दुर्इ भारतीय युवक हत्या प्रकरण : आईएसआई एजेन्ट पक्राउ
माघ २५ गते, २०७३ मगलवार 7th February, 2017 Tue०७:२९:०४ मा प्रकाशित
काठमाडाैं, २५ माघ । नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ।बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको थियो।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– दीपकराम र अरुणरामको शव गत पुष १३ गते बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा होदाको संलग्नता रहेको खुलासा भएको थियो।
दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरि कलैयामा सोमबार ल्याएको हो।प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका-१० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भनिने लड्डुलाई यसअघि नै पक्राउ गरिसकेको छ।
होदालगायत उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।दुबईबाट पक्राउ गरि ल्याइएका होदासहित चारै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘घटना र पक्राउ आरोपितबारे मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराउनेछौं।
अहिले पक्राउ परेका चार जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका कलैयाका होदाकै निर्देशनमा दिपक र अरुणको हत्या गरिएको तथ्य खुलेको थियो।
होदाले दुबइमा बसेर नेपालमा आइएसआइको एजेन्टको रुपमा काम गर्दै आएका थिए। गत अक्टुबर १ तारिखका दिन बाराको सीमासंग जोडिएको भारतको घोडासहन स्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बाराको महागढीमाइ नगरपालिकाको सिमरा तेगछीयका गिरी बाबा भन्ने बृज किशोर गिरी मार्फत रक्सौल गम्हरीका उमाशंकर पटेललाइ ६ लाख भारु पेश्कीका रुपमा दिएका थिए।
उमाशंकरले रेल्वे ट्रयाकमा बम राख्नका लागि अह्राएर आदापुरका दिपक र अरुण रामलाइ जनही तीन तीन लाख भारु दिएका थिए। बम विस्फोटको योजना सफल भएपछि दिपक र अरुणलाइ कुल ३० लाख रुपैया भारु भुक्तानी गर्ने सम्झौता उनिहरु बिच भएको थियो।
तर दिपक र अरुणले अक्टोबर १ तारिखका दिन रेल्वे ट्रयाकमा राखेको प्रेसर कुकर बममा प्राविधीक त्रुटी भएका कारण बम विस्फोट नभएपछि उनिहरुको योजना असफल भएको थियो।काम नभएपछि दिपक र अरुणलाइ पुष १३ गते बाराको जंगलमा बोलाएर बृज किशोर गिरीले कलैयाका मोजाहिदिन अन्सारी र शम्भु भन्ने लड्डुको सहयोगमा घाटी रेटेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: