Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

यसकारण हुन सकेन आईजीपी नियुक्ति

काठमाडौं, २८ माघ । सत्तारुढ गठबन्धनभित्र नेपाल प्रहरीको २५औं महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्ने विषयमा एकमत हुन नसक्दा बिहीबारको मन्त्री परिषदबैठकबाट प्रहरी प्रमुखको विषयमा कुनै निर्णय हुन सकेन । आजको राजधानी दैनिकमा खबर छ– सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेपाल प्रहरीको नयाँ प्रमुख कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न नसकेपछि मन्त्री परिषदको विहीबारको नियमित बैठकले सो बारे कुनै निर्णय गर्न नसकेको हो । प्रधानमन्त्री प्रचण्ड प्रहरी प्रमुख बन्ने लाइनमा रहेकाहरुमध्येबाट पहिलो वरियतामा रहेका डीआईजी नवराज सिलवाललाई नै भावी प्रहरी प्रमुखमा ल्याइनु पर्ने पक्षमा छन् । तर कांग्रेस सभापति शेरबहादुर देउवा भने तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई अघि बढाउनु पर्ने पक्षमा देखिएपछि सरकारमा रहेका दलहरु नयाँ आईजीपीको निर्णयमा पुग्न नसकेका हुन् । जसका कारण बिहीबार दिउँसो बोलाइएको मन्त्री परिषद बैठक समेत एकाएक स्थगित गरिएको थियो । विहिबार बस्ने मन्त्री परिषदको बैठकबाट सो बारे टुंङ्गो लगाइने भनिए पनि दुई दलबीच कुरा मिल्न नसक्दा केहीबेर मन्त्री परिषद् बैठक स्थगित भयो । तर आईजीको विषय बैठकमा समावेश नगर्ने र सत्य निरुपण तथा मेलमिलाप आयोगको समय थप बारे निर्णय गर्नै पर्ने बाध्यता सरकार सामु भएपछि पुनः साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । पहिले कांग्रेसभित्रै कसलाई आईजी बनाउने भन्ने विषयमा विवाद थियो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि सिलवालको पक्षमा र सभापति देउवा चन्दको पक्षमा थिए । तर देउवाले अडान नछोडेपछि निधि चन्दकै पक्षमा उभिए । वर्तमान प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल २ फागुनदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै छन । अवकास पाउनु अघि बिदा बस्ने चलन भएपनि दलहरुका दवाबका कारण अर्याल बिदा बसेका छैनन् । देउवा र प्रधानमन्त्री प्रचण्डबीच नेपाल प्रहरीमा कांग्रेसको सिफारिस र सशस्त्र प्रहरीमा माओवादी केन्द्रको सिफारिस अनुसार आईजीपी चयन गर्ने सहमति भएको र त्यसै अनुसार हुनु पर्ने पक्षमा कांग्रेस रहेको बताइएको छ । बिहीबारको बैठकले प्रहरी प्रमुखको विषयमा निर्णय लिन नसके पनि १ फागुनमा बस्ने मन्त्री परिषदको बैठकबाट सो बारे निर्णय गर्ने स्रोतले बतायो । आउँदो फागुन २ गतेबाट आइजिपी अर्यालसहितका सबै एआइजीले अवकाश पाउँने हुँदा अवकाशअघि नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने बाध्यतामा सरकार रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy