फाल्गुन १ गते, २०७३ आइतवार 12th February, 2017 Sun०७:४२:४५ मा प्रकाशित
२०५२ साल फागुन १ गतेबाट शुरु भएको जनयुद्धले दुई दशक पार गरेको छ । एक दशकको भिषण वर्ग संघर्षको गौरवमय समय र दश वर्षको शान्तिपूर्ण काल, टुट फूट, विभाजन र एकताको प्रक्रिया । यी दुई अवधिको बीचवाट आज माओवादी आन्दोलन गुज्रीरहेको छ । अझै माओवादी आन्दोलनका केही धाराहरु बाहिर छन् । तीनिहरुलाई एकतामा ल्याउनु आवश्यक छ । परिस्थिति दाया वा बाया दुवै कोणबाट माओवादी आन्दोलन खतरामुक्त भइसकेको छैन । माओवादी आन्दोलन खतरामा पर्नु भनेको मालेमाबाद कमजोर हुनु हो । परिवर्तन र क्रान्तिको एजेण्डा कमजोर हुनु हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता कमजोर हुनु हो । २००७ सालदेखि १० वर्षको महान जनयुद्ध लगायतसम्ममा जनताले बगाएको रगत र बलिदान कमजोर हुनु हो । अतः माओवादी आन्दोलनलाई दाया वा बाया अतिबाट बचाउन दुई दशकको समिक्षाको आवश्यकता छ ।
[caption id=\"attachment_39949\" align=\"alignleft\" width=\"200\"] लेखक[/caption]
जनयुद्धका दश वर्ष : यी गौरवशाली वर्ष थिए । मालेमाबादको प्रयोग र विकासमा दश वर्षको अहं भूमिका छ । जनताको सेना मात्र होईन, विचार, राजनीति, नेतृत्व ठीक छ भने स्थानीय सत्ता पनि सम्भव छ भन्ने व्यवहारतः सावित भयो । जवकी नेपालमा सशस्त्र संघर्ष सम्भव छैन, आधार इलाका सम्भव छैन, यो बाम अतिबाद हो भन्ने विचार थियो र छ । त्यो विचारले जनयुद्धका कालखण्डमा जनयुद्धप्रति नकारात्मक दृष्टिकोण उत्पादन ग¥यो । जनताका छोराछोरीले बगाएका रगतलाई महिलाको महिनावारीस“ग तुलना ग¥यो । अन्ततः थुप्रै कमी कमजोरीविच जनयुद्ध आन्दोलनमा फेरियो । जनगणतन्त्रको निम्ति उठाइएको हतियारबद्ध संघर्ष अन्ततः गणतन्त्रमा सम्झौंता गर्ने परिस्थिति बन्यो ।
राजतन्त्रात्मक मूलुकमा गणतन्त्र प्राप्त हुनु बामपन्थी कदम थियो । यो कदम सबैको स्वीकारोक्ती पनि बन्यो । यसले राष्टिय राजनीतिको केन्द्रमा बहिष्कृतमा परेका जनताहरुको आवाज, पहिचान र संघियताको नारालाई अगाडि ल्यायो । जुन जनयुद्धकै माग थियो । हो, यी उपलब्धीहरु संस्थागत गर्ने प्रश्नमा हामीले कमजोरी गरेका छौं । त्यसको समिक्षा हुन बाकि छ । तर सामान्तबाद र यसको प्रतिनिधि राजतन्त्र ढल्नु, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुनु, जनयुद्धकै विजयपथ हो । आज जे जति राजनीतिक अधिकार, सामाजिक मुद्धा सतहमा छन्, त्यो जनयुद्धकै उपलब्धीभित्र पर्छन् । २०६२, ०६३ को जनआनदोलन, मधेश आन्दोलन जनयुद्धकै कडी हुन् । अझै जनयुद्ध र जनआन्दोलनका मागहरु पुरा भएका छैनन् र संस्थागत हुन पनि बाकि छन् । यस अर्थमा जनयुद्धको दश वर्ष महत्वपूर्ण थिए र छ ।
शान्तिकालका दश वर्ष : उपलब्धीका हिसावले पहिलो संविधानसभामा गौरव गर्न लायकको उपस्थिति शान्तिकालको मुख्य उपलब्धी हो । व्यालेटबाट पनि यथास्थितिबाद र प्रतिक्रियाबादलाई क्रान्तिकारी हस्तक्षेप गर्दै पराजित गर्न सक्नु अर्को उपलब्धी हो । जसरी जनयुद्धका दश वर्षमा फौजी हस्तक्षेप गर्न सफल भएका थियौं त्यसरी नै शान्तिकालका दश वर्षमा पनि राजनीतिक हस्तक्षेप गर्न सफल हुनु र आजका मिति सम्म पनि माओवादी आन्दोलनकै वरिपरि सरकार र सडकको मोर्चामा पहलकदमी आउनु अर्को उपलब्धी हुन् । तर टुट फुट विभाजन विचलन, तिन तिन पटक सरकारको नेतृत्व पाउदा समेत आशातित जनताका काम गर्न नसक्नु, जनयुद्धको त्याग, वलिदान र सौर्यको रक्षा राजनीतिमा गर्न नसक्नु, आफ्नो वर्ग चेतनाको रक्ष ागर्न नसक्नु, पूजिबादी रंगीन दुनियाबाट प्रभावित हुनु, सामुहिकता होइन व्यक्तिबाद हावी हुनु, सर्वहारा वर्गिय मानवता होइन साम्राज्यबादी व्यक्तिवाद हावी हुनु, शोषित पिडित जनपक्षिय राजनीति भन्दा सत्ता र शक्तिको राजनीतिले महत्व पाउनु, शान्तिकालका दश वर्षका कमजोरीहरु हुन् । साथै जनयुद्धको विचार राजनीति र उपलब्धीहरुलाई रक्षा गर्नुपर्छ भन्ने विचार कमजोर र निरही बन्दै जानु, जनयुद्धका योद्धाहरु खाडी मुलुक जानुपर्ने, जनयुद्धलाई सराप्नेहरु प्रवक्ता हुनुपर्ने विडम्बना पनि यो शान्तिकालमा पैदा भयो । अन्ततः एमाले र हाम्रो दुरी घट्दै गयो । एमाले राष्टबादी हुने र माओवादी राष्टघाती हुने स्थिति सिर्जना भयो । जनयुद्धका योद्धाहरु अयोग्य हुने, सुधारबादी र संशोधनबादी योग्य जस्ता देखिने स्थिति शान्तिकालले पैदा गर्यो । सडकको मोर्चामा पनि रक्षात्मक, संसदको मोर्चामा पनि रक्षात्मक, काठमाडौंको राजनीतिमा डेरा नपाउने अवस्था पनि दश वर्षको शान्तिकालले पैदा गर्यो । यसले एकताको नया ढोका खोल्यो । यो नै दशवर्षका शान्तिकालको उपलब्धी हो ।
एकता, ध्रुवीकरण र रुपान्तरणको समय : आज साम्राज्यबादी, विस्तारबादी र सुधारबादीहरुले एकैचोटी जनयुद्धको इतिहास मेटाउन प्रयत्न गरिरहेका छन् । जनयुद्धलाई विदेशमा गर्भाधान भएको भनेर डिएनए परिक्षण गर्न लागीपरेका छन् । जसको जवाफ हामीले दिन सकेका छैनौं । संविधानमा पनि हामीले जनयुद्ध लेख्न सकेनौं ।
आज जनयुद्धका सबै मुल्य मान्यताहरु मथि चर्को हमला भइरहेको छ । जनयुद्धको अस्तित्वलाई स्वीकार्न मान्छेहरुलाई गारो भइरहेको छ । यो बाट जोगाउन ध्रुवीकरण आवश्यकता थियो र भयो । तर धेरैलाई ध्रुवीकरण पचेको छैन । पार्टी एकतालाई टाउकाको एकता मात्र ठान्ने गल्तिहरु ह्ुदैछन् । पार्टी एकतालाई कार्यनीतिक छलछामका रुपमा बुझ्ने गल्ती हुदैछन् । तर प्रतिक्रियाबादी, संशोधनबादी र सुधारबादीहरुले भने माओवादीहरुको ध्रुवीकरणलाई रणनीतिक रुपमा लिएका छन् । त्यसैले हामी क्रान्तिकारीहरुले यसलाई कार्यनीतिक रुपमा बुझ्यौं भने, र ध्रुवीकरण कमजोर भयो । ध्रुवीकरण न्यायिक भएन भने पार्टी एकता पूर्ण हुने छैन । फेरि त्यसपछि टुट फुट र विद्रोहका प्रक्रिया शुरु हुन सक्छन् । अतः एकतालाई बलियो बनाउन गुट फुट र पूर्व मान्यताका विरुद्धमा लड्ने विचारको निर्माण गर्नु आजको आवश्यकता हो । पूर्व मान्यतामा टासीरहने विचार गैरप्रगतिशिल हो भन्ने कुरा स्थापित गर्दै ध्रुवीकरणलाई रुपान्तरमा बदल्ने कोर्षमा पार्टीलाई अगाडि बढाउनु समयको ढुकढुकी हो । यो ढुकढुकी छाम्न सक्ने विचार रुपान्तरकारी विचार हो ।
आगामी वर्ष : कमरेड प्रचण्डले आगामी दश वर्ष माओवादीका वर्ष हुनेछन् भन्ने घोषणा गरेका छन् । त्यसका लागि दश वर्षको जनयुद्धकाल, दश वर्षको शान्तिकालको गम्भिर समिक्षा हुनु आवश्यक छ । सम्पूर्ण माओवादी धारावीचको एकतालाई सम्पन्न गर्नुपर्नेछ । माओवादीको जन्म, यसको इतिहास, यसको संस्कृति र उपलब्धी माथि भित्री र बाहिरी रुपमा भइरहेका चौतर्फी आक्रमणमाथि बैचारिक प्रत्याक्रमण गर्नु जरुरी छ । माओवादी आन्दोलनको इतिहास, वर्तमान र भविष्यको रक्षाका लागि गम्भिर आत्मसमिक्षा गर्दै अगाडि बढ्ने आगामी वर्षको कार्यनीति बनाउनु जरुरी छ । त्यसको निम्ति मालेमाबादलाई दरोसंग पक्रने, जनयुद्धको विचार, राजनीति र संस्कृतिलाई रक्षा गर्नुपर्दछ । अहिले प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्रको रक्षाको प्रश्नलाई माओवादीको कार्यनीति बनाउनुपर्छ । प्रतिस्पर्धा मार्फत साम्राज्यबादी र विस्तारबादी शक्तिहरुलाई पराजित गर्दै समाजबादको ढोका खोल्ने कार्यनीतिको विकास गर्नु पर्दछ ।
निश्चित रुपमा माओवादी धारा अहिले विचारविहिन, संगठनविहिन, आन्दोलनविहिन संस्कृतिविहिन जस्तो देखिएको छ । तर आन्दोलनको क्रान्तिकारी धारा माथि होइन तल ग्रासरुटमा छ । हिजोको जनसत्तामा छ । मिलिसियामा छ । अरबमा छ । त्यो अहिले छरिएको छ । त्यो अहिले बरालिएको छ । त्यो अहिले रिसाएको छ । तर माओवादी आन्दोलनको ध्रुवीकरण, रुपान्तरण र केन्द्रीकरण हुदै जादा अन्ततः त्यो एकठाउमा आउनेछ । जब त्यो एक ठाउमा आउनेछ, त्यसले आफ्नो इतिहास, संस्कृति र सभ्यताको रक्षा गर्ने सोच र शक्तिका साथ आउनेछ । माक्र्सबादले हामीलाई यही सिकाउछ । अन्तत ः माओवादी आन्दोलन पुनर्संगठीत हुनेछ । पुन जागृत हुनेछ । र देशको नेतृत्व माओवादी आन्दोलनले गर्नेछ । किनकी जनयुद्ध नै पछिल्लो समयको क्रान्तिकारी विचार हो । जनयुद्धको यो २२औं दिवसमा हामीले गर्नुपर्ने प्रण पनि यही हो ।
माघ २९, २०७३
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: