माघ २९ गते, २०७३ शनिवार 11th February, 2017 Sat०८:३६:५७ मा प्रकाशित
बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समय काम गरेका झमक कार्कीले बाघसम्बन्धी अध्ययनमा विद्यावारिधि गरिसकेका छन् । पछिल्लो समय पनि यही विषयमा खोज–अनुसन्धान गरिरहेका छन् । अहिले विश्वमै बाघको संख्या घट्दै गएकाले चिन्ता बढिरहेको छ । विश्वका १३ देशमा मात्र पाइने बाघको संरक्षण गरौँ भन्ने चेतना फैलाउन हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो केही समयअघि नेपाल पनि आएका थिए । त्यसैले पनि नेपालमा बाघको संख्या घटेकाले झन् बढी चिन्ता छ । यही सन्दर्भमा बाघका आनीबानी र स्वभावबारे उनले यस्तो बताए :–हुलाकबाटै हुन्थ्यो बाघको हड्डी तस्करी
०४५ सालतिर मैले वन अधिकृतको जागिर सुरु गरेँ । त्यतिवेला मेरो जागिर अस्थायी भएकाले तीन–तीन महिनामा नवीकरण हुन्थ्यो । अस्थायी रूपमा अधिकृत भए पनि हुम्ला जिल्लामा जिल्ला वन अधिकृतका रूपमा काम गर्ने अवसर पाएँ । खासमा त्यतिवेला राजा वीरेन्द्र र ऐश्वर्यको मध्य र सुदूरपश्चिममा राजकीय भ्रमण थियो ।
यसले दुर्गमका धेरै कर्मचारी नेपालगन्जमै रोकिए । मौसमका कारण त्यहाँबाट उडान हुन सकेको थिएन । अनि मैले हुम्ला जिल्लाको वन अधिकृतका रूपमा केही दिन काम गर्ने अवसर पाएँ । अस्थायी कर्मचारीले जिल्लाको मुद्दा छिन्नुपर्ने अवस्था आयो ।
त्यतिवेला मैले थाहा पाएँ, बाघको हड्डी त हुलाकबाटै पो तस्करी हुँदो रहेछ । एकपटक कालिकोट हुलाकबाट आएको सामान अलिक फरक पाइएपछि शंका बढेछ । अनि त्यहाँका कर्मचारीहरूले शंका गरेछन् । हुलाकी नियम पूरा गरेर हेर्दा बल्ल पत्ता लागेछ– त्यहाँ त बाघको हड्डी पो रहेछ, कालिकोटबाट हुम्लासम्म बाघको हड्डी हुलाकबाटै आइपुगेको रहेछ ।
अत्यन्त शंकास्पद भएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा हामीले त्यसलाई खोल्यौँ । त्यो सामानमा बाहिर एउटा राजनीतिक पार्टीको सभापतिको नाम लेखिएको थियो । चिठी खोलेपछि थाहा भयो, भित्र अर्कै व्यक्तिको नाम रहेछ । लेयर नै लेयर बनाएर त्यो सामान ¥याप गरिएको थियो ।
लेयरपिच्छे खोल्दै जाँदा पठाउने मान्छेको नाम पनि अर्कै भेटियो । म जिल्ला वन अधिकृत भएर काम गरिरहेको थिएँ । तर, मलाई पनि हड्डीको विषयमा कुनै जानकारी थिएन । हामीले भेटनेरीसँग सम्पर्क गर्यौँ । अनि परीक्षण गरियो । त्यसपछि बल्ल थाहा भयो, त्यो घरपालुवा जनावरको हड्डी होइन । त्यसपछि त यस्ता शंकास्पद चिठी कति आए, कति ? मैले त्यहाँ तीन महिना जिल्ला वन अधिकृतका रूपमा काम गरेँ । त्यो अवधिमा झन्डै एक सय ५० किलोभन्दा बढी हड्डी आयो । यतिका धेरै हड्डी आएपछि हामीले निकै सोधखोज गर्न थाल्यौँ, परीक्षण भए । अनि प्रमाणित भयो, त्यो बाघकै हड्डी हो । त्यहाँबाट यी हड्डीहरू तिब्बततिर निकासी हुने रहेछन् ।
केही समयपछि मैले लोकसेवाको तयारी गरेँ । परीक्षामा पास भएपछि मलाई फेरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा अधिकृतका रूपमा खटाइयो । निकुञ्जमा पोस्टिङ भएपछि बाघको विषयमा अध्ययन गर्न थालेँ । यो मेरो व्यक्तिगत चाहना पनि थियो, त्यसमा चासो बढ्दै गयो ।
बर्दिया निकुञ्जमा बाघहरू देख्न थालेपछि झन् बढी म बाघबारे पढ्न आकर्षित भएँ । त्यहाँ जागिर खाने क्रममा नै मैले पहिलोपटक ०५० सालमा बाघ देखेको थिएँ ।
त्यतिवेला हामी हात्तीमा जंगल सफारीमा गएका थियौँ । अचानक र अनपेक्षित रूपमा बाघ देख्दा म पक्कै खुसी भएँ । त्यसको केही समयपछि त मैले आफ्नै हातले बाघ पनि छोएँ । योचाहिँ एउटा दुर्घटनापछिको कुरा हो । बर्दिया निकुञ्जमा एकजना व्यक्तिलाई बाघले आक्रमण गर्यो । तत्काल बाघलाई बेहोस बनाइयो । अनि त्यहीवेला मैले पहिलोपटक बाघ छोएँ । पछि त अनुसन्धानका क्रममा कैयौँपटक बाघ छुन पाएको छु ।
पछि त विदेशबाट आउने पर्यटकले बाघबारे अत्यन्त धेरै चासो राख्न थाले । यसले मेरो चासो पनि बढ्दै गयो । बाघलाई जोगाइयो भने अरू जनावर पनि जोगिँदा रहेछन् भन्ने थाहा भयो । भारतमा फरेस्टी पढ्न जाँदा पनि मैले बाघकै विषयमा अध्ययन गरिरहेँ । एमएससी गर्दा र पछि विद्यावारिधि गर्दा पनि मैले बाघकै विषय छानेँ ।
बाघको स्वभाव र बाघ पाइने ठाउँ
पछिल्लो समय बाघ लोप हुँदै गएको छ । त्यसैले विश्वमा यसको संख्याबारे चिन्ता बढिरहेको छ । अहिले बाघ नेपाललगायतका १३ देशमा मात्र पाइन्छ । भारत, बंगलादेश, भुटान, कम्बोडिया, भियतनाम, म्यानमार, मलेसिया, रुस, चीन, लाओस, थाइल्यान्ड, इन्डोनेसियामा पनि बाघ पाइन्छन् ।
पछिल्लो समय बाघको संख्या निकै घटेको छ । अहिले विश्वमा तीन हजार आठ सय ९० बाघ रहेको अनुमान गरिएको छ । नेपालामा चाहिँ त्यस्तै एक सय ९८ बाघ होलान् । नेपालका पाँच राष्ट्रिय निकुञ्जसहित वन्यजन्तु आरक्षमा पनि बाघ पाइन्छन् । सबैभन्दा धेरै बाघ पाइने निकुञ्जचाहिँ चितवन राष्ट्रिय निकुञ्ज हो । विश्वमा भएका बाघको संख्यामध्ये अधिकांशचाहिँ भारतमा छन् । आधाभन्दा धेरै बाघ भारतमा भएको अनुमान छ ।
अधिकांश बाघ गर्मी ठाउँमा र अत्यन्त बाक्लो जंगलमा भेटिन्छन् । कहिलेकाहीँ हिउँ पर्ने ठाउँमा पनि बाघ देखिएको छ । त्यसो त चितुवालाई देख्दा पनि बाघ देखियो भन्ने रिपोर्ट गरिएका घटना छन् । स्थानीयले आ–आफ्नै अनुकूलमा बाघको नाम राखिरहेका हुन्छन् ।
आवश्यक परेका वेलामा खुट्टाका नङ्ग्रा निकाल्न सक्नेलाई बाघ भनिन्छ । त्यसैले, बाघ वर्गमा घरमा पालिने बिरालोदेखि जंगलमा पाइने पाटे बाघसम्म पर्छ । बाघ वर्गको सबैभन्दा सानो जनावरचाहिँ बिरालो हो । बाघ वर्गको सबैभन्दा ठूलो जनावरचाहिँ पाटे बाघ हो । जंगलमा पाइने पाटे बाघ, तराईमा पाइने चितुवा, हिमालमा पाइने हिम चितुवा, सानो खालको निगालेलाई पनि बाघ भनिन्छ । तर, ठ्याक्कै बाघ भन्ने नामचाहिँ शरीरमा पाटा भएकालाई मात्र दिइन्छ ।
खासमा बाघ सितिमिति नदेखिने र यसको स्वभाव फरक हुने भएकाले चितुवा र अन्य जनावरलाई पनि बाघ नै भनिएको हुन्छ । झल्याकझुलुक मात्र देखिने भएकाले पनि बाघको शरीर झ्याप्प हेर्दा ठूलो देखिन्छ । सानो शरीरलाई पनि ठूलो देखिनुको कारण पनि यही हो । त्यसैले चितुवालाई बाघ भनेर पनि स्थानीय समय–समयमा झुक्किएका हुन्छन् ।
आफैँ सिकार गर्न रुचाउँछ बाघ
बाघ वर्गका सबै जनावर मासु खान पाए खुसी हुन्छन् । उनीहरू मासु मात्रै खाएर बाँच्न पनि सक्छन् । घरको बिरालोले पनि मासु खान पायो भने अरू केही खाँदैन । वनमा बाघले त मासुबाहेक अरू केही खाँदैन । बाघ आफैँ सिकार गरेर खान खोज्छ, अरूले दिएको सिकारलाई उति मन पराउँदैन । यस्तो सिकार बाघ एक्लै गर्छ । उसले समूहमा सिकार गर्न रुचाउँदैन । सिंहचाहिँ प्रायःजसो समूहमा सिकार गर्छ । बाघले कहिल्यै पनि समूहमा सिकार गर्दैन । तर, आफ्ना बच्चाहरूलाई सिकार गराउन सिकाउँदा भने दुई बाघले सँगै सिकार गरिरहेका हुन्छन् ।
वनमा बाघले सबैभन्दा मन पराउने जनावर मृग हो । मृग प्रजातिका रतुवा, बँदेल, चित्तल, जरायोको सिकार गर्न बाघलाई सहज पनि हुन्छ । यी जनावर भेटिएनन् भने बाघले नील गाई, हात्ती र गैँडाका बच्चालाई आफ्नो सिकार बनाउँछ । बाघले जंगलमा यी जनावर भेटेन भने मात्र घरपालुवा जनावरलाई आक्रमण गर्छ ।
अर्कोतिर बूढो भइसकेको बाघ पनि घरपालुवा जनावरको आक्रमण गर्न रुचाउँछ । किनकि, घरपालुवा जनावर प्रतिकार गर्दैनन् । बाघले सिकार गर्दा धेरै निहुरिएर गर्छ । सिकार गर्दा जनावरको एकदमै नजिक गएपछि मात्र जनावरलाई झम्टिन्छ । बाघले आफूले आक्रमण गर्न सक्ने जनावरलाई आक्रमण गर्छ, तर यस्तो अवस्थामा पनि उसले आफ्नोभन्दा निकै ठूलो जनावरलाई मात्र आक्रमण गर्छ । किनकि, बाघ एकपटक आक्रमण गरेपछि निकै समयसम्म त्यसले खान पुगोस् भन्ने चाहन्छ ।
अर्कोतिर जनावरको भीड छ र बाघले कुनै जनावरलाई आक्रमण गर्ने भयो भने पनि उसले ठूलै शरीर भएको जनावर छान्छ । बाघ र बघिनी दुवै सिकार अलग–अलग रूपमा गर्छन् । बाघभन्दा पनि बढी सिकारचाहिँ बघिनीले किन पनि गर्छे भने उसले बच्चालाई पाल्नुपर्ने हुन्छ । यसरी सिकार गर्न जाँदा बघिनीले धेरैपटक आफ्ना बच्चालाई एकै ठाउँमा छोडेर गएकी हुन्छे । सिकार गरेर फर्किएपछि उसले आफू मात्र खादिनँ, बच्चालाई पनि त्यही सिकार लिएर आउँछे ।
सिकार गर्दा बाघले सजिलो आहाराका रूपमा मात्र घरपालुवा जनावरलाई सिकार गर्ने हो । बाघ बूढो भयो वा घाइते भएर जंगलमा सिकार गर्न नसक्ने भएपछि मात्र मान्छे वा घरपालुवा जनावरको सिकार गर्छ । बाघलाई प्रशस्त आहारा भयो भने वर्ष दिनमा ४० देखि ५० वर्ग किलोमिटर क्षेत्र भए पुग्छ । तर, आहारा पातलो हुँदै गयो भने एक वर्षमा एक सय वर्ग किलोमिटरभन्दा धेरै पनि घुम्न सक्छ । साधारणतया बाघको उचाइ तीन फिटसम्म हुन्छ । अनि बाघको लम्बाइचाहिँ साढे तीन फिटसम्म हुन्छ ।
बाघले राज गर्ने क्षेत्र निर्धारण गर्छ
बाघले आफू बस्ने क्षेत्रफल कायम गरेको हुन्छ । आफ्नो क्षेत्रलाई बाघले पाँच–सात दिनमा घेरेर कायम गरेको हुन्छ । आफ्नो क्षेत्रलाई बाघले विभिन्न संकेत गरेर निर्धारण गर्छ । बाघको दुस्मन भनेको अर्को भाले बाघ नै हो । बाघले आफ्नो क्षेत्र कायम गर्दा दिसा र पिसाब पनि गरेको हुन्छ । एउटा बाघले यसरी गरेको संकेत अर्को बाघले सजिलै थाहा पाउँछ ।
बाघमा सुँघ्ने क्षमता धेरै हुन्छ । जसले गर्दा यस जंगलमा बाघ छ, छैन भन्ने विषय सुँघेर थाहा पाउँछ । बाघले आफ्नो क्षेत्र निर्धारण गर्दा रूखका बोक्रामा कोतरेको हुन्छ । बाघले आफ्ना दुई खुट्टाले टेकेर रूखको माथिसम्म नङ्ग्राले कोतरेको हुन्छ । बाघले जति माथिसम्म रूखका बोक्रा कोतर्न सक्यो, त्यति नै बाघ शक्तिशाली भन्ने परीक्षण गर्छ । सोहीअनुसार बाघले एक–अर्को जंगलमा गई बाघलाई आक्रमण गर्छ । एउटा भाले बाघले एकदेखि तीनवटासम्म बघिनी राखेको हुन्छ । एउटै बाघका एक–आपसमा नभेटिने गरी बघिनी पनि फरक–फरक ठाउँमा बसेका हुन्छन् ।
यदि आफ्नो सन्तान भयो, बूढो भएपछि सहयोग हुन्छ भन्ने उद्देश्यले सन्तान राखेको हुन्छ । एउटा भाले बाघले पनि मान्छेले जस्तै आफ्नो सन्तान भयो भने भविष्यमा सहयोग हुन्छ भन्ने सोच्छ । आफ्नो सन्तान भयो भने माया गर्छ । यदि अर्कोको सन्तान भयो भने माया गर्दैन भन्ने हुन्छ । आफ्ना छोराछोरी भएपछि बूढो भएपछि खेदाइबाट बच्न सकिन्छ भन्ने सोचेको हुन्छ ।
बाघले बच्चा मार्नुका दुई कारण छन् । एउटा, बाघले कुनै क्षेत्रलाई जितेर पोथीलाई नियन्त्रणमा लिएको छ भने साना बच्चालाई मार्छ । यदि बाघले मौसमअनुसार यौनसम्पर्क गर्न पाएन भने बच्चा मार्ने गर्छ । यदि बच्चा नमार्ने हो भने बघिनी यौनसम्पर्कका लागि तयार नै हुँदिन । बाघजत्तिको बलियो, तागतिलो अरू जनावर नै हुँदैन ।
बघिनीले आफ्नी छोरीलाई केही समय आफ्नै साथमा राख्छे, तर छोरा बाघले बिस्तारै ठूलो हुँदै गएपछि एउटा छुट्टै स्पेस बनाउँछ । बिस्तारै जवान हुँदै गएपछि त्यो छोरा बाघले पनि आफ्नो जंगल विस्तार गर्छ । सोहीअनुसार छोरा बाघले बघिनी पनि खोज्दै जान्छ । बाघको संख्या बढ्दै गएपछि बूढो बाघलाई अर्को बाघ वा आफ्नै सन्तानले पनि मार्ने सम्भावना हुन्छ । बाघले एउटा सिकार गर्न धेरैपटक प्रयास गर्नुपर्छ । साधारणतया एउटा बाघले सिकार गर्न कम्तीमा २० पटकसम्म प्रयास गर्नुपर्छ ।
प्रेमसम्बन्ध
बाघले साधारणतया आफ्नो सन्तानलाई यौनसम्बन्ध राख्दैन । यदि पोथी पाएन भने आफ्नै सन्तानभित्रै पनि यौनसम्बन्ध हुन सक्छ । बाघको पोथीले डेढ वर्ष पुगेपछि भाले खोज्छ । जनावरको साधारणतया निश्चित समय हुन्छ । सधैँभरि पोथीले भाले खोज्दैन । एउटा बघिनीले साधारणतया चारवटासम्म बच्चा जन्माउँछे । तर, दुईवटा बच्चा भएमा सजिलै पाल्न सक्छ । बाघले आफूले जन्माएका बच्चा पनि मार्छ । यसरी मार्नुका दुई कारण हुन्छ । कि त अरूले गर्भधारण गरेको छ भने मार्छ । होइन भने बाघले आफूले यौनसम्पर्क गर्न पाएन भने बच्चालाई मार्ने गरेको पाइन्छ । यदि बच्चा भए भने पोथीले भाले खोज्न तयार नै हुँदैन । बाघले साधारणतया गर्मी समयमा यौनसम्बन्ध रोखेको पाइन्छ ।
मान्छेसँग डराउँछ बाघ
बाघले मान्छेलाई आक्रमण गर्दैन । बाघ त मान्छेसँग निकै डराउँछ । तर, यदि बाघलाई मान्छेले घाइते बनायो या गोली हान्यो भनेचाहिँ बाघले आक्रमण गरिहाल्छ । अर्कोतिर बाघ एक–आपसमा लडेर घाइते भएको रहेछ भने पनि उसले मान्छेलाई आक्रमण गर्ने हो ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: