वाईसियललाई प्रचण्डको निर्देशन– राष्ट्रियताको नाममा देशमा दक्षिणपन्थी हावा चल्न खोज्दैछ, रोक्न ब्युझनुस्
माघ १८ गते, २०७३ मगलवार 31st January, 2017 Tue१५:४८:०१ मा प्रकाशित
काठमाडाैं, १८ माघ । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोजेको बताएका छन् ।
माओवादी केन्द्रसम्वद्ध योङ्ग कम्युनिष्ट लीग, नेपाल ९वाइसिएल० को एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशमा दक्षिणपन्थी हावा चल्न थालेको बताएका हुन ।
एकता भेलामा प्रचण्डले भने, ‘युवाहरुको नेतृत्व र सहभागितामा देशमा निकै ठूलो युद्ध चल्यो । जनयुद्धले देशमा गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता, समावेशी शासन प्रणाली, सामाजिक न्यायजस्ता ठूला राजनीतिक मुद्दाहरु जन्मायो । आज फेरी जनयुद्धले जन्माएका मुद्दाहरु उल्टाउन प्रतिगामी सोंच र मनोविज्ञान भएका शक्तिहरु लागिपरेका छन् । हामी हिमाड, पहाड र तराईबीच भावनात्मक एकता पैदा गरेर राष्ट्रिय एकता हासिल गर्ने प्रयासमा छौं । तर, एकथरी शक्तिहरु राष्ट्रवादको नाममा दक्षिणपन्थी हावा चलाउन खोज्दैछन् । अन्धराष्ट्रवादको वकालत गरेर, सामन्ती तत्वसँग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने, संघीयता लागु हुनै नदिने, धर्मनिरपेक्षता खारेज गराउने प्रपञ्चमा छन् । तर, जनताको जागरणसामू त्यो किमार्थ सम्भव छैन ।’
प्रचण्डले भने, ‘वास्तविक राष्ट्रवाद त्यो हो, जसले हिमाल, पहाड र तराईलाई जोड्छ । वास्तविक राष्ट्रवाद त्यो हो, जसले सबै जाति, भाषा, संस्कृति, सभ्यता र समुदायको सम्मान र समानताको वकालत गर्दछ । एउटा भाषा वा समुदायको प्रतिनिधित्व गर्ने, हिमाल र पहाडलाई भड्काएर एक–अर्काका विरुद्ध उभ्याउने सोंच राष्ट्रवादी सोंच हुन सक्दैन । माओवादी नक्कली राष्ट्रवादको पक्षमा होइन, जनताको आत्मिक एकतासहितको राष्ट्रिय एकताको पक्षमा छ ।’
जनयुद्धद्वारा स्थापित राजनीतिक अधिकार जोगाउन युवाहरुले नयाँ संकल्प गर्नुपर्ने उनले बताए । प्रचण्डले भने– हामीले नयाँ संकल्प गर्नुछ, जनयुद्धले स्थापित गरेका मुद्दाको रक्षा गर्नुछ, बिभाजित माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गर्नुछ, शक्तिशाली बनाउनुछ । त्यसका लागि तपाई युवाहरुले नयाँ संकल्प गर्नुहोस्, फेरि एकपटक व्यक्तिगत स्वार्थ र सङ्किर्णताका घेरा तोड्नुस् र मानव जातिको हितका लागि आफूलाई उभ्याउनुस् ।’
सरकार स्थानीय निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने– ‘सरकार संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ । छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ । राष्ट्रिय एकता कायम गरेर निर्वाचनमा जानुको हामीसँग अर्को बिकल्प छैन । त्यसका लागि तपाईहरु पनि जनताको घर–आँगनमा जाने कार्यक्रम बनाउनुस् ।’
भेलामा माओवादी केन्द्रका नेता मणि थापा, रामचन्द्र शर्मा ‘विज्ञान’ लगायतका वक्ताहरुले युवाहरुको दवावले मात्रै परिवर्तनका मुद्दाहरुको रक्षा गर्न सकिने धारणा राखेका थिए । दश माओवादी घटकहरुको एकतापछि मंगलबार माओवादीनिकट ७ युवा संगठनहरुको एकता भेला आयोजना गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: