माघ २१ गते, २०७३ शुक्रवार 3rd February, 2017 Fri०९:५०:४६ मा प्रकाशित
न्युयोर्क, २१ माघ ।तामाङ सोसाइटी अफ अमेरिकाले २८५३ औं सोनाम ल्होछारको अवसरमा न्युयोर्कमा ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा अमेरिकामा जन्मिएका बालबालिकाहरुले तामाङ सेलो नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायकहरु सानु शेर्पा, देण्डी शेर्पा, आङ गेलु शेर्पा, क्यानडा निवासी रामकाजी मोक्तान, गायिका गोमा योन्जन लगायतले गीत गाएका थिए भने बसन्त डान्स सेन्टर तथा झन्कार डान्स सेन्टरका कलाकारहरुले नृत्यहरुप्रस्तुत गरेका थिए। ल्होछार कार्यक्रममा क्यानाडा तथा अमेरिकाका अन्य १३ वटा राज्यबाट पनि प्रतिनिधिहरु उपस्थितरहेका थिए ।
एनआरएन अमेरिकाको अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि कर्नेल युनिभर्सिटीका प्रोफेसर क्याथरिन मार्च र डेविड होल्म्बर्गले ल्होछार कार्यक्रमको शुभकामना दिएका थिए। तामाङ भाषामा विद्यावारिधि गरेका प्रोफेसर दम्पति तामाङ समुदायमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका जोडी हुन् ।
कार्यक्रममा तामाङ कल्चर सेन्टरका संयोजक इन्द्र तामाङले तामाङ संस्कृतिको संरक्षणको लागि स्थापना गर्न लागेको सेन्टरलाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गदै सम्मान पत्र प्रदान गरेका थिए ।
ल्होछार कार्यक्रमको अघिल्लो दिन उत्तर अमेरिकामा रहेका तामाङहरूको एक भेला भएको थियो। न्युयोर्कमा सम्पन्न भेलाले आगामी मे महिनाको २० र २१ तारिख उत्तर अमेरिकी तामाङ सम्मेलन गर्ने निर्णय गरेको तामाङ सोसाइटीको महासचिव अमर तामाङले जानकारी दिए ।
तामाङ सोसाइटी अफ अमेरिकाको पहलमा भएको तयारी बैठकले अब हुने सम्मेलनले तामाङ सोसाइटी अफ अमेरिका नाम राखेर विभिन्न राज्यलाई च्याप्टरको रुपमा गठन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए। न्युयोर्कमा हुन लागेको सम्मेलन सोसाइटीको अध्यक्ष शान्त थोकरको संयोजकत्व ५१ सदस्यीय तयारी समिति गठन गरेको छ। तयारी समितिमा सोसाइटीको पूर्वमहासचिव लाक्यान लामा सदस्य सचिव रहेका छन् ।
औपचारिक कार्यक्रम सोसाइटीका महासचिव अमर तामाङले सञ्चालन गरेका थिए भने सास्कृतिक कार्यक्रम छयोइसाङ थिङर रेणु वाइवाले सञ्चालन गरेका थिए ।
सोही कार्यक्रममा तीन जनालाई मानार्थ सदस्यता प्रदान गरिएको थियो। सोसाइटीको मानार्थ सदस्य पाउनेहरुमा हाल ओरिगन राज्यको पोर्टल्याण्डमा बस्ने तेक्वान्दो खेलाडी विधान लामा, प्रोफेसरद्धय डेविड होल्म्बर्ग र क्याथरिन मार्च रहेका छन् । यस्तै सगरमाथाको आरोहण गर्ने क्रममा तीन पटकसम्म तामाङ टोपी शिखरमा लगाएका हिमाल आरोहीकर्ण बम्जन तामाङलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो । गत वर्ष नेपाल डे परेड कार्यक्रममा सफल नेतृत्व गरेकोमा नेपाल आदीवासी तथा जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाईबालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: