Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दोस्रो संविधानसभामा दुई करोड रुपैयाँ ऋण लागेपछि...

\"\" वीरगञ्ज, २५ माघ । दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवार भएर दुई करोड ऋण लागेपछि बारा कलैया नगरपालिका ८ का सम्सुल होदा आईएसआईको एजेण्ट बनेको खुलासा भएको छ । प्रहरीले होदालाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । होदा दोश्रो संविधान सभाको निर्वाचनमा बाराको क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट प्रत्यक्ष तर्पm चुनाव लडेका थिए । उनले चुनावमा मात्र ६३ मत पाएका थिए । चुनावमा साढे दुई करोड रुपैयाँ ऋण लागेपछि उनी दुई वर्ष पहिले दुवई गएका थिए । दुवईमा पुगेपछि अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग सम्पर्क गरी अपराधिक गतिविधि गर्दै आएको प्रहरीको दाबी छ । दुई वर्षदेखि उनले त्यही गिरोहका लागि नेपाल र भारतमा आपराधिक गतिविधी गर्दै आएको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । सुरुमा भारतीय जाली नोटको कारोबारमा लागेका होदाले केही समय यता दुवईमा बसेर आईएसआईको एजेन्ट भइ भारतको विभिन्न स्थानमा बम विस्फोट गराउने गतिविधि गर्दै आएका थिए । पाकिस्तान, मलेसिया र दुवईमा बसेर पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा आपराधिक गतिविधि गर्दै आएका होदासहित पाँचजना नेपालीलाई बारा प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ । होदा दुवईमा बसेर अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि नेपाल र भारतमा अपराधिक गतिविधि गर्दै आएका थिए । होदा सँगै मंगलबार पक्राउ परेका बाराको महागढीमाई नगरपालिका तेगछीयाका २७ बर्षीय गिरी बाबा भन्ने बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का २४ बर्षीय आशीष सिंह, कलैया नगरपालिका १० का ३५ बर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका ४ का २३ बर्षीय उमेश कसमारलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: