फाल्गुन ४ गते, २०७३ बुधवार 15th February, 2017 Wed०६:३७:०२ मा प्रकाशित
काठमाडौं, ४ फागुन ।त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले सोमबार त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका थिए भने मंगलबार निर्वाचन कमिटीका पदाधिकारीलाई अपहरण गरेका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– त्रिवि शिक्षाध्यक्ष त्रिपाठीका अनुसार विश्वभाषा क्याम्पस निर्वाचन कमिटीका सचिव शिक्षक नवीनचन्द्र मरासिनी विद्यार्थीको अपहरणमा परेका हुन् । मरासिनीलाई क्याम्पस प्रमुखको रोहबरमा दुई घन्टापछि रिहाइ गरिएको थियो । क्रान्तिकारीले केही दिन स्ववियु चुनाव सार्नुपर्नेलगायतका माग राखेर विरोधका कार्यक्रम जारी राखेकाले स्ववियु चुनाव अन्योलमा परेको छ । उसले विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेको छ । २८ वर्षे उमेर हदबन्दीको विरोधमा नेविसंघका असन्तुष्टहरूले उपत्यकाका १० क्याम्पसमा तालाबन्दी गरेका छन् ।
अनेरास्ववियु र नेविसंघ चुनाव सार्ने प्रयासमा
स्रोतका अनुसार कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनले स्ववियु चुनाव केही समय पछि सार्न लबिङ सुरु गरेका छन् । अनेरास्ववियु अध्यक्ष नवीना लामाले क्याम्पस प्रमुखलाई थर्काउने, ताला लगाउनेजस्ता कार्यले मनोबल गिरेको बताइन् । विप्लव माओवादीनिकट विद्यार्थी संगठनले पार्टीको महाधिवेशनका कारण एक साता मागेकाले के गर्ने भन्नेमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको उनको बताइन् । ‘हाम्रो जोड १४ फागुनमा मतदान गर्नुपर्छ भन्ने हो, सबैको सहभागिता हुँदा हामीलाई पनि राम्रो हुन्छ,’ उनले भनिन् ।
उम्मेदवार घोषणा गर्दै संगठन
विभिन्न विद्यार्थी संगठनले स्ववियु चुनावका लागि धमाधम अध्यक्षका उम्मेदवारको घोषणा गर्न थालेका छन् । मंगलबार अखिल क्रान्तिकारीले अध्यक्षका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । क्रान्तिकारीले एक सय एक क्याम्पसका स्ववियु अध्यक्षको नामावली सार्वजनिक गरेको हो । सोमबार अनेरास्ववियु ९छैटौँ०ले देशभरका ५७ वटा क्याम्पसमा स्ववियु सभापति उम्मेदवारको घोषणा गरेको थियो ।
सुरक्षाकर्मी परिचालन भएपछि मुक्त गरेनवीनचन्द्र मरासिनी, सदस्यसचिव, निर्वाचन कमिटी, विश्वभाषा क्याम्पस
बिहान साढे १० बजेतिर के हो, कसो हो भन्दै मलाई विद्यार्थीले बोलाएका थिए । क्याम्पसमा तल झरेपछि आरआर क्याम्पसमा जाऔँ भने । त्यसपछि फेरि बागबजार जाऔँ छलफल गर्नु छ भन्दै लगे । मलाई निर्वाचनका विषयमा सोधे र निर्वाचन प्रक्रिया अघि नबढाउनुस् भने । मैले म निर्वाचन प्रमुख होइन, सदस्यसचिव मात्र हो, मैले चाहेर केही गर्न सक्दिनँ भनेँ । मलाई लगेको जानकारी पाएपछि सुरक्षाकर्मीले खोज्न थाले । सुरक्षा सक्रियता देखेर बागबजार पुर्याएका विद्यार्थीले फेरि विश्वभाषा क्याम्पस लगेर छाडे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: