Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सरकारी बजेटमा बिखण्डनकारीलाई तालिम !

\"\"काठमाडौं, २४ माघ । सीके राउतले ‘मधेस छुट्टै स्वायत्त राज्य हुनुपर्छ’ भन्ने मागलाई चर्काउँदै लगेपछि उनीमाथि राज्य विप्लवको मुद्दा लगाउनुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । पछिल्लो समय राउतले उग्ररुप लिएपछि सरकारले पक्राउ गरेर उनको बिखन्डनकारी कदमलाई रोक्ने प्रयास गरिरहेको छ । तर, यिनै सीके राउतका कार्यकर्ता भने मधेसमा धमाधम सरकारी बजेटमै लाभान्वित भइरहेको खबर छ । साँघु साप्ताहिकमा खबर छ– प्रसंग, सूचना तथा सञ्चार मन्त्रालयले मधेसी पत्रकार संघलाई दिएको २० लाख रुपैयाँ सहयोग र त्यही सहयोगमा संघले मधेसका विभिन्न जिल्लामा सञ्चालन गरेको ‘न्यू मिडिया एण्ड रुलर जर्नालिज्म’ विषयक तालिमको हो । संघले नवप्रवेशी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि भन्दै यस्तो तालिमको आयोजना गरेको भएपनि यसको व्यापक दुरुपयोग भएको थाहा भएको छ । नव प्रवेशी पत्रकारहरुका लागि लक्ष्य गर्दै तालिम आयोजना गरिएको भए पनि अधिकांश तालिम सीके राउतका कार्यकर्ताले लिएका छन् । स्रोतका अनुसार, मधेसी पत्रकार संघका सचिव बीपी साहले योजनाबद्ध रुपमा सीके राउतका कार्यकर्तालाई अवसर दिएर सरकारले दिएको बजेट दुरुपयोग गर्दै तालिम दिएको खबर छ । साह राउतनिधट पत्रकारका रुपमा मधेस वृत्तमा चिनिन्छन् । उनी तालिमका मुख्य ट्रेनर थिए । ‘मधेसी पत्रकार संघले विभिन्न जिल्लामा सञ्चालन गरेको तालिममा सीके राउतका कार्यकर्तालाई तालिम दिइएको छ,’ विराटनगरमा रहेर काम गर्ने एक पत्रकारले भने, ‘सीके राउतनिधट मानिने बीपी साहले योजनाबद्ध रुपमा सरकारको बजेट दुरुपयोग गरे पनि कसैले यसतर्फ चासो दिएका छैनन् ।’ स्रोतका अनुसार, सीके राउतले योजनाबद्ध रुपमै कार्यकर्तालाई तालिममा पठाएको बताइन्छ । नयाँ पत्रकार भेट्नै मुश्किल पर्ने मधेसमा तालिमका लागि भन्दै हुलका हुल मान्छेहरु आएको मधेसी पत्रकारले बताए । ‘नयाँ पत्रकार नै नभेटिने मधेसमा सञ्चालन गरिएको तालिममा हुलका हुल मान्छेहरु आउँदा हामीलाई अनौठो लागेको थियो,’ ती पत्रकारले भने, ‘पछि बुझ्दै जाँदा थाहा भयो पत्रकारको भेषमा आउने ती त सीके राउतका मान्छेहरु पो रहेछन् ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending