Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

माओवादी–कांग्रेस सम्बन्ध चिसिँदै

\"\"काठमाडौं, २३ माघ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ । आजको राजधानी दैनिकमा खबर छ– नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् । प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन मिति घोषणा गर्न नसक्ने भए राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रहसमेत गर्न थालेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत साता कोरिया भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले चुनाव गर्न नै नचाहेको आरोप लगाएका थिए । सरकारले निर्वाचन मिति नतोकेकोप्रति उनको असन्तुष्टि छ । पौडेल पक्षीय नेताले सरकारबाट फिर्ता हुनुपर्ने मागसमेत गर्न थालेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत दबाब दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने काम मात्रै भएको बताए । ‘निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने कुरा मात्र हो,’ नेता कोइरालाले भने, ‘आयोग बाह्रै महिना निर्वाचनका लागि तयार छ तर मुख्य कुरा त निकायको गर्ने कि तहको भन्ने तोक्नुपर्ने हो त्यो तोकेको छैन ।’ नेता कोइरालाले सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकिने समेत जनाए । ‘सरकारले जे गर्नुपथ्र्यो त्यो गरेन, सरकारको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने । संविधान सम्बोधनमार्फत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग पूरा गर्ने तथा चैतभित्र स्थानीय निर्वाचन गराएर सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने सहमतिका साथ प्रचण्ड नेतृत्वको सरकार १९ साउनमा गठन भएको थियो । सरकारले मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक संसद्मा टेबुल गरे पनि त्यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने मोर्चाको अडान छ । प्रतिपक्षी एमालेसहितका विपक्षी गठबन्धनले संशोधन प्रस्तावलाई अस्वीकार गर्दै पारित हुन नदिने बताइरहेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० जेठभित्र निर्वाचन गराउने भनेर निर्वाचन गर्न नै नदिने खेल त भइरहेको छैन भनेर आशंका व्यक्त गरे । ‘निर्वाचन मिति तोकिएको छैन, १० जेठभित्र निर्वाचन गर्ने भनेर धकेल्न हुन्न,’ उनले भने । दुई चार दिनभित्रै स्थानीय निकाय कि तहको निर्वाचन भन्ने टुंग्याउन आफूले आग्रह गरेको भन्दै नेता पौडेलले तत्काललाई तहको गर्न नसकिने भए निकायकै भए पनि निर्वाचन गर्नुपर्ने समेत बताए । कांग्रेस नेता डा. नारायण खड्काले सरकारले निर्वाचन आयोगलाई तयारी गर्नु भनेर कानुनी र प्राविधिक पाटो अघि बढाउन सन्देश दिए पनि यो पर्याप्त हुन नसक्ने बताए । उनले मोर्चालाई बाहिर राखेर निर्वाचन सम्भव नरहेको भन्दै जसले समस्या समाधान गर्न सक्छ उसैले सरकार चलाउँदा फरक नहुनेसमेत बताए । ‘मोर्चालाई पनि सहमतिमा ल्याउनु पर्छ, कति सकिन्छ उनीहरूका माग सम्बोधन गर्नुपर्छ,’ नेता खड्काले भने, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याउन सक्छ, संविधान संशोधन गर्न सक्छ भने एमालेकै सरकार बन्दा पनि फरक पर्दैन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending