Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

स्थानीय चुनाव जेठ १ गते

\"\"काठमाडौं, २९ माघ । सहयोगी मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेका परस्पर विरोधी मागको चेपमा परेका प्रचण्डले संविधान संशोधन नभए पनि आगामी जेठ १ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता नाएका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रयासमा शुक्रबार उनकै निवास हात्तीवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको करिब तीन घन्टा लामो छलफलमा प्रचण्डले कुनै पनि हालतमा जेठ १ गते स्थानीय निर्वाचन गर्ने र आगामी फागुन ८ गते त्यसका लागि आवश्यक घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । श्रेष्ठको निवासमा बिहान ९ः३० देखि १२ः ३० बजेसम्म भएको ओली–दाहाल वार्तामा एमाले उपाध्यक्ष भीमबहादुर रावल र माओवादी केन्द्रका नेता श्रेष्ठ सहभागी थिए । माओवादी केन्द्रको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले आफ्नो भनाइ प्रारम्भ गर्दै जेठ १० गतेभित्र स्थानीय निर्वाचन सक्ने गरी संविधान संशोधनसहित निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै एमाले अध्यक्ष ओलीले किन र केका लागि संविधान संशोधन प्रस्ताव भन्ने प्रश्न गरेका थिए । ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीजी, तपाईं सीधै निर्वाचन घोषणा गर्नुहोस्, हामो साथ र सहयोग रहन्छ । मधेसी मोर्चासँग पनि सम्बन्ध सुधार गर्दैछौं । नडराउनुहोस्, हामी तपाईंको काँध थाप्न पनि तयार छौं ।\' स्रोतका अनुसार अनावश्यक संविधान संशोधनमा किन जाने भन्ने ओलीको प्रश्नमा प्रचण्डले संविधानको व्यापक अपनत्वबाटै त्यसको सफल कार्यान्वयन हुने भएकाले आफू त्यो प्रयासमा लागिरहने बताएका थिए । प्रचण्डले चुनाव मिति घोषणा गरेपछि पनि मधेसी मोर्चासँग छलफल र संविधान संशोधनमार्फत उनीहरूलाई संविधानको अपनत्व ग्रहण गराउँदै निर्वाचनमा सहभागी गराउने प्रयासमा लागिरहने अडान लिएका थिए । नेताहरूबीच जेठ १ गते पहिलो चरणको निर्वाचन गर्ने गरी फागुन ८ गते मिति घोषणा गर्ने, ८ गते नै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई दिने सहमति भएको दाबी स्रोतले गर्‍यो । नेता श्रेष्ठले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने सहमति भएको बताए । उनले अन्नपूर्णसँग भने, ‘दुवै पक्षको विवाद मिलाउने मेरो प्रयास हो । म आफ्नो प्रयासमा दृढ छु ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy