Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सलाम नगर्दा डिएसपीले हबल्दार कुटे

\"\"काठमाडाैं, २६ माघ । ‘जय नेपाल’ नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले एक जना ट्राफिक प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई कुटपिट गरेका हुन्। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सोमवार दिउँसो विजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट विजुवारका प्रहरी हवाल्दार डिसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर डिएसपी राठौरले कुटपिट गरेका हुन्। प्रहरी पोशाकमै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखेर आफूलाई मरनासन्न हुने गरी कुटपिट गरेको पीडित प्रहरी हवल्दार डिसीले जानकारी दिए। ‘म र अर्काे एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौ। म एक छेउमा जरिवाना काटिरहेको थिए। त्यही बेला प्रमुख जिल्ला अधिकारी, डिएसपी साप आउनु भएछ। म काममा भएकाले देखिनँ। त्यसपछि जय नेपाल नभनेकै निहुँमा मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरियो,’उनले भने। डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ। डिसीले डिएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए। डिसीले आफूमाथि डिएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए। तर, डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको बताए। ‘पहिलेदेखि नै उसको कामबारे गुनासो आइरहेको थियो। म चेकिङमा गएको समयमा उसले त्यो व्यवहार दोहोर्यायो,’ डिएसपी राठौरले भने,‘सिडियो साप र मलाई अपमानित व्यवहार ग¥यो। देखेर पनि नदेखे जस्तो गरेर बस्यो त्यसैले सोधपुछ गरिएको हो।’ कार्यालयमा पनि सोधपुछका बेला अटेरी गरेकाले हत्कडी लगाइएको डिएसपी राठौरले बताए। उनले आफूले हवल्दार डिसीमाथि कुटपिट नगरेको दाबीसमेत गरे।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy