कांग्रेस–मोर्चा सहमति : ‘संशोधनपछि मात्रै निर्वाचन’
माघ २४ गते, २०७३ सोमवार 6th February, 2017 Mon०६:१८:५५ मा प्रकाशित
काठमाडौं, २४ माघ । सत्तारूढ दल नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन विधेयक टुंग्याएर मात्र निर्वाचनमा जान सहमत भएका छन् ।
आजको राजधानी दैनिकमा खबर छ– आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको सत्तारूढ दल कांग्रेस र मोर्चाबीचको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई टुंगोमा पु(याएर मात्र निर्वाचनमा अघि बढ्ने सहमति भएको हो ।
बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मोर्चासँग पहिले संशोधन प्रस्ताव पारित गर्ने र त्यसपछि निर्वाचनको तयारीमा लाग्ने सहमति भएको बताए । बैठकमा कांग्रेस सभापति देउवाले संशोधन विधेयकलाई अघि बढाउन आफूप्रतिबद्ध भएको बताएका थिए । उनले मोर्चाका नेताहरूलाई त्यसका लागि मोर्चाका तर्फबाट पनि वातावरण बनाइदिन आग्रह गरेका थिए । देउवाले संशोधनका लागि दुई तिहाइ मत आवश्यक पर्ने भन्दै सबैले आ–आफ्नो ठाउँबाट सरकारलाई सक्दो सहयोग गर्न लाग्नुपर्ने बताएका थिए ।
मोर्चाका नेताहरूले भने संसद्मा दर्ता भएर टेबुलसमेत भइसकेको विधेयकलाई किन अलमल्याएर राखेको भन्दै कांग्रेस नेताहरूलाई प्रश्न गरेका थिए । जवाफमा कांग्रेस नेताहरूले मोर्चालाई अन्य साना दलहरूको पनि समर्थन जुटाएर अघि बढ्ने प्रयास भइरहेको र त्यसका लागि मोर्चालाई पनि सहयोग गर्न आग्रह गरेका थिए ।
सरकारकै आग्रहमा संसद् बैठक १० फागुनसम्म स्थगित गरिएकाले यो बीचमा संशोधन विधेयकको पक्षमा दुई तिहाइ पु¥याउन प्रयास गर्ने सहमति भएको छ । स्रोतका अनुसार बैठकले राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन सके विपक्षी गठबन्धनमा आबद्ध साना दललाई पनि तान्न सक्ने निष्कर्ष निकालेको छ । मोर्चाका नेताले जुन मन्त्रालय दिँदा राप्रपा र फोरम लोकतान्त्रिक सरकारमा आउँछन्, त्यही मन्त्रालय दिन कांग्रेसलाई आग्रह गरेका थिए । यसअघि मोर्चाकै नेताले फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी नगराउन कांग्रेसलाई दबाब दिएका थिए ।
बैठकमा सहभागि सद्भावना पार्टीका महासचिव मनीष सुमनले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभए निर्वाचन गराउन सम्भव नभएको बताएको जानकारी दिए ।‘संविधान संशोधन पारित नभए निर्वाचन सम्भव नभएको शेरबहादुर देउवाजीले पनि भन्दै हुनुहुन्छ,’ सुमनले भने, ‘यसलाई पारित गराउन सबैले आ–आफ्ना तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएको छ ।’
सरकारी नियुक्तिमा मोर्चाले भाग खोज्यो
बैठकमा मोर्चाका नेताहरूले सरकारी नियुक्तिमा आफूहरूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले न्यायपरिषद्ले उच्च अदालतका लागि नियुक्ति गरेको न्यायाधीश संविधानसम्मत नभएको भन्दै त्यो निर्णय पुनर्विचार गर्नुपर्ने बताएको जानकारी दिए ।
यस्तै, बैठकमा मोर्चाका नेताहरूले राजदूत नियुक्तिमा मधेसी मोर्चासँग छलफल गर्नुपर्ने, विगतको तीनबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा आफ्नो कुरा राखेको महासचिव झाले बताए ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवासहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, विमलेन्द्र निधि, रमेश लेखक, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, अशोक राई, लक्ष्मणलाल कर्ण, केशव झा, मनीष सुमनलयायतका नेता सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: