Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

झापाको दमकमा महिलालाई निःशुल्क ‘सेनिटरी प्याड’

खबरडबली संवाददाता

झापा  । झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नगरपालिकाले सबै महिलालाई निशुल्क सेनिटरी प्याड उपलव्ध गराउने घोषणा गरेको हो । 

यस भन्दाअघि दमक नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई मात्र सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको थियो । यस आर्थिक वर्षदेखि सबै महिलालाई वर्षभरि नै सेनिटरी प्याड उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको नगर प्रमुख रामकुमार थापाले बताए ।

शहरी स्वास्थ्य केन्द्रबाट जोसुकै महिलाले पनि सहज रुपमा सेनिटरी प्याड पाउने नगरपालिकाले जनाएको छ । यसको कार्यविधि बनाएर ब्यवस्थित र सहज बनाउँदै लैजाने पनि थापाले उल्लेख गरे । यो विषय महिलाको अधिकार र स्वास्थ्यसँग जोडिएकाले विशेष कार्यक्रमको रुपमा लिइएको उनले बताए ।

महीनावारी समयमा सुरक्षित स्यानिटरी प्याड उपलब्ध भएन भने शरीरबाट निस्किएको रगतले महिलाको भित्री अङ्ग सङ्क्रामक भएर शरीर विषयुक्त बनाउने भएकाले यो कार्यक्रम ल्याइएको दमक नगर उपप्रमुख रेगिना भट्टराईले जानकारी दिईन्  । 

आर्थिक अभाव र पर्याप्त चेतनाको अभावले अहिले पनि सेनिटरी प्याडको प्रयोग नगर्ने महिलाको सङ्ख्या धेरै भएको पाएको उनले बताईन् । संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक सुनिश्चित गरेकाले त्यसमा स्थानीय सरकारको दायित्व मानेर यो कार्यक्रम अघि सारिएकाले सफल बनाउन सबैलाई लाग्न भट्टराईले आग्रह गरिन् । गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराइने उनले प्रतिबद्धता जनाईन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending