Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपालदेखि स्कटल्याण्डसम्म साम्राज्य खडा गर्दै रामदेव

\"\" काठमाडौं, २९ माघ । सन् २००७ मा जब पतञ्जली आयुर्वेदको स्थापना भएको थियो । दश वर्षमै यो कम्पनीले उच्च श्रेणीमा बहुराष्ट्रिय कम्पनीको चुनौती पेश गर्न सक्ला भन्ने कसैले सोँचेको थिएन । तर भइदियो त्यस्तै । योग गुरु रामदेवले ब्यानरदेखि लिएर टेलिभिजनसम्म आफ्नो उत्पादनको प्रचारप्रसार गरिरहेका छन् । साथै उनको कम्पनीले अहिले हजार करोडको साम्राज्य बनाएको छ । सन् २०१५/१६ मा पतञ्जली आयुर्वेदको आम्दानी ५ हजार करोडसम्म पुगेको थियो, जुन पछिल्लो वर्षको तुलनामा १ सय ५० प्रतिशत बढी हो । कम्पनीले २०१६/१७ मा १० हजार करोड आम्दानीसम्म पुग्ने लक्ष्य लिएको छ । पाँच वर्षमै कम्पनीको आम्दानी १० गुना भन्दा माथि आएको छ । यति गतिमा सफलताका साथ पतञ्जली आयुर्वेद विस्तार भइरहेको छ । यो कम्पनीले भारतको केही राज्यमा नयाँ प्लान्ट तथा फुड पार्क बनाइरहेको छ । भारतको कुन–कुन ठाउँमा रामदेवको जमिन छ भन्ने जान्नुहोस् । असम भारतको असमस्थित तेजपुरमा पतञ्जली आयुर्वेदको हर्बल तथा मेगा फुड पार्कका लागि एक सय ५० एकड जमीन दिइएको छ । रामदेवले असमका उद्योगमन्त्री चन्द्रमोहन पटवारीसँग कुरा गरी अरु ३३ एकड जमीन माग गरेको इकोनोमिक टाइम्सले जनाएको छ । १२ सय करोड भारुमा यो पार्कमा वर्षेनी १० लाख टन क्षमताको उत्पादन हुने गरेको छ । उत्तर प्रदेश उत्तर प्रदेश सरकारले गत नोभेम्बरमा पतञ्जली आयुर्वेदको ग्रेटर नोयडामा २ हजार करोड भारुको फुड पार्क निर्माणको अनुमति दिएको छ । साथै समुहका लागि यमुना एक्सप्रेसमा ४५० एकड जमीन दिन पनि सरकार सहमत भएको छ । यो इकाइ पूरा क्षमतासम्म पुगेपछि वर्षेनि २५ हजार करोड भारु बराबरको उत्पादन गर्दछ । मध्य प्रदेश शिवराज सिंह चौहानको मध्यप्रदेशमा पनि रामदेवको पतञ्जली आयुर्वेदले आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ । मध्यप्रदेशको धार जिल्लामा ५ सय करोडको खाद्य प्रशोधन केन्द्र निर्माणको तयारी भइरहेको छ । यसका लागि रामदेवको कम्पनीका ४ सय एक जमिन दिइएको छ । महाराष्ट्र महाराष्ट्रको नागपुरमा पतञ्जली मेगा फुट तथा हर्बल पार्कको आधारशिला खडा गरिएको छ । यो फुड पार्क २ सय ३० एकड जमिनमा फैलिएको छ । यहाँबाट पतञ्जली आयुर्वेदको मध्य तथा पश्चिमी भारतको बजारसम्म आफ्नो पहुँच विस्तार गरेको छ । \"\"आन्ध्र प्रदेश योग गुरु रामदेवले उत्तर तथा मध्यदेखि दक्षिण भारतसम्म नै आफ्नो उत्पादन फैलाउने प्रयास गरिरहेका छन् । हालै पतञ्जली आयुर्वेदका सीईओ बालकृष्ण कृष्णापटनम बन्दरगाह तथा त्यस आसपासका औद्योगिक क्षेत्र भ्रमण गरी फर्किएका थिए । नेल्लोर जिल्लामा शुरु गरी रामदेवले आफ्नो कारोबारको साम्राज्य दक्षिण भारतसम्म फैलाउन चाहेका छन् । हाल पतञ्जली आयुर्वेदको सबैभन्दा ठूलो केन्द्र हरिद्वारमा रहेको छ । पतञ्जलीले फुड तथा हर्बल पार्कमा अलग अलग तरिकाको काम गरिरहेको छ । भारतमा मात्र सीमित नभइ पतञ्जलीले नेपालमा पनि आफ्नो साम्राज्य विस्तार गर्दै गएको छ । केही समयअघि मात्रै बारा जिल्लामा पतञ्जली कम्पनी उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत पुगेका थिए । यस्तै, स्कटल्याण्डमा पनि पञ्जली योगपीठ ट्रष्टको द्विप निर्माण गरिएको छ । जहाँ योग पर्यटन वृद्धिमा जोड दिइएको छ । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: