Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नायिका श्वेताले सिन्धुपाल्चोकमा एकिकृत बस्ती निर्माणमा सहयोग गर्ने

चौतारा, १ फागुन । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताइन । “हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ, स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले भने”– “त्यसैले भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरेका छौँ ।” सोही अनुदानबाट आवास निर्माण गरिने र त्यहाँ पुग्न सडक, खानेपानी, पार्कलगायतको भौतिक संरचनाका लागि अभिनेत्री खड्कासँग आर्थिक सहयोग मागिएको स्थानीय नेत्रज्योति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले बताए । त्यहाँस्थित भिरालो ठाउँमा डोजरद्वारा चाँडैनै सम्याउने काम सुरु गरिने छ । एकिकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिनुभयो । एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्दछ । एकिकृत बस्तीको लागि सहजकर्ताद्वय स्थानीय यज्ञराज कार्की र गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले विपन्न तथा सीमान्तकृत माझी परिवारलाई आवासको सुविधा दिने उद्देश्य राखिएको बताए । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy