Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

वाईसिएल सशक्त परिचालन हुने, बनायो ३ महिने कार्यक्रम

\"\"काठमाडौं, १९ माघ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल सशक्त परिचालन हुने भएको छ । राजधानिमा आयोजित माओवादी सम्बद्द ७ घटकका युवाहरुको एकता पश्चात बनेको वाईसिएल संयोजन समितिले ३ महिने कार्यक्रम समेत निर्माण गरेको छ । ७ वटै घटकका केन्द्रिय समितिका सदस्यहरुमात्रै राखेर बनेको संयोजन समितिका संयोजक पूर्व जनमूक्ति सेनाका डिभिजन सहायक कमाण्डर नेप बहादुर कुवँर हुन् । आउँदो बैशाख ९ र १० मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको वाइसिएलले ७५ वटै जिल्ला र प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने छ भने १५१ सदस्यिय केन्द्रिय समिति निर्माण गर्ने कार्यविधि समेत तय गरेको छ । दीपशिखाद्वारा प्रस्तुत गरिएको संगठनात्मक कार्यविधिमा संयोजन समितिका ३९९ सदस्य नै तल्ला कमिटिहरुबाट निर्बाचित भएर मात्रै राष्ट्रिय सम्मेलनमा आउन पाउने व्यवस्था गरिएको छ । जसले माओवादीमा पछिल्लो समय देखिएको संगठनात्मक भद्रगोलताको अन्त्य गराउने बुझाई वाइसिएल नेताहरुको रहेको छ । वाइसिएलका पूर्व उपाध्यक्ष युवराज दुलाल शरदले प्रस्तुत गरेको निर्बाचन कार्यविधि अनुसार वाईसिएल सम्पूर्ण संरचनाहरु अब प्रत्यक्ष निर्बाचन प्रक्रियाबाटै छानिने छन् । कुवँरका अनुसार तत्काल वाईसिएल स्ववियु निर्बाचनमा केन्द्रित हुनेछ । वाईसिएल नेपालले एकता बैठकबाट नयाँ कार्यविभाजन समेत गरेको छ । नयाँ कार्यविभाजन अनुसार स्कुलिङ विभाग प्रमुखमा लक्ष्मी चौलागाई सैलेन्द्र चयन भएका छन् भने संगठन विभागमा वाईसिएलका पूर्व महासचिव दीपशिखा चयन भएका छन् । प्रचारप्रसार विभागमा भने आरवाईएलका पूर्व महासचिव दिपक देवकोटा छानिएका छन् आर्थिक विभागका वाइसिएलका पूर्व कोषध्यक्ष सुवोधराज शेर्पाली चयन भएका छन् । यसैगरी प्रदेश इन्चार्जहरुमा १. नं. प्रदेशमा नन्दराम कडँरिया शिखर, २ मा लालेन्द्र मण्डल, ३ मा युवाराज चौलागाई शरद, ४ मा क्षितिज लामिछाने, ५ मा नरेन्द्र पाण्डे जेम्स, ६ मा अग्नि र ७ मा सिहंराज चयन भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: