Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि .........

\"\"पर्वत, १४ माघ । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो । पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र सम्पूर्ण धौलागिरिलाई विद्युत्को हव भएको भन्दै प्रशंसा गरिरहेका थिए । उनले कालीगण्डकी प्रसारण करिडोरको काम भइरहेको र यस क्षेत्रमा ठूला जलविद्युत् आयोजना बनिरहेको बताइरहेका थिए । केहीबेर विद्युत् आउने प्रतीक्षामा उभिएका धानमन्त्री विद्युत् नआएपछि सोफामा बस्न पुगे । करिब सात मिनेटपछि जेनेरेटरबाट विद्युत् आपूर्ति गरिएपछि प्रधानमन्त्रीले मन्तव्य सञ्चालन गरेका थिए । विद्युत् सञ्चालन नहुँदा आयोजक र सुरक्षाकर्मीका बीचमा दौडादौड नै चलेको थियो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले केन्द्रीय तहबाट नै सिस्टम आउट भएकाले विद्युत् आपूर्ति बन्द हुन पुगेको बताए । अवरुद्ध विद्युत् सेवा भने प्रधानमन्त्री काठमाडाँै फर्केपछि झन्डै डेढ घन्टापछि सञ्चालन भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: