Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

अस्ताएका ढकाललाई बल्खुमा अन्तिम श्रद्धाञ्जली

काठमाडौं, आइतबार दिउँसो स्वाइन फ्लुबाट निधन भएका एमाले नेता रामनाथ ढकाललाई श्रद्धाञ्जली दिन एमाले मुख्यालय मदननगर बल्खु पुगेका एमाले नेता÷कार्यकर्ता सहित सर्वसाधारण समेतका आँखामा आँसु थामिएनन् । स्वाइन फ्लु सहित लिम्फोफ्लोलिफिरिटिज (क्यान्सर) तथा क्षयरोगबाट ग्रसित ढकाललाई विभिन्न रोगहरुले एकै पटक आक्रमण गरेपछि आइतबार उनको निधन भएको थियो । एमाले पार्टीले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेताहरु बिहानै ढकाललाई श्रद्धाञ्जली दिन पार्टी कार्यालय बल्खु पुगेका थिए । ढकालले एमालेमा गरेको योगदान सम्झदै अधिकांश नेता कार्यकर्ताहरु उनको निधनको अपत्यारिलो समाचारले मर्माहत देखिन्थे । अधिकांश नेता कार्यकर्ताहरु विभिन्न समुहमा ढकालले पार्टीमा दिएको योगदान, उनका अडान तथा राजनीतिक दृष्टिकोण र उनको कार्यशैलीकाबारे छलफल गरी रहेका थिए । छलफलकै क्रममा अधिकांशको आँखामा शोकको भेल स्पष्ट देख्न सकिन्थ्यो । श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले ढकालको निधनले पार्टीलाई अपुरणीय क्षति भएको भन्दै एमाले सधै ढकालले देखाएको मार्गमा अघि बढी रहने बताए । बिहानै ८ बजे पार्टी कार्यालय पुगेका एमाले पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले ढकाललाई हसिया हथौडा अंकित झण्डा ओडाएर श्रद्धाञ्जली दिए । पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, विद्यादेवि भण्डारी, भिम रावल, महासचिव इश्वर पोखरेल सहितका नेताहरुले ढकाललाई श्रद्धाञ्जली दिएका छन् । ढकाललाई विहान ८ बजे देखि एमाले पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । अहिले एमाले पार्टी मुख्यालयमा नेता÷कार्यकर्ता तथा सर्वसाधारणहरुको ठुलो संख्यामा उपस्थिति रहेको छ । उनको पार्थिव शरिरलाई बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमालेले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending