Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

जनताको आफ्नो सेना नभई हुँदैन

[caption id=\"attachment_117454\" align=\"alignleft\" width=\"750\"]\"\" धर्मेन्द्र बास्तोला स्थायी समिति सदस्य, नेकपा (माओवादी)[/caption] १. काठमाडौंमा महाधिवेशन उद्घाटन गरेर रोल्पाको थवाङमा बन्दसत्र गर्न जाँदै हुनुहुन्छ । दुईतिर महाधिवेशन गरेर के सन्देश दिन खोज्नुभएको हो ? सहरी केन्द्र र गाउँ जोड्ने हामीले भन्दै आएको एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरूपको नीति हो । हिजो गाउँ घेर्दै सहर कब्जा गर्ने रणनीतिमा हामी थियौँ । तर, त्यसले मात्र पुग्दैन भनेर परिवर्तित सन्दर्भमा एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरूप हामी अगाडि बढिरहेका छौँ । अबको नेपाली क्रान्ति हिजोको जस्तो ढंगले हुन सक्दैन । त्यसका लागि गाउँ र सहर दुवैलाई जोडेर नै अगाडि जानुपर्छ भनेर हामी लागिरहेका छौँ । त्यसरी नै गाउँ र शहर जोडेर अगाडि बढ्नुपर्ने सन्देश दिन हामीले पार्टीको आठौँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन गरेर बन्दसत्र भने रोल्पाको थवाङमा गर्न लागेका हौँ । त्यसैले हामीले सहर र गाउँ दुवैलाई जोडेर पार्टीको कार्यदिशालाई पक्रिन खोजेका हौँ । २. विश्व कम्युनिस्ट इतिहासमा परिचित फरक शैलीको ‘ड्रेस कोड’का आधारमा केन्द्रीय नेताहरू महाधिवेशनमा देखिनुभयो । यसको पनि केही सन्देश छ कि ? जरुर छ । उद्घाटन सत्रमा एउटै ‘ड्रेस कोड’ मा केन्द्रीय नेता देखिएर पनि हामीले एउटा फरक खालको सन्देश दिन खोजेका हौँ । डे«स कोडबाट हामीले क्रान्तिको झलक दिन पनि खोजेका हौँ । माक्र्सवाद, लेनिनवाद, माओवादप्रति हामी प्रतिबद्ध छौँ भनेर सन्देश दिन पनि खोजेका हौँ । त्यसैले हामी केन्द्रीय समितिका सदस्यले एउटै पोसाक लगाएर क्रान्तिको सन्देश प्रवाहित गर्न खोजेका हौँ । ३. के अझै पनि सशस्त्र संघर्षको औचित्य देख्नुहुन्छ ? इतिहासले पुष्टि गरिसकेको छ, यस विषयमा । सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन भन्ने कुराको पुष्टि यसबीच पनि भइसकेको छ । जनताको सेना आवश्यक छ भन्ने कुरा इतिहासले सावित गरिसकेको छ । तसर्थ पनि जनताको सेना बनाउनुपर्छ । सशस्त्र संघर्षको आवश्यकता नेपालमा अझै पनि छ । यसको औचित्यता छ–छैन भन्ने कुरा इतिहासले पुष्टि गर्ने कुरा हो । यो पुष्टि भइसकेको छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy