Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

राष्ट्रपतिलाई आक्रमण गरे १० वर्ष कैद

\"\"काठमाडौं, ७ फागुन ।नेपालका राष्ट्रपतिमाथि आक्रमण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गर्ने उद्देश्यले तयार पारिएको फौजदारी कसुरसम्बन्धी विधेयकमा संसद्को विधायन समितिले राष्ट्रपतिमाथि हुने आक्रमणकारीमाथि बेग्लै सजाय प्रस्ताव गर्दै यस्तो व्यवस्था पारित गरेको हो । आजको राजधानी दैनिकमा खबर छ– अपराधमा संलग्नमाथि हुने सजाय कानुनका नजरमा राष्ट्रप्रमुख र जनताबीच फरक हुनुपर्ने कि नपर्ने भन्ने चर्को विवादपछि अन्ततः राष्ट्रप्रमुखको सम्मानका लागि सजायको दायरा फरक हुनुपर्ने भन्दै यस्तो व्यवस्था पारित भएको हो । राष्ट्रपतिमाथि आक्रमण गर्न नहुने व्यवस्था समेटिए पनि उपराष्ट्रपतिका विषयमा विधेयक मौन छ । राष्ट्रपतिलाई अपहरण गर्ने या बन्धक बनाउनेलाई १० देखि १५ वर्षसम्म कैद सजाय हुने भएको छ । त्यसैगरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिए या आक्रमणबाट राष्ट्रपतिको मृत्यु भएमा आक्रमणमा संलग्नलाई जन्मकैदको सजाय हुनेछ । यी तीनवटै कैद प्रावधानसम्बन्धी व्यवस्थालाई विधायन समितिले पारित गरेको छ । फौजदारी कसुरसम्बन्धी विधेयकमा जन्मकैदको अवधि २५ वर्ष राखिएको छ । विधेयकमाथिको छलफलमा राष्ट्रपति ‘हेड अफ द स्टेट’ भएकाले त्यस्तो व्यक्तिमाथि आक्रमण गर्नुलाई अपराध मान्दै कैद सजाय हुनुपर्नेमा सहमति जुटेको समिति सदस्य रामनारायण बिडारीले जानकारी दिए । संविधानले राष्ट्रपतिलाई नेपालको राष्ट्राध्यक्ष र संविधानको पालन र संरक्षणकर्ता तथा राष्ट्रिय एकताको प्रवर्धकको रूपमा व्याख्या गरेका कारण यस्तो व्यक्तित्वमाथि आक्रमण हुनु शोभनीय नहुने भन्दै सजायको छुट्टै व्यवस्था गर्नेमा विधायन समितिका सदस्य सहमत भएका हुन् । विधेयकको दफा ५७ मा राष्ट्रपतिउपर आक्रमण गर्न नहुने व्यवथाअन्तर्गतको उपदफा एक, दुई र तीनमा क्रमशः राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गर्नु नहुने, अपहरण गर्न र शरीर बन्धकमा लिन नहुने र आक्रमण गर्न र गराउन नहुने उल्लेख छ । यस्तो कार्य गरेमा बेग्लाबेग्लै सजाय हुने व्यवस्था विधेयकमा छ । ज्यान लिने उद्योग गरेमा जन्मकैद, अपहरण वा शरीर बन्धकमा लिए १० देखि १५ वर्ष कैद र आक्रमण गरेमा पाँचदेखि १० वर्ष कैद हुने गरी गरिएको प्रस्तावलाई समितिले पारित गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy