Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

दिल्लीमा क–कसलाई भेटे नारायणकाजीले ?

काठमाडौं, ७ फागुन । संविधान संशोधन विधेयक टुंगो लगाउने र स्थानीय चुनाव मिति घोषणाबारे छलफल जारी रहँदै गर्दा सत्तारुढ माओवादी केन्द्रका नेता नारायाकाजी श्रेष्ठ चार दिने भारत भ्रमण गरी स्वदेश फर्केका छन् । आजको कान्तिपुरमा खबर छ– पार्टीको प्रवास संगठन अखिल भारतीय नेपाली एकता मञ्चको कार्यक्रममा भाग लिन अघिल्लो शुक्रवार दिल्ली पुगेका उनले सत्तारुढ भारतीय जनता पार्टीका महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख राम माधवलाई भेटे। त्यस्तै विपक्षी कंग्रेस आईका अन्तर्राष्ट्रिय विभाग प्रमुख करण सिंह, कंग्रेस आईके नेता आनन्द शर्मा र मणिशंकर ऐयर, भाजपाका सांसद तरुण विजय, जगदम्बा पाल, भाजपाको नेपाल सेल हेर्ने अजित सिंह, भाकपा मार्क्सवादी नेता सीताराम यचुरी, भारतीय राष्ट्रिय कंग्रेसका नेता डीपी त्रिपाठीसँग भेटेका थिए। माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुख रहेका श्रेष्ठले भ्रमणभरि आफूले राजनीतिक नेतृत्वबाहेक अरुलाई नभेटेको जानकारी दिए। नरेन्द्र मोदीनेतृत्वको सरकारको नीति निर्माणमा निर्णायक मानिने भाजपा महासचिव माधवसँग मंगलबार भेटेका श्रेष्ठले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धको आधारबारे छलफल गरेका थिए। महासचिव माधवले पछिल्लो दिनमा भइरहेको प्रगतिबारे जिज्ञासा राखेपछि श्रेष्ठले केही दिनभित्रै चुनाव घोषणाका लागि तयारी भइरहेको बताएका थिए। विपक्षी कंग्रेस नेताहरूसँग भएका छलफल पनि पछिल्ला राजनीतिक विकासक्रममै केन्द्रित भएका थिए। यी सबै भेटमा श्रेष्ठले सरकारले चुनाव घोषणा गर्न लागेको, जारी संविधान संशोधन विधेयक निष्कर्षमा पुर्याउन प्रयास गरिरहेको बताएका थिए। मधेसवादी दलले पहिले संविधान संशोधन गराएर चुनाव चाहेकाले उनीहरूलाई सहमतिमा ल्याउन सरकारले प्रयास गरिरहेको श्रेष्ठले भारतीय नेताहरूलाई बताएका थिए । भारत भ्रमणका क्रममा श्रेष्ठले जवाहरलाल नेहरु विश्वविद्यालस्थित सेण्टर फर साउथ एसिया स्टडिजले आयोजना गरेको प्रवचन कार्यक्रममा सम्बोधन गरेका थिए। उनले दुई देशका जनताले एकअर्काको विषयमा बुझ्न धेरै बाँकी रहेको धारणा राखेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending