Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेपाल ग्रामीण विकास बैंक मुनाफामा

\"\"बुटवल, १५ माघ । नेपाल ग्रामीण विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७२÷७३ मा रु ३६ करोड ६५ लाख ८२ हजार सञ्चालन मुनाफा हासिल गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा आज यहाँ बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनलगायत आर्थिक वर्ष २०७२÷७३ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंक मर्ज भई बनेको राष्ट्रियस्तरको लघुवित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । लघुवित्तको कारोबार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्र प्राप्त यस बैंकले आर्थिक वर्ष २०७३÷७४ को पुस मसान्तसम्ममा ५३ जिल्लामा एक सय ९२ वटा कार्यालय स्थापना गरी दुई लाख १० हजार ९१२ ग्राहक सदस्य र एक लाख ३६ हजार ५१४ ऋणी सदस्यलाई लघुवित्तीय सेवा पु¥याउँदै आएको छ । विसं २०७३ असार मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको बाँकी कर्जा ६ अर्ब ४१ करोड ३० लाख १५ हजार रुपैयाँ र बचत परिचालन एक अर्ब ८१ करोड ९३ लाख १४ हजार रुपैयाँ रहेकोमा चालु आवको २०७३ पुस मसान्तसम्ममा बैंकको कुल लगानीमा रहेको बाँकी कर्जा सात अर्ब ११ करोड ३६ लाख २१ हजार रुपैयाँ र बचत परिचालन दुई अर्ब एक करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ । २०७२ असारको तुलनामा २०७३ असारमा बैंकको कुल लगानीमा रहेको बाँकी कर्जा २२ दशमलव ७७ प्रतिशत, बचत परिचालन २८ दशमलव ९८ प्रतिशत र नाफामा ५५ दशमलव ०८ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । यसैगरी २०७२ पुसको तुलनामा २०७३ पुसमा लगानीमा रहेको बाँकी कर्जा तथा बचत परिचालनमा क्रमशः २३ दशमलव ३३ प्रतिशत र २३ दशमलव ८८ प्रतिशतले वृद्धि हुन गएको छ । गत आव २०७२÷७३ को पहिलो ६ महिनामा बैंकले १९ करोड ५२ लाख ६९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा चालु आव २०७३÷७४ को पहिलो ६ महिनाको अवधिमा २८ करोड २० लाख ५० हजार रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको जानकारी दिइएको छ । बैंकले वित्तीय साधन र स्रोतको अभावमा आफूभित्र रहेको सीपलाई उपयोग गर्न नसकी असहज जीवनयापन गर्न बाध्य ग्रामीण क्षेत्रका विशेषगरी महिला सदस्यलाई समूहमा आवद्ध गराएर लघु व्यवसाय तथा लघुउद्यम परियोजना सञ्चालन गर्न बिना धितो सामूहिक जमानीमा लघु कर्जा प्रदान गर्ने लगायतका सुविधा प्रदान गर्दै आएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कार्कीले मर्ज पश्चात बैंकको समग्र वित्तीय अवस्थामा उल्लेखनीय सुधार भइरहेको र आगामी दिनमा कार्यक्रम नपुगेका जिल्लामध्येका थप जिल्लामा नियमन व्यवस्था अनुरुप शाखा स्थापना गरी आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्ने, निष्क्रिय कर्जा असुली कार्यलाई उच्च प्राथमिकता दिनेलगायतका योजनाका साथ काम भइरहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending