खत्री र बहकरीबीच विवाह सम्पन्न भएको थियो । यसरी विवाह बन्धनमा बाँधिएका खत्री सुत्केरी श्रीमती र दूधे बालक ९छोरी० आमाको जिम्मामा छोडेर धन कमाउने बहानामा विसं २०१९ सालमा भारतको कानपुर पुगेका थिए । भारत पुगेका खत्री लामो समयसम्म नेपाल फर्किएनन् । यता खत्रीकी आमाको मृत्यु भयो भने जन्मने बित्तिकै छोडेर गएकी छोरीको विवाह भयो । तर खत्री घर, आमा र श्रीमती सम्झेर स्वदेश फर्किएनन । पहिलो श्रीमानबाट भएका छोराछोरी छोडेर खत्रीसँग दोस्रो विवाह गरेकी उहाँकी ४५ वर्षीया श्रीमती धनी बहकरीलाई दोस्रो श्रीमानले पनि छोडेर गएपछि बहकरीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए । तर पनि खत्रीलाई घरपरिवारको कुनै चासो र चिन्ता नरहेको उनी बताउँछन् । उनका अनुसार रहरले विवाह गरेको भए उनी घर फर्कन्थे तर अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएका खत्रीलाई घर फर्कन मन लागेन । आमाको मृत्यु हुँदा पनि उनी घर फर्किएनन । अतीतको स्मरण गर्दै खत्रीले भने, “आमाको मृत्यु भएको खबर सुनेपछि भारतको बनारस पुगेर हिन्दू धर्मअनुसार काजकिरिया गरेँ तर घर फर्किनँ ।” करिब ३० वर्षपछि खत्री स्वदेश फर्कंदा ४५ वर्षीया श्रीमती धनी बहकरीको उमेर ७५ वर्ष नाघिसकेको थियो । बूढेसकालको सहारा कोही नभएपछि बेसहारा बनेकी बहकरीको सोधीखोजी नगरी रोजगारीबाट फर्किएपछि खत्रीले दोस्रो विवाह गरे । यसरी खत्रीले दोस्रोपटक गरेको विवाह पनि अनमेल नै रह्यो । अडचालीस वर्षीय खत्रीले गाउँकै १८ वर्षीया कमला कुसुन्डासँग मागी विवाह गरे । बाबुकै उमेरको करिब ३० वर्ष जेठो केटासँग विवाह गर्न इच्छा नहुँदा नहुँदै पनि कमलाकी आमाले धेरै सम्झाइबुझाई गरेर छोरी कमलाको विवाह खत्रीसँग गरिदिइन। विवाह गर्दा कमलाकी आमाले ‘आफ्नै उमेरको केटासँग विवाह गर्दा दुःख दिन सक्छ, जाँड रक्सी खाएर कुटपिट गर्न सक्छ, दोस्रो विवाह गर्न सक्छ तर उमेर पुगेको केटासँग विवाह गर्दा सुख पाइन्छ’ भनेर सम्झाइबुझाई गरेको कमलाले अहिले पनि बिर्सिएकी छैनन । यसरी आमाले धेरै सम्झाइबुझाई गरेपछि कमला आफूभन्दा ३० वर्ष जेठो केटासँग ९खत्रीसँग० विवाह गर्न मञ्जुर भएकी थिइन । कमलाको खत्रीसँग विवाह हुँदा खत्रीको पहिलो श्रीमतीबाट पनाति पनातिनीसमेत जन्मिसकेका थिए । “अहिलेका मान्छेले प्रेम गरेर आफूलाई मन परेको केटासँग विवाह गर्छन् तर हाम्रो पालामा त्यस्तो थिएन वा आमाले जहाँ दिन्छन् त्यही जानुपथ्र्या,” कमलाले भनिन् । विसं २०४८ मा करिब ३० वर्षको अन्तरमा विवाह बन्धनमा बाँधिएका कमला कुसुन्डा र खत्रीबाट तीन छोरा जन्मिसकेका छन् । अनमेल विवाह गरेका दम्पतीको गृहस्थी राम्रै चलेको छ । तर पनि खत्रीलाई कहिले श्रीमती त कहिले सन्तानको भविष्यको चिन्ताले पिरोल्दै आएको छ । उनी भन्छन्, “अहिले म ७५ वर्षको भएँ । अब कति बाँचुला र ? कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै । तर श्रीमती पो के गर्लिन् ? कहाँ जालिन् ? उनको अझ बढी चिन्ता लाग्छ ।” खत्री दम्पतीको पहिलो सन्तान पनि बाबुआमासँगै ज्याला मजदुरी गर्छन् । दोस्रो सन्तान बोल्न सक्दैनन् उनी अलि सुस्तःमनस्थितिका छन् भने काखको छोरा ५ वर्षका छन् । उमेरमै आफ्नो उमरेको केटीसँग विवाह गरेको भए आज यो चिन्ताले पिरोल्ने थिएन भन्ने खत्रीको बुझाइ छ । उनले भावुक हुँदै भने – “जेठी श्रीमती आमाभन्दा जेठी थिई । कान्छी श्रीमती छोरीभन्दा कान्छी । अहिले बूढेसकालमा बुद्धि आएर के गर्नु १ मैले त समयमा बुद्धि नपु¥याएर गल्ती गरें । अरू कसैले यस्ता गल्ती दोहो¥याउनु नपरोस् ।” पछिल्लो दिनमा जिल्लामा खासै अनमेल विवाह गर्ने जोडी नभए पनि पुरानो पुस्तातिर फर्कंदा धेरै अनमेल विवाह गरेका जोडीहरु भेट्न सकिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: