फाल्गुन ८ गते, २०७३ आइतवार 19th February, 2017 Sun०७:५६:४२ मा प्रकाशित
काठमाडौं, ८ फागुन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउन सिकारीको व्यवस्था गरिएको छ । जहाजमा चरा ठोक्किने समस्या भएपछि धपाउन सिकारी राखिएको हो । सिकारी १८ घन्टासम्म चरा धपाउने ड्युटीमा हुन्छन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता पि एन ठाकुरले चरा धपाउन पाँचजना सिकारी रहेको जानकारी दिए । उनका अनुसार सिकारीले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म चरा धपाउने ड्युटी गर्छन् ।
चरा धपाउन सिकारीलाई गुलेली, भरुवा बन्दुक, टर्च लाइटजस्ता सामग्री उपलब्ध गराइएको छ । चरा धपाउन आवाज आउने मेसिन ग्यास क्यानन तथा वेलर, एक्रोक्रोलगायतका प्रविधिको पनि प्रयोग गरिएको छ । विमानस्थल क्षेत्रमा गिद्ध, काग, चिललगायतका चरा आउने गर्छन् ।
विमानस्थलमा खटिएका सबै सिकारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतका कर्मचारी हुन् । सिकारीलाई विमानस्थलभित्रै बस्ने र खाना–खाजाको व्यवस्था छ । विभागका महानिर्देशक मनबहादुर खड्काले विमानस्थलका सिकारीलाई वेलावेला सरुवा गर्ने गरिएको जानकारी दिए ।
चरा ठोक्किएर दर्जनौँ दुर्घटना
नेपाली आकासमा चरा ठोक्किएर दर्जनौँ दुर्घटना भइसकेका छन् । तर, नागरिक उड्डयन प्राधिकरणसँग सबै तथ्यांक छैन । प्राधिकरणले मानवीय तथा जहाजको क्षति भएका दुर्घटनाको मात्र सूची राख्ने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, पोखरा र विराटनगर विमानस्थलमा पनि यस्ता घटना हुने गरेको प्राधिकरणले जनाएको छ ।
०६९ असोजमा चरा ठोक्किएपछि लोकन्थलीस्थित मनोहरा खोलामा दुर्घटनाग्रस्त काठमाडौंबाट सोलुखुम्बुका लागि उडेको सीता एयरको विमान । दुर्घटनामा १९ जनाको निधन भएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किएर भएका दुर्घटना
असारमा काठमाडौंबाट हङकङका लागि उडेको नेपाल एयरलाइन्सको एयरबस ३२० मा चरा ठोक्किएपछि आकस्मिक अवतरण भयो । सोहीकारण जहाज करिब एक साता ग्राउन्डेड भएको थियो ।
असारमै काठमाडौंबाट ओमानका लागि उड्ने तयारीमा रहेको ओमन एयरको जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको थियो ।
असार ०७१ मा नेपाल एयरलाइन्सको एमए ६० जहाजमा चरा ठोक्किएपछि जहाज लामो समय ग्राउन्डेड भएको थियो ।
असोज ०६९ मा काठमाडौंबाट सोलुखुम्बुका लागि उडेको सीता एयरको विमानमा चरा ठोक्किएपछि लोकन्थलीस्थित मनोहरा खोलामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १९ जनाको निधन भएको थियो ।
पुस ०७१ मा मुम्बईबाट काठमाडौं आएको जेट एयरको विमानमा चरा ठोक्किएर आकासमै आगलागी भएको थियो । तर, चालकले साहसिक रूपमा जहाजलाई अवतरण गराएका थिए ।
कात्तिक ०७२ मा टर्किस एयरको जहाजमा चरा ठोक्किएको थियो ।
फागुन ०७२ मा गोमा एयरको जहाजमा चरा ठोक्किएको थियो ।
विमानस्थलमा किन आउँछन् चरा ?
विमानस्थलसहित आसपास केही जंगल तथा घाँसेमैदान छ । धावनमार्ग पिच भए पनि आसपासमा बाक्लो घाँस र माटो रहेकाले किराफट्याङ्ग्रा तथा गँड्यौला धावनमार्गमा देखिन्छन् । किराफट्यांग्रा खान चरा विमानस्थलमा पुग्ने गरेकाले चरा धावनमार्गसम्म पुग्छन् । तर, विमानस्थलले किराफट्यांग्रा नआउन् भनेर धावनमार्गमा एकप्रकारको औषधि छर्कने गरेको छ ।
मापदण्डअनुसार विमानस्थलको ३ किलोमिटर आसपास मासु पसल र ७ किलोमिटर आसपास डम्पिङसाइट राख्न मिल्दैन । तर, त्रिभुवन विमानस्थलको गेटबाट बाहिर निस्कनासाथ सेकुवा कर्नरका लाइन छन् । विमानस्थल आसपास बाक्लो मानवबस्ती, दुईतर्फबाट अत्यन्त फोहोर पानी बग्ने नदी रहेकाले चराहरू बढी आउने गरेको विज्ञहरू बताउँछन् ।
विमानस्थल आसपासको क्षेत्रमा फोहोर बढी भएकाले चरा आकर्षित हुने गरेको चराविज्ञ हेमसागर बरालले बताए । बरालले भने, ‘एयरपोर्ट ठूलो मैदानजस्तो छ, चराहरू खेल्न, मुसालगायत स–साना किराफट्याङ्ग्रा खान पनि त्यहाँ पुग्छन् ।’ चरा नआउन विमानस्थलभित्र र बाहिरको फोहोर व्यवस्थापन आवश्यक रहेको उनको सुझाब छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: