Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

टीट्वेन्टी विश्वकप क्रिकेटमा दृष्टिविहीन खेलाडीको कीर्तिमान

\"\"काठमाडौं, २८ माघ । नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन् । नेपालका लागि भने शतक र दोहोरो शतक प्रहार गर्ने उनी नै पहिलो क्रिकेटर हुन् । यसअघि सन् २०१२ मा भएको पहिलो विश्वकप क्रिकेटमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध दुई सय ६४ रन प्रहार गरेका थिए । त्यसयता अन्य कुनै पनि देशका खेलाडीले दोहोरो शतक प्रहार गर्न सकेका थिएनन् । टेस्ट मान्यता पाएका १० मध्ये नौ राष्ट्र (जिम्बाबेबाहेक) का दृष्टिविहीन टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा नेपाली खेलाडीले दोहोरो शतक प्रहार गर्नु महत्ववपूर्ण उपलब्धि हो । सन् २०१२ देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो । न्युजिल्यान्डविरुद्धको खेलमा पदम र नेपालका अन्य केही कीर्तिमानसमेत कायम भएका छन् । पदमले शुक्रबार न्युजिल्यान्डविरुद्ध मात्र ९० बलको सामना गर्दै ३६ चौका प्रहार गरे जुन अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो । पदमले ऐतिहासिक प्रदर्शनमा खुसी लागेको बताए । ‘दोहोरो शतक प्रहार गर्छु भनेर त सोचेको थिइनँ । टिमलाई जिताउँछु भनेर गएको थिएँ\', २१ वर्षीय पदमले भने, ‘दोहोरो शतक प्रहार गर्न सकेकोमा खुसी लागेको छ । आगामी प्रतियोगितामा पनि यस्तो प्रदर्शन जारी नै राख्नेछु ।\' कैलालीका अलराउन्डर पदम पछिल्लो पाँच वर्षयता दृष्टिविहीन क्रिकेट खेल्दै आइरहेका छन् । पदमको कीर्तिमानी प्रदर्शनसँगै नेपालले न्युजिल्यान्डलाई एक सय ११ रनको ठूलो अन्तरले पराजित गर्न सफल भयो । यो जित पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको (रनका आधारमा) अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तरको जित हो । बेङ्लोरको अलुरस्थित कर्नाटक राज्य क्रिकेट संघको मैदान एकमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले बिनाकुनै क्षति तीन सय तीन रनको योगफल बनाएको थियो । तर समयभित्र आफ्नो इनिङ नसकेको न्युजिल्यान्डले थप १२ रनको पेनाल्टी पाएपछि नेपालको योगफल तीन सय १५ रन पुगेको थियो । जबाफमा आएको न्युजिल्यान्डलाई १९.१ ओभरमा एक सय ७४ रनमै समेट्दै नेपालले महत्ववपूर्ण जित हातपारेको हो । नेपालले न्युजिल्यान्डविरुद्ध आफ्नो कीर्तिमानी साझेदारीसमेत गरेको थियो । पदमको दोहोरो शतकका बाबजुद अर्का सुरुआती ब्याट्सम्यान शोभराम डाँगीले पनि ३९ बलमा अविजित ५३ रनको अर्धशतकीय पालि खेल्दै नेपालको अहिलेसम्मकै उच्च रनको साझेदारीका लागि मद्दत पुर्‍याए । न्युजिल्यान्डका लागि भने सुरुआती ब्याट्सम्यान बीडी विल्सनले ४५ बलमा ७२ रनको योगदान गरे पनि जित सम्भव भएन । उनले आठ चौका प्रहार गरेका थिए । विल्सनबाहेकका ब्याट्सम्यानले भने न्युजिल्यान्डलाई ठूलो योगदान गर्न सकेनन् । अर्का सुरुवाती ब्याट्सम्यान एमएलके म्याकास्कीलले २० रन जोड्दा डिकोन डुन १२ रन तथा जीसी विलियम्सन १० रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका सुनिल सुवेदी क्षेत्रीले दुई तथा विक्रमबहादुर राना, कप्तान कीर्तन श्रेष्ठ दुवाल र बद्री चापागाईंले एकएक विकेट लिए । नेपालका रमेशबहादुर बानियाँले न्युजिल्यान्डका तीन ब्याट्सम्यानलाई रन आउट गराएका थिए । न्युजिल्यान्डलाई पराजित गरेसँगै नेपालले १० टोली सम्मिलित प्रतियोगिताको आठौं स्थानमा स्थान सुरक्षित गरेको छ । नेपालले न्युजिल्यान्डसँगै दक्षिणअफ्रिकालाई पनि पराजित गरेको थियो । दक्षिणअफ्रिका नवौं तथा न्युजिल्यान्ड १० औं स्थानमा रह्यो । नेपालभन्दा माथि दक्षिणएसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशसहित अस्ट्रेलिया, इङ्ल्यान्ड र वेस्ट इन्डिज रहे । नेपालले प्रतियोगितामा यी टोलीसँग भने पराजय बेहोरेको थियो । खेलपछि नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले आफ्ना खेलाडीले क्षमताअनुसारको प्रदर्शन गर्दा ऐतिहासिक प्रदर्शन सम्भव भएको प्रतिक्रिया दिए । ‘मैले पहिलेदेखि नै भन्दै आएको हुँ, नेपाली खेलाडी क्षमतावान् छन् । उीनहरुले पहिलोपटक आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्दा ऐतिहासिक प्रदर्शन सम्भव भयो\', प्रशिक्षक प्रजुले भने, ‘यस्तै खेल यसअघि पनि गरेको भए हामीले अन्य देशलाई पनि जित्न सक्थ्यौं । ऐतिहासिक प्रदर्शन गरेकोमा पदमलाई बधाई दिन चाहन्छु ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy