Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

राजधानीकै क्याम्पस प्रमुख त्रासमा

\"\"काठमाडौं, २८ माघ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजधानीका क्याम्पस प्रमुखहरूले आफूहरू असुरक्षित रहेको गुनासो गरेका छन् । लिखित र मौखिक रूपमा धम्की आएको भन्दै क्याम्पस प्रमुखहरूले स्ववियु चुनावको वातावरण बनाउनसमेत आग्रह गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– त्रिविले १४ फागुनमा स्ववियु चुनावको तयारी गरेपछि पक्ष र विपक्षमा रहेका विद्यार्थी संगठनबाट क्याम्पस प्रमुखहरूले असुरक्षित महसुस गरेका हुन् । पाटन संयुक्त क्याम्पसका प्रमुख प्रा।डा। माधव गौतमले चुनाव नजिकिएसँगै चारैतिरबाट ‘थ्रेट’ आएको बताए । ‘लेखा र क्याम्पस प्रशासनमा ताला लागेको छ, ताल्चामाथि ताल्चा लागेको छ,’ क्याम्पस प्रमुख गौतमले भने, ‘हामीलाई धम्की आइरहेका छन्, मनोवैज्ञानिक त्रास पनि उत्तिकै छ ।’ रत्नराज्यलक्ष्मी क्याम्पसकी प्रमुख डा. निर्मलाकुमारी सुवालले अहिले त्रासको वातावरण रहेको बताइन् । ‘तालाबन्दी भएको छ, तालाबन्दी गर्नेहरूले भनेअनुसार भएन भने हुने भौतिक क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने धम्की दिइरहेका छन्,’ क्याम्पस प्रमुख सुवालले भनिन्, ‘लिखित र मौखिक चेतावनी आएका छन् ।’ त्रिविका पदाधिकारीले बुधबार उपत्यकाका क्याम्पस प्रमुखहरूसँग स्ववियु चुनाव सम्बन्धमा छलफल गरेको थियो । छलफलमा अधिकांश क्याम्पस प्रमुखहरूले असुरक्षित अवस्थामा चुनाव गर्न कठिन रहेको बताएका थिए । त्रिविमा ०६५ यता स्ववियु चुनाव हुन सकेको छैन । अब पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ । स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ । १ फागुनबाट चुनावी प्रक्रिया सुरु हुँदै छ । १ फागुनमा मतदाता सूची प्रकाशन गरी प्रक्रिया सुरु हुने र १४ फागुनमा मतदान गर्ने कार्यतालिका छ । क्याम्पस प्रमुखलाई मोसो चुनाव नजिकिँदै जाँदा विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनलाई टार्गेट बनाउन थालेका छन् । अमृत साइन्स क्याम्पसका प्रमुख राजेश माहाजूलाई नेविसंघ समर्थित विद्यार्थीले बुधबार मोसो दलेका छन् । चुनावको समयमा क्याम्पसमा अखिल क्रान्तिकारीलाई सपोर्ट हुने गरी काम गरेको आरोपमा नेविसंघ इकाइले प्रमुखलाई मोसो दलेको हो । नेविसंघ क्याम्पस इकाइका कार्यबाहक अध्यक्ष शोभित भण्डारीले चुनावको समयमा क्याम्पसको ब्याडमिन्टन कोर्ट भत्काएर अखिल क्रान्तिकारीको काम देखाउन क्याम्पस प्रमुखले भूमिका खेलेको बताए । उनले होस्टेल, लाइब्रेरी, ल्याबलगायतको व्यवस्थापन गर्न पटक–पटक माग राख्दा पनि वास्ता नगरेपछि बाध्य भएर मोसो लगाएको बताए । विद्यार्थी संगठन एकमत भएनन् त्रिवि पदाधिकारी र विभिन्न विद्यार्थी संगठनबीच बिहीबार भएको छलफलमा विद्यार्थी संगठनका प्रतिनिधिबीच सहमति जुट्न सकेन । छलफलमा तीन ठूला संगठन र मधेसवादी दलनिकट ठूला संगठनले अहिलेको मिश्रित प्रणालीमा चुनाव गर्ने अडान व्यक्त गरे । तर, साना संगठनहरूले पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने धारणा राखेका थिए । नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले सबै संगठनले आफ्ना धारणा राखेको, तर कुनै सहमति जुट्न नसकेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy