Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सदनमा तोडफोड अझै पुगेन : गजुरेल

इटहरी, एमाओवादी नेता हरिबोल गजुरेल ‘शितलकुमार’ ले केही अघि सदनमा भएको तोडफोड अझै नपुगेको बताएका छन् । उनले नयाँ संविधानका आधारभूत विषयमा आन्दोलनकारी एवं अग्रगमनकारी राजनीतिक शक्तिहरुका बीच सहमति नभई प्रक्रियाबाटै जबर्जस्ती संविधान जारी गरिए देशमा अनिष्ट हुने चेतावनी समेत दिएका छन् । ‘अरुका दुईजना उभिँदा पनि अवरुद्ध हुने संसदमा हाम्रो सिंगो पार्टीले विरोध गरिरहँदा चाहिँ उनीहरुले जबर्जस्ती निर्णय गरेको कसरी हेर्न सकिन्थ्यो ?’ सदनमा भएको तोडफोडबारे सञ्चारकर्मीको जिज्ञासामा नेता गजुरेलले भने– ‘त्यतिबेला संसदमा भएको तोडफोड आवश्यकताभन्दा अझै कम भयो भन्ने लाग्छ हामीलाई ।’ ‘जनआन्दोलनका सहयात्री र अग्रगामी राजनीतिक शक्तिहरुबीच नयाँ संविधानका आधारभूत विषयमा सहमति नगरी बलजफ्ती गरेर प्रक्रियाबाटै संविधान जारी गरिए देशमा अनिष्ट हुन्छ’ भन्दै उनले भने– ‘अहिलेको सडक आन्दोलन हाम्रो बाध्यता हो, देशमा अनिष्ट निम्त्याउने गतिविधिलाई सदनभित्रैबाट रोक्न नसकेपछि हामी सडकमा जानु परेको हो ।’ प्रक्रियाबाटै संविधान बनाउन खोजिए देशभर ठाउँठाउँमा भीडन्त हुने चेतावनी उनले दिएका छन् । संविधानसभाको अघिल्लो कार्यकालमा आफूहरुले जे भूल गरेको हो, कांग्रेस–एमालेले अहिले त्यही भूल गरिरहेको समेत उनले बताएका छन् । आइतबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले भने– ‘अघिल्लो चुनावबाट प्राप्त शक्तिको दम्भले माओवादीलाई कमजोर बनाएको थियो, अहिले कांग्रेस–एमालेले सोही प्रकारको दम्भ देखाइरहेका छन् ।’ उनले भने– ‘यस्तो दम्भले राम्रो गर्दैन भन्ने कुरा हामीले भोगिसकेका छौं ।’ विगतको कमजोरीबाट पाठ सिक्दै एमाओवादी नयाँ शिराबाट सच्चिएर अघि बढिरहेको उल्लेख गर्दै गजुरेलले अब आफूहरुलाई ‘कमजोर आँक्ने भूल नगर्न’ चेतावनी दिए । एमाओवादीले संविधान चाहँदैन भन्नेहरुले जनतालाई अपमान गरेको वा हेपेको जिकिर गर्दै उनले भने– ‘पार्टी विभाजनसम्मको जोखिम मोलेर सेना समायोजन गर्ने पार्टीले संविधान चाहँदैन भन्नेहरुले जनतालाई अबुझ ठानेका, हेपेका र अपमान गरेका हुन् ।’ सभाध्यक्ष सुभासचन्द्र नेम्बाङको भूमिका स्वतन्त्र र तटस्थ नभई एकाध दलविशेषका कार्यकर्ताको जस्तो भएको उल्लेख गर्दै गजुरेलले यतिबेला कसैले पनि चाहेजस्तो संविधान बन्ने अवस्था नभएकाले सबै पक्षबीच सहमतिको विकल्प नभएको दोहो¥याए । जनतालाई अधिकार दिँदा देश टुक्रने र साम्राज्यवादीहरुले खेल्न नपाउने तर्क गर्दै उनले भने– ‘जनतालाई अधिकार नदिइए आज मधेशमा मात्रै भएको सीके राउत प्रवृत्ति भोलि पहाडमा पनि सुरु हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies