Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते

\"\" सिन्धुली, १५ माघ । सिन्धुलीमा आज पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो । अमले गाविसबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको बा १२ च ३६४६ नंको बोलेरो दुर्घटना हुँदा भद्रकाली–५ बस्ने ४५ वर्षीय सूर्यमान गोले, ४५ वर्षीया फुलमायाँ बम्जन, वडा नं ६ बस्ने १४ वर्षीय अमृत बम्जन, १३ वर्षीया सम्झना कुमारी बम्जन, सर्लाही परवानीपुर कालिन्जोर बस्ने ३२ वर्षीय दावा लामा र अमले एकलटार–१ बस्ने २४ वर्षीय अर्जुन बम्जन, ६० वर्षीय टेकमान बम्जन, ३६ वर्षीया निमा लामा, वडा नं २ बस्ने ३६ वर्षीय मानबहादुर पाख्रिन घाइते भएका छन् । यसैगरी, दुर्घटनामा महादेवस्थान–२ बस्ने ४१ वर्षीय शुक्रबहादुर थिङ, भद्रकाली–४ निवासी १६ वर्षीय मोहनराज पाख्रिन, ंंभद्रकाली–७ बस्ने २५ वर्षीया शान्तिमाया बम्जन र ४५ वर्षीय मणिकुमार पाख्रिन घाइते भएको जिप्रका, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभासचन्द्र बोहोराले जानकारी दिए । घाइतेमध्ये भद्रकाली–६ निवासी १३ वर्षीया सम्झना कुमारी बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेलतर्फ पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेको कम्मर, छाती, निधार, टाउको, पिठ्यूँ, ढाड, हातखुट्टामा चोट लागेकाले अहिले जिल्ला अस्पताल, सिन्धुलीमा उपचार भइरहेको जिप्रका सिन्धुलीले जनाएको छ । आज सिन्धुलीमा शनिबारे हाट लाग्ने र उनीहरु गाउँको कृषि उत्पादन बिक्री गर्न र दैनिक जीवनमा आवश्यक पर्ने खाद्य वस्तु खरिद गर्न सिन्धुली आएका थिए । कच्ची सडक र क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । सिन्धुलीको जलकन्या, भद्रकाली, अमले, बस्तीपुर, मझुवा, तीनकन्यालगायतका दर्जनौँ ग्रामीण क्षेत्रका गाविसका जनता जोखिमपूर्ण यात्रा गरेर सिन्धुलीमाडी आउन बाध्य रहेका छन् । त्यस क्षेत्रमा प्रहरीको निगरानी नहुने भएकाले अवैधानिक तवरले पिकअप बोलेरो सञ्चालकहरुले बोलेरो सञ्चालन गर्दै आएका छन् । प्रहरीले त्यस्ता बोलेरोले यात्रु लिएर यात्रा गरेको खण्डमा रु एक हजारदेखि एक हजार ५०० सम्म जरिवाना लिएर छाड्ने हुँदा बोलेरो सञ्चालकले नियम मिचेर बोलेरो सञ्चालन गर्दा पनि सम्बन्धित निकायको अझै ध्यान जान सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: