Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

एक वर्षपछि एमाले–मोर्चा संवाद

\"\"काठमाडौं, २८ माघ । डेढ वर्षयताको तिक्तता मेट्दै एमाले र मधेसी मोर्चा नेताहरु संवादमा सक्रिय भएका छन् । १६ बुँदे सहमति र संविधान निर्माणसगै बढेको दूरी घटाउन दुवै पक्षको शीर्ष नेतृत्वको सहमतिमा दोस्रो तहका नेताहरु यो साताभरि भेटवार्ताहरुमा अग्रसर भए । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलका दोस्रो तहका नेताहरुले एमाले पक्षसँग संवाद गरिरहेको खुलासा गरे । एमाले नेताहरुले पनि ठाकुरको भनाई पुष्टि गर्दै मोर्चासग कुराकानी भइरहेको बताए । आजको कान्तिपुरमा खबर छ– मोर्चासित एमालेको तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले वार्ताको अग्रसरता लिएका छन् । मोर्चाबाट तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले संवाद बढाइरहेको स्रोतले भन्यो । कर्णले भने आफू बैठकहरुमा सहभागी नरहेको बताए । मोर्चा नेताहरुको दाबीमा पछिल्लो एक सातायता भएका चरणबद्ध भेटहरु एमाले अध्यक्ष केपी ओलीको चाहनामा दोस्रो तहका नेताहरुको तर्फबाट आयोजना भएका हुन् । एमाले स्रोत भने मोर्चाभित्र उदार विचार राख्ने पक्ष आफैं संवाद बढाउन अग्रसर भएको दाबी गर्छ । ‘मधेसी मोर्चासित संवादहीनता तोडियो, अब छलफल सुरु भएको छ,’ एमालेको तर्फबाट पछिल्ला भेटहरुमा सहभागी सचिव प्रदीप ज्ञवालीले भने, ‘यी भेटहरुको बारेमा अध्यक्षलाई सबै जानकारी छ । तर परिणामको बारेमा हामी ढुक्क छैनौं ।’ मोर्चाभित्र एमालेलाई हेर्नेबारे दुई धार रहेकाले आफूसित संवादरत पक्षले सिंगो मोर्चालाई एमालेसग सहकार्य गर्ने तहसम्म ल्याउछ भन्नेमा आफूहरुलाई कम विश्वास रहेको एमालेका अर्का नेताले बताए । ‘तर एमालेलाई बाहिर राखेर एजेन्डाहरु टुंगो लगाउन सकिन्न भन्ने रियलाइजेशन उहाहरुलाई भएजस्तो देखियो, कुराकानीको क्रममा,’ ती नेताले भने । एमाले उपाध्यक्ष भीम रावलले भने मोर्चा पक्षसग भएका वार्ताहरु अनौपचारिक प्रकृतिकै रहेको दाबी गरे । ‘देशलाई अप्ठेरो परेका बेला सबैसग कुरा गरौं भन्ने स्पिरिटमै मोर्चासग कुरा भएको हो,’ रावलले भने, ‘औपचारिक किसिमले कुरा गर्न बाकी छ ।’ उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता आलोपालो सहमतिको म्याद गुज्रिन लागेकाले नया सम्भावनाहरुको खोजी गर्दै चुनावसम्म जाने मार्गचित्रबारे एमाले–मोर्चाबीच कुराकानी भइरहेको छ । स्रोतका अनुसार एमाले नेताहरुले जेठमै चुनाव गर्नका लागि स।विधान संशोधन विधेयक पारित गरिहाल्न अनावश्यक जोड नदिनका लागि मोर्चालाई सुझाव दिएका छन् । ‘एकैचोटि तीनवटा चुनाव कात्तिक र मंसिरमा गरौं, तीमध्ये पहिले संसदकै चुनाव गरौं भन्ने हाम्रो भनाई मोर्चालाई राखिसकेका छौं,’ ती एमाले नेताले भने, ‘उहाहरुले सल्लाह गरेर आउछौं भन्नुभएको छ ।’ एमाले पक्षको भनाई पुष्टि गर्दै मोर्चाका उच्च नेताले आफूहरुको चाहना पनि स्थानीय चुनावमा नभएको, एमालेले प्रदेश र स्थानीय चुनाव पहिले नचाहलेकाले अब संसदीय चुनावकै लागि सहमति हुन सक्ने सम्भावना बताए । ‘एमालेका साथीहरुले आफ्नो कुरा खुल्लै ढंगले राख्नुभएको छ, अब हाम्रोबीचमा न्युनतम धारणा बन्न सक्यो भने छलफल गर्न सजिलो हुन्छ,’ मोर्चा नेताले भने, ‘हामीले संविधान स।शोधन विधेयक एमालेकै पुरानो प्रस्ताव भएको भन्दै त्यो पहिले छिनोफानो गर्न भनेका छौं, सीमांकनबार एमालेले आयोग बनाई त्यसैका जिम्मा छाडिदिउँ, बरु आयोगको समयसीमा घटाएर ३ महिनामा झारे आफूलाई फरक पर्दैन भनिरहेको छ । यसमा ठोस कुरा मिल्न बाकी छ ।’ मोर्चाको तर्फबाट एमाले नेतृत्वसँग संवाद गर्नेहरुमध्येका नेता सर्वेन्द्रनाथ शुक्लले माधवकुमार नेपाल, भीम रावललगायत नेताहरुसग कुरा भएको खुलाए । दुवै पक्षले यी सबै भेटघाट र वार्ताहरु कहा भएका हुन् भन्नेबारे स्पष्ट खुलाएनन् । शुक्लले यत्ति भने, ‘एमालेका साथीहरुले प्रायस् भेट्ने भनेको नयाँ बानेश्वरतिरै हो । मिलाएर बुझ्नुस् ।’ आफ्नो प्रभाव रहेका मधेसी जिल्लाहरुमा एमालेलाई अवरोध पुर्‍याउँदै आएको मधेसी मोर्चा काठमाडौंमा भने दूरी घटाउन अग्रसर भएको छ । उच्च स्रोतको भनाईमा एमाले अध्यक्ष केपी ओलीले तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसग टेलिफोनमा कुरा गरेका छन् । राजधानीबाहिर रहेका यादवले त्यस्तो फोन नभएको दाबी गरे । ठाकुरले भने यसबारे खुलेर बताएनन् । संविधान संशोधन विधेयकको विरुद्धमा उभिदै आएको एमालेसग तिक्तता कायम रहिरहे राजनीतिक जटिलता थप बढ्ने ठहरमा मोर्चाभित्रका केही नेताहरु पुगेका छन् । संविधान जारी हुनेबित्तिकै २०७२ असोज २४ गते भएको प्रधानमन्त्री चुनावमा मोर्चाले ओलीको विपक्षमा मतदान गरेको थियो । गत साउन १९ गते भएको प्रधानमन्त्री चुनावमा पनि मोर्चाले ओलीविरद्ध प्रचण्डलाई मतदान गरेको थियो । मोर्चाविरुद्ध कडा टिप्पणी गर्दै आएका ओलीसग हालसम्म अवरुद्ध संवाद तोडै दोस्रो तहका नेताहरुले प्रयास गरेका हुन् । मोर्चा स्रोतका अनुसार केही दिनभित्रै शीर्ष नेताहरुको बैठक बसी छलफलमा भएका प्रगतिबारे जानकारी गराइनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy