Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति

\"\"काठमाडौं, ४ फागुन । कुवेतमा काम गर्दा ज्यान गुमाएका नेपाली कामदारका परिवारलाई कम्पनीहरूबाट पाँच करोड रुपैयाँ क्षतिपूर्ति उठेको छ । नेपाली दूतावासले स्थानीय कानुन व्यवसायीको मद्दतमा पछिल्लो डेढ वर्षमा सो परिमाणको रकम उठाएको हो । आजको नयाँ पत्रिकामा खबर छ– दूतावासले यसरी उठेको रकम परराष्ट्र मन्त्रालयमा पठाइसकिएको जनाएको छ । ‘दूतावासको निरन्तर प्रयत्नको फलस्वरूप गत डेढ वर्षमा उल्लेखनीय रूपमा क्षतिपूर्ति रकम प्राप्त भई मृतक कामदारहरूको क्षतिपूर्तिबापतको बिमा रकम, बाँकी तलब, सेवापछि पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग पाँच करोड पाँच लाख उनन्चास हजार सात सय एघार रुपैयाँ सम्बन्धित कामदारहरूको कानुनी हकदारले प्राप्त गर्ने गरी परराष्ट्र मन्त्रालयमा पठाइसकिएको छ,’ दूतावासले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले अन्य ३४ जना मृतक कामदारको नाममा प्राप्त भएका दुई सय कुवेती दिनारभन्दा कम रकमसमेत नेपाल पठाइएको जनाएको छ । क–कसका नाममा कति क्षतिपूर्ति ? -दीपक श्रीमल, चितवन (एक करोड ४२ लाख ७० हजार) -चन्द्रबोल राई, खोटाङ (८९ लाख १२ हजार रुपैयाँ -जितबहादुर कटुवाल, तेह्रथुम (५६ लाख ११ हजार ४४८ रुपैयाँ) -हिकमान तामाङ, नुवाकोट (४६ लाख ७३ हजार ७२१ रुपैयाँ) -जनकबहादुर बस्नेत, दाङ (२९ लाख ८३ हजार ५३२ रुपैयाँ) -कामीसिंह गोले, मकवानपुर (२९ लाख २९ हजार ८४८ रुपैयाँ) -यामबहादुर बस्नेत, तनहुँ (२९ लाख १२ हजार ३०४ रुपैयाँ) -गजेन्द्र विश्वकर्मा, संखुवासभा (७ लाख ३७ हजार रुपैयाँ) -आइतराज तामाङ, मोरङ (७ लाख २५ हजार ३६७ रुपैयाँ) -सुकान चौधरी, बारा (७ लाख १२ हजार ६०३ रुपैयाँ) -चित्रबहादुर कुँवर, रुकुम (६ लाख ४३ हजार ७३० रुपैयाँ) -नरबहादुर चेम्जोङ, पाँचथर (३ लाख ९२ हजार ६६९ रुपैयाँ) -दुर्गाबहादुर थापा, गुल्मी (३ लाख ८५ हजार ३५७ रुपैयाँ) -अमृतकुमार बम्जन, मकवानपुर (३ लाख ५१ हजार ८०९ रुपैयाँ) -ऋषिप्रसाद सापकोटा, काभ्रे (२ लाख ९० हजार ३१८ रुपैयाँ) -सत्यनारायण साह सोनार, धनुषा (२ लाख ६३ हजार ४८३ रुपैयाँ) -दिलबहादुर तामाङ, दोलखा (२ लाख ४२ हजार १०७ रुपैयाँ) -खड्गकुमार राई, ओखलढुंगा (२ लाख ३८ हजार ५१० रुपैयाँ) -वीरबहादुर गुरुङ, तनहुँ (२ लाख ३७ हजार ९८४ रुपैयाँ) -आईबहादुर दर्जी, मुस्ताङ (२ लाख ३२ हजार २४० रुपैयाँ) -रामपुकार भण्डारी, महोत्तरी (१ लाख ८५ हजार २६४ रुपैयाँ) -विजय विश्वकर्मा, रुपन्देही (१ लाख ८३ हजार १५९ रुपैयाँ) -गोविन्द विक, स्याङ्जा (१ लाख ६८ हजार ४२२ रुपैयाँ) -सुताई साह तेली, धनुषा (१ लाख ५२ हजार ६५१ रुपैयाँ) -देवराज ककली, रुकुम (१ लाख ५२ हजार १०६ रुपैयाँ) -दुलार ठाकुर हजाम, महोत्तरी (१ लाख २७ हजार ३१६ रुपैयाँ) -केशरबहादुर नेम्वाङ, पाँचथर (८७ हजार ७२०) -सुनिता गुरुङ, संखुवासभा (८७ हजार ७२०)
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy