Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नातिलाई उद्धार गर्न अनुरोध गर्न पुगेका हजुरबुबालाई म्यानपावरले खुकुरी नचायो

\"\"काठमाडौं, २९ माघ । ७३ वर्ष नाघेका लुभु ३, ललितपुरका रामकृष्ण खत्री प्रधानमन्त्री कार्यालयमा भेटिए । साथमा उनकी ७२ वर्षीया श्रीमती सानुकान्छी, छोरी अनिता र छोरा राधाकृष्ण थिए । लट्ठी टेक्दै बिस्तारै अगाडि बढ्दै गरेका खत्री आफ्नो पीडा सुनाउन प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड कार्यालयमा थिएनन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीसमक्ष आँसु झार्न पुगे । आजको कान्तिपुरमा खबर छ– ‘बाबु, मेरो नाति अमित केसीलाई उद्धार गर्नुपर्‍यो । कहीँकतै हाम्रो सुनुवाइ भएन । म्यानपावरमा पुग्दा हामीलाई खुकुरी देखाएर लखेटियो । वैदेशिक रोजगार विभागलाई म्यानपावरले टेर्दैन,’ रामकृष्ण भन्न थाले, ‘अब हामी कहाँ जाऔं ?’ उनका नाति अमितलाई फेसिलिटी म्यानपावर (लाइसेन्स नम्बर २७६) ले गत साउनको पहिलो साता साउदीको जेद्दास्थित आएद अल–बकमी इस्ट जनरल कन्स्ट्रक्टिङ कम्पनीमा पठाएको थियो । म्यानपावरलाई एक लाख रुपैयाँ बुझाएका थिए । ‘नाति दिनहुँ रुँदै फोन गर्छ । मेरो जिन्दगी यतै बित्ने भो भन्छ । खाना दिँदैन । तलब दिने गरेको छैन भन्छ,’ उनले बेलिबिस्तार लगाए, ‘त्यत्तिकै मन थामिएर बस्न सकिनँ । उसलाई नेपाल झिकाउन साउनदेखि नै म्यानपावर धाइरहेको छु । पहिला फिर्ता गर्छु भन्थ्यो । अहिले ढोका थुनेर हामी बूढाबूढीलाई खुकुरी नचायो ।’ म्यानपावरका मान्छेले खुकुरी देखाएर लखेटेपछि उनी त्यहाँ गएनन् । ‘म्यानपावरले दसैंमा ल्याउँछु भन्यो, ल्याएन । त्यसपछि दसैंपछि भन्यो । तिहारमा भन्यो । मंसिरमा भन्यो । उसले हामीलाई ढाँटिरह्यो मात्रै,’ उनले अधिकारीसमक्ष भने, ‘जसरी हुन्छ, नातिको उद्धार गरिदिनुपर्‍यो ।’ अधिकारीले साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी उद्धार गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू प्रधानमन्त्री कार्यालयबाट निस्किए । म्यानपावरसँग भएको सम्झौताअनुसार अमितले सेवासुविधा पाएका छैनन् । उनी जेद्दाको एबुकमा ट्रेलर गाडी चलाउने गर्छन् । जेद्दा सहरबाट एक सय २० किलोमिटर टाढा पर्छ त्यो ठाउँ । ‘म कतारमा ट्रेलर चलाउँथें । कतारको लाइसेन्स थियो । साउदीमा गाडी चलाए पनि लाइसेन्स दिएको छैन । लाइसेन्सबिना गाडी नचलाउँदा आएर पिट्छ,’ अमितले कान्तिपुरसँग फोनमा भने, ‘गाडी बिग्रियो भने तलबबाटै काट्छ । गाडी नचलेको दिन सिमेन्ट बोक्न लगाउँछ ।’ १८ सय रियल तलब पाउने सम्झौता भए पनि उनले १४ सय मात्रै पाएका छन् । ‘तीन महिनाको तलब दिएको छैन । एक सय किलोमिटर कुदाउँदा ५० रियाल दिन्छु भन्थे । त्यो पनि दिँदैनन्,’ उनले भने, ‘यहाँ ९ नेपाली थिए । ४ जना भागे । एक जनाको कार्यस्थलमै मृत्यु भयो । आफ्नै भाइको शव लिएर अर्को नेपालमा फर्किए । हामी ३ जना यातना सहेर बसिरहेका छौं ।’ उनीसँगै रहेका झापाका राज कटुवाल र विराटनगरका सोनाम राईले आफूहरू दयनीय अवस्थामा रहेको बताए । ‘कसरी निस्कने होला ? कहीँकतै फोन गरेको थाहा पाए मालिक आएर बेस्सरी पिट्छ । भारतीय कामदारलाई पनि त्यस्तै पिट्छ,’ कटुवालले भने । कामदारको उद्धार नगर्ने फ्यासिलिटी म्यानपावरको कामकारबाही रोक्का गरिदिएको वैदेशिक रोजगार विभागले जनाएको छ । ‘पीडित परिवारलाई न्याय दिलाउन म्यानपावरलाई समय दिएका थियौं । पटकपटक समय दिँदा पनि उद्धार नभएपछि हामीले म्यानपावरलाई कारबाही गरेका छौं’, विभागका महानिर्देशक विश्वराज पाण्डेले भने, ‘चार कामदारको उद्धार नभएसम्म म्यानपावरको काम रोकिन्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending