Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या

\"\"तौलिहवा, ४ फागुन । कपिलवस्तुको चन्द्रौटामा एक ६ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या गरिएको छ । सोमबार राति घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीया बालिकाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा मंगलबार बिहान स्थानीय जबई खोलामा फेला परेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ– हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई वुधबार थप अनुन्धान सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए। मृतक नाबालिका स्थानीय विद्यालयमा एल केजीमा अध्ययनरत थिईन्। उक्त घटना पछि चन्द्रौटा क्षेत्रमा रहेका सवै विद्यालय बन्द गरी घटनामा संलग्न रहेका उपर कडा कारवाहीको माग गरेका छन्। मृतक नाबालिकाका अभिभावकहरु सामान्य किराना पसले हुन्। आफ्नी छोरी उपर भएको जघन्य पशुवत व्यवहार पछिको हत्यामा संलग्नलाई हदै सम्मको कारवाहीका लागि जिल्लाका विभिन्न संघ संस्था एवं मानवअधिकारवादीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन्। उक्त विभत्स घटना पछि बालिकाको परिवार र टोल छिमेक शोकाकुल परेका छन्। यस्ता जघन्य घटनाका कारण बालिकाहरु असुरक्षित रहेकोमा स्थानीय सर्वसाधारण निकै त्रसित बनेका छन्। यस अघि गत बुधवार पकडीको मर्थी नदीको तटमा ६ जना युवाहरुले सामुहिक बलात्कार गरेका छन्। सामुहिक बलात्कारमा संलग्न रहेका उपर कडा कारवाहीको माग गर्दै जिल्लाका विद्यार्थी संघ संगठनहरुले विरोध प्रदर्शन गर्दै दैनिक जसो धर्ना तथा प्रदर्शन गरिरहेका छन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending