Ntc
Khabar Dabali २३ जेष्ठ २०८० मंगलवार | 6th June, 2023 Tue

कतारमा श्रमिकको बीमा गरिनु सकारात्मकः प्रधानमन्त्री कोइराला

काठमाण्डौं, प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनु भएका कतारका श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुल्लाह बीन साहिह अल–खुलाफीले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । भेटमा नेपाल–कतार सम्बन्ध, कतारले गरेको आर्थिक उन्नति र नेपालको आर्थिक सामाजिक विकासका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले विश्वको सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको कतारले आयोजना गर्न लागेको सन २०२२ को विश्व कप फुटबल खेलको सफलताको शुभकामना पनि दिएका थिए । कतारले नेपाली श्रमिकहरुलाई रोजगारी दिएको प्रसंग उठाउदै प्रधानमन्त्री कोइरालाले श्रमिकहरुका लागि स्वास्थोपचार र बीमामा कतार सरकारले अबलम्बन गरेको नीतिको प्रशंसा पनि गरे । उनले कतारको नीतिले अन्य मुलुकहरुलाई पनि सुविधा दिन प्रेरित गर्ने विचार व्यक्त गरे । \"011-400\"भेटमा प्रधानमन्त्री कोइरालाले विगतमा लोकतन्त्र, शान्ति र राजनीतिक स्थिरताको अभावले नेपाल प्राकृतिक सम्पदामा धनी भएर पनि विकासमा पछि परेको उल्लेख गरे । उनले नेपालको जलस्रोत, कृषि, पर्यटन र जडीबुटीको विकास भएमा नेपाल छिट्टै सम्पन्न बन्ने उल्लेख गरे । उनले अहिले नेपाल झण्डै एक शताब्दी अगाडीदेखि नेपाली जनताले लोकतन्त्रको स्थापना र विकासका लागि गरेका संघर्षबाट प्राप्त उपलब्धिहरु संविधानसभाबाट बन्ने संविधानमा लिपीबद्ध गर्ने ऐतिहासिक चरणमा रहेको बताए । अवसरमा कतारी मन्त्री अल खुलाफीले नेपालीहरुले कतारको विकास निर्माण र आर्थिक उन्नतिमा पु¥याएको योगदानको सराहना गरेका थिए । उनले नेपालसंग प्राकृतिक स्रोतका अतिरिक्त जनशक्तिको स्रोत पनि रहेको उल्लेख गर्दै नेपालको यही स्रोतबाट अधिकांश मुलुकहरुले लाभ लिएको पनि बताए । भेटमा श्रममन्त्री टेकबहादुर गुरुङ्ग, प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, श्रम सचिव भोला शिवाकोटी, कतारका लागि नेपालका राजदूत र नेपालका लागि कतारका राजदूत सहित श्रम मन्त्रालय र कतारी श्रम तथा सामाजिक मामिला मन्त्री अल–खुलाफीको भ्रमण दलका सदस्यहरुको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page