Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

दोस्रो सीमापार लाइन सरकारी तहमै

काठमाडौं, २९ माघ । नेपालले विद्युत् व्यापारका लागि ४०० केभीको दोस्रो अन्तरदेशीय सीमापार प्रसारण लाइन संयुक्त सरकारी तहमा निर्माण गर्न भारतसँग विशेष महत्ववका साथ प्रस्ताव गर्ने भएको छ । आगामी सोमबारदेखि काठमाडौंमा हुन लागेको नेपाल-भारत ऊर्जासचिव स्तरीय बैठकमा ढल्केबर-मुजफ्फरपुरजस्तो कम्पनी मोडेलमा नभई अन्य सार्वजनिक पूर्वाधारजस्तै सरकारी तहमै निर्माण गर्ने गरी प्रस्ताव गर्न लागिएको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेका अनुसार यसो गर्दा नेपालले ढल्केबर-मजुफ्फरपुरजस्तो बिजुली नल्याए पनि प्रसारण लाइनको भाडा तिर्नु पर्दैन । भारतले प्रसारण लाइनका लागि अग्रीम बुक गर्नुपर्ने र कम्पनी मोडेलमा बनाउनुपर्ने प्रस्ताव गर्दै आएको छ । बैठकमा नेपालले न्यु बुटवल (बुटवलको रोहिणी खोलानजिकै) सबस्टेसन निर्माण गर्ने र दुवै देशको सरकारी स्तरमा अर्को अन्तरदेशीय प्रसारण लाइन बनाउन जोड दिइने घिमिरेले बताए । भारतले ढल्केबर-मुजफ्फरपुरकै शैलीमा दोस्रो सीमापार प्रसारण लाइन बनाउने चाहना राख्दै आएको छ । नेपाल र भारतबीच दुई वर्ष चार महिनाअघि सम्पन्न ‘विद्युत् ऊर्जा व्यापार, सीमापार प्रसारण अन्तरसञ्जाल तथा ग्रिड जडान\' सम्झौता कार्यान्वयन गर्न गठित दुवै देशका ऊर्जासचिव तथा सहसचिवस्तरीय बैठक आगामी सोमबार र मंगलबार काठमाडौंमा हुँदैछ । दुवै देशका ऊर्जासचिवले नेतृत्व गर्ने ‘संयुक्त निर्देशक समिति\' र सहसचिवले नेतृत्व गर्ने ‘संयुक्त कार्यसमूह\' को तेस्रो बैठक यसअघि भारतको नयाँदिल्लीमा भएको थियो । बैठकको पहिलो दिन सहसचिवस्तरीय बैठक बसी त्यसका निर्णयलाई भोलिपल्ट सचिवस्तरीय बैठकले अनुमोदन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए । सहसचिवस्तरीय बैठकको नेतृत्व गर्न लागेका घिमिरेका अनुसार बैठकमा दुवै पक्षले एजेन्डा तय गरेका छन् । त्यसअनुसार नेपाल-भारत ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण भइसकेको सन्दर्भमा नेपालले बनाउनुपर्ने ढल्केबरस्थित सबस्टेसन र त्यसपछि उक्त प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्ने विषय छन् । हाल यस प्रसारण लाइनबाट नेपालले एक सय ६० मेगावाट बिजुली आयात गरिरहेको छ । आगामी मार्च महिनामा नेपालले उक्त सबस्टेसन बनाइसकेपछि प्रसारण लाइनलाई २२० केभीमा प्रसारण गर्ने योजना छ । हाल १३२ केभीमा चार्ज भइरहेको यो लाइन २२० केभीमा परिणत भएपछि त्यसबाट कुल तीन सय मेगावाट बिजुली आयात गर्न सकिने जानकारी घिमिरले दिए । विद्युत् व्यापारका लागि नभइनहुने संरचना प्रसारण लाइनलाई यो बैठकले बढी जोड दिने घिमिरेको भनाइ छ । उनका अनुसार यसअन्तर्गत कुसाहा-कटैया र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइन छन् । भारत सरकारले आफ्नो खर्चमा बनाइरहेका यी दुवै प्रसारण लाइन सम्पन्न भएपछि त्यसबाट थप ५०-५० मेगावाट बिजुली आयात गर्न सकिनेछ । यसबाट पूर्वाञ्चललगायत नेपालको लोडसेडिङ कम गर्न सघाउ पुग्ने अपेक्षा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy