Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विपक्षी मोर्चाको आमहड्तालले जनजीवन प्रभावित

काठमाडौं, एकीकृत माओवादी नेतृत्वको ३० दलिय गठबन्धन मोर्चाले आह्वान गरेको तीन दिने आमहडतालको पहिलो दिन मुलुकभरको जनजीवन प्रभावित भएको छ । मोर्चाका कार्यकर्ताहरुले मुलुकका विभिन्न स्थानहरुमा बन्दको अवज्ञा गरेको भन्दै तोडफोड तथा आगजनी गरेका छन् भने बन्द गराउँदै हिँडेका मोर्चाका एक सय जना भन्दा धेरै नेता कार्यकर्ताहरुलाई उपत्यका सहित मुलुकका विभिन्न जिल्लाहरुबाट पक्राउ गरिएको मोर्चाले जनाएको छ । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले खबरडबलीलाई दिएको जानकारी अनुसार मोर्चाका सयौं नेता/कार्यकर्ताहरुलाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरिएकाे छ । उनले उपत्यकाको बिजुलीबजार पुलबाट १६ जना पक्राउ परेको जानकारी दिए । पक्राउ पर्नेमा एमाओवादीका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्मा, प्रचण्ड पुत्री रेणु दाहाल तथा सागर केसी सहितका नेता कार्यकर्ताहरु रहेका छन् । पक्राउ परेका अान्दाेलनकारीलाई अहिले प्रदर्शनी मार्ग स्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ ।  खबरडबलीसँग प्रहरी हिरासतबाट  हिमाल शर्माले प्रहरीले आफुलाई बिहानै पक्राउ गरी महेन्द्र पुलिस क्लवमा ल्याएर राखेको जनाए । \"aandolan\"तर गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार काठमाडौंबाट १३ र कास्कीबाट ७ जनालाई मात्र पक्राउ गरिएको छ । उनले बन्दकर्ताले झापा र कास्कीमा गरी २ वटा ट्रक तथा एक बसमा तोडफोड गरेको र बिहान काभ्रेमा भएको बिष्फाेटको जिम्मा पनि बन्दकर्ताले नै लिनु पर्ने बताए । ‘देशैभर उहाँहरुले नै बन्द, तोडफोड गरी रहनु भएको छ भने विष्फाेटको जिम्मा पनि त उहाँहरुले नै लिनु प¥यो नी ।’– गृह प्रवक्ता ढकाललले खबरडबलीसँग भने । उता माओवादी पोलिटव्युरो सदस्य तथा नेवा राज्य इञ्चार्ज झक्कु सुवेदीले प्रहरीले मोर्चाका कार्यकर्ताहरुमा निर्मम बल प्रयोग गरेको बताए । सुवेदीले भने– ‘प्रहरीले अहिले निक्कै नै दमन गरी रहेको हामीले महशुस गरेका छौं । म र शालिकराम जमकट्टेल सडकको किनारबाट हिँड्दा समेत हामीलाई अवरोध गरिएको छ ।’ उनले राज्यले दमनको नीति अख्तियार गरे नयाँ ढंगले आन्दोलनलाई अगाडि बढाउन आफुहरु बाध्य हुने बताए । त्यस्तै बन्दकर्ताले बालकुमारीमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् भने मुलुकका विभिन्न स्थानहरुमा बन्दको अवज्ञा गरको भन्दै तोडफोडको समाचार प्राप्त भएको छ । अहिले उपत्यकाको बानेश्वर, चावहेल, ललितपुरको जावलाखेल, भक्तपुरको सुर्यविनायकमा बन्दकर्ताहरुले जुलुुस गरी रहेका छन् । यसैगरी महोत्तरीको सदरमुकाम जलेश्वरमा बन्द आह्वानकर्ताले बिहानै एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज१ ख ६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् । ३० दलको तीनदिने बन्द रहेको बेला पनि आज बिहान जिल्लाको सम्सीबाट यात्रु बोकेर आएको सो बसलाई मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गरेका हुन् । मोर्चाको बन्दका कारण आज बिहानैदेखि महोत्तरीको जनजीवन प्रभावित बनेको छ भने कुनै पनि यातायातका साधन चलेका छैनन् । यसैबीच मोर्चाका नेता कार्यकर्ताले जिल्लाको सदरमुकाम जलेश्वरलगायत बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत ठाउँमा पसल, बजार, कलकारखाना र उद्योगधन्दा बन्द गराउँदै हिँडेका छन् । यसैगरी धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत तीन जिल्ला पूर्णरूपमा बन्द रहेका छन् तर बागलुङ र हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन । बिहानैदेखि म्याग्दी र पर्वतमा यातायातका साधनहरू गुडेका छैनन्, पसल, उद्योग, कलकारखाना र शैक्षिक संस्था बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन नचल्दा यात्रु प्रभावित बनेका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा भने यातायातका साधन पनि सञ्चालन रहेका र बन्दको कुनै प्रभाव नपरेको जनाइएको छ । यसैगरी ३० दलीय मोर्चाको आमहड्तालको असर मुलुकभर परिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरबजार भने खुला रहेको छ । मोर्चाले नै तीनदिने आमहड्तालमा पनि महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार खुला रहने जनाएपछि ती बजारहरु खुला भएका हुन् । ३० दलीय मोर्चाका कञ्चनपुर संयोजक टेकेन्द्रप्रसाद भट्टले एक प्रेस विज्ञप्ति जारी गरी महेन्द्रनगरमा पूर्णागिरि माताको दर्शन गरेर सिद्धनाथ मन्दिरको दर्शनका लागि दैनिक हजारौँ तीर्थालुलाई मध्यनजर गर्दै बजार खुला राखेको बताए । उनले बन्दका कारण तीर्थालुलाई असर पर्ने भएकाले महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार बन्द नगरिने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies