Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नेपाल–चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै

\"\"काठमाडौं, ५ फागुन । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ । नेपाली पक्षले तयार पारेको मोडालिटीलाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ । आजको राजधानी दैनिकमा खबर छ– स्रोतका अनुसार संयुक्त सैनिक अभ्यासका लागि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीले अन्तिम धारणा बनाउने बारेमा नेपालमै बैठक अयोजना गर्ने तयारी भइरहेको छ । तयारी बैठककै लागि सेनाले रक्षा मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाएको हो । ‘दुवै पक्ष साझा मोडालिटी निर्माणमा जुटेका छौं । मोडालिटी तयार भएपछि एकसाथ कस्तो अभ्यास हुने भन्ने बारेमा सार्वजनिक गरिनेछ,’ सैन्य स्रोतले भन्यो । सैनिक अभ्यासका लागि ‘प्रतिकार’ नाम दिइएको दुवै देशका उच्च सैनिक अधिकारी साझा रणनीति र कार्ययोजना बनाउन जुटेका छन् । अन्य मुलुकको सैन्य संरचनाभन्दा चिनियाँ सैन्य संरचना अलि फरक हुने भएकाले पनि दुवै पक्षले आन्तरिक तयारीमा जोड दिएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले अहिले नै सबै विषय टुंगो नलागिसकेको बताए । ‘तालिम सञ्चालनका लागि दुवै देशका सेनाबीच साझा धारणा बन्छ । तालिममा सहभागी हुने सैनिक संख्या, मिति, स्थान, अवधि, तालिमका क्षेत्रलगायत विषयमा अहिले छलफलकै क्रममा छ । अन्तिम टुंगो लागेपछि सार्वजनिक हुन्छ,’ सहायक रथी कार्कीले भने । उनका अनुसार प्लानिङ कन्फरेन्स बैठकले सबै विषय तय गर्नेछ । दुवै देशका सेनाबीच सन् २०१७ को मार्चभित्रै संयुक्त सैनिक अभ्यास गर्ने सहमति भइसकेको छ । संयुक्त सैनिक अभ्यास नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६३ वर्षमा पहिलोपटक हुन लागेको हो । सैनिक अभ्यासमा भारतसहित विभिन्न मुलुकका राजदूत तथा सैनिक सहचरीहरूलाई अतिथिका रूपमा बोलाइने सैनिक स्रोतले जनाएको छ । ‘भारतसहित विभिन्न मुलुकका राजदूत तथा सैनिक सहचारीहरूलाई उद्घाटन समारोहमा निमन्त्रणा गर्ने हाम्रो योजना छ । यो तालिम विशेष महत्वको समेत हुनेछ,’ स्रोतले भन्यो । संयुक्त अभ्यासमा प्रतिविद्रोह, जंगल वारफेयर, सैनिक कूटनीति, नागरिक–सैनिक सम्बन्ध, पेसागत क्षमता अभिवृद्धिलगायत विषयहरूले प्राथमिकता पाउने सैनिक स्रोतको दाबी छ । गत पुसको अन्तिम साता चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरू नेपाल भ्रमणमा आएको बखत संयुक्त सैन्य अभ्यासबारे छलफल भएको थियो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पुसको पहिलो साता बेइजिङमा पत्रकार सम्मेलन गरी नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सन् २०१७ भित्र सैन्य अभ्यास हुने घोषणा गरेका थिए । त्यसपछि चिनियाँ सैनिक अधिकारी सैनिक अभ्यासका लागि प्रारम्भिक छलफल गर्न नेपाल आएका थिए । सो विषयलाई लिएर भारतीय सञ्चार माध्यमले प्रमुखताका साथ समाचारसमेत सम्प्रेषण मात्र गरेनन्, भारतीय विदेश मन्त्रालयले भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जानकारीसमेत लिएको थियो । भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारका आधारमा नेपाली सञ्चार माध्यममा समेत समाचार प्रकाशित भएपछि परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले सैन्य अभ्यास नहुने सहमति नभएको बताएका थिए । त्यसको भोलिपल्ट नै चिनियाँ रक्षा मन्त्रालयले सैन्य अभ्यासको तयारी भएको बताएको थियो । १ अगस्ट १९५५ मा चीनसँग नेपालले कूटनीतिक सम्बन्ध विस्तार गरेको थियो । यो अवधिमा नेपाली सेनाका अधिकृतहरू विदेशमा तालिममा भाग लिँदै आएका छन् । चीनबाट पनि सहायक रथी स्तरका अधिकृतले ‘नेसनल डिफेन्स कोर्स/वार कलेज’ मा पनि भाग लिँदै आएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले भारत र अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाली सेनाले भारतीय सेनासँग सूर्यकिरण नाम दिइएको संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाल–भारतका सेनाबीच सन् २०११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको हो । गत ३१ अक्टोबरदेखि १३ नोभेम्बरसम्म रूपन्देहीको सालझन्डीमा नेपाल र भारतका सैनिकबीच ‘सूर्यकिरण–१०’ नामक सैन्य अभ्यास सम्पन्न भएको थियो । गत वर्ष मात्रे भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैनिक अभ्यासको नवौं संस्करण ‘एक्स–सूर्यकिरण ९’ सम्पन्न भएको थियो ।सन् २०११ देखि हरेक वर्ष नेपाली र भारतीय सैनिकबीच संयुक्त सैन्य अभ्यास हुँदै आएका छ । सन् २०१२ जुनमा भारतको चौवत्तिया उत्तराखण्डमा यस्तै सैन्य अभ्यास भएको थियो । त्यसपछि भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा संयुक्त अभ्यास भएको थियो । नेपालले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगन्जमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ मा पनि संयुक्त अभ्यास आयोजना गरेको थियो । भारतीय सेनासँग अर्को सैन्य अभ्यास केही महिनापछि भारतमा हुने बताइएको छ । त्यस्तै, नेपाली सेनाले अमेरिकी सेनासँग ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । गत माघ १८ गते ‘ब्यालेन्स नेल १७–३०११’ नाम दिइएको संयुक्त अभ्यासमा नेपाली सेनाको महावीर गण (रेन्जर) र अमेरिकी सेनाको प्यासिफिक कमान्डको टोलीले संयुक्त सैन्य अभ्यास गरेको थियो । त्यस्तै, नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म संयुक्त सैन्य अभ्यास भएको थियो । छिमेकी मुलुक चीनसँग भने नेपालले अहिलेसम्म सैन्य अभ्यास गरेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy