फाल्गुन ८ गते, २०७३ आइतवार 19th February, 2017 Sun०९:३६:५४ मा प्रकाशित
डडेलधुरा, ८ फागुन ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामा माओवादी केन्द्रले आक्रामक रुपमा संगठन विस्तार अभियान शुरु गरेको छ । संविधानसभाको पहिलो निर्वाचनमा झिनो मतका कारण पराजित माओवादी यसपटक भने सबै गाँउपालिका, वडा र नगरपालिकामा संगठन विस्तारमा जुटेको हो ।
पार्टी फूटले कार्यकर्ता र जनतामा निराशा छाएको थियो, अहिले आक्रामक ढंगले अघि बढेका छौं ।” माओवादी केन्द्रका जिल्ला इन्चार्ज नन्द सार्कीले भने, “जनतामाझ फेरी जोडिँदा बेग्लै उत्साह देखिएको छ ।”
स्थानीय तह पुनर्संरचना अन्तर्गत डडेल्धुरामा दुईवटा नगरपालिका र ५ वटा गाउँपालिकाको माग गरिए अनुरुपको व्यवस्था भएपछि सबै तहमा संगठन विस्तारमा माओवादी केन्द्र लागेको उनले बताए ।
संगठन बिस्तारका क्रममा पुराना कार्यकर्ताहरुको नवीकरण र नव प्रवेशीहरुलाई सदस्यता आवेदन माग गर्ने क्रम चलिरहेको उनले बताए । “चैतमा जिल्ला सम्मेलन गर्ने भनेका छौं, अहिले धेरै जसो वडामा कमिटि निर्माण गरेका छौं, केही बाँकी छन, छिट्टै सक्छौं ।” उनले भने ।
डडेल्धुरामा अत्यन्तै प्रभाव राख्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह गाउँमा समेत माओवादी केन्द्रले बलियो उपस्थिति बनाएको छ ।
असिग्राममा भएको कार्यक्रममा नेपाली कांग्रेसबाट दर्जनौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देउवाका काका तथा यसअघि उक्त क्षेत्रका क्षेत्रपाल भीम बहादुर देउवा, बिक्रम देउवालगायत दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेको सार्कीले बताए । हालसम्म १५ सय बढी कार्यकर्ताले नवीकरण गरेको र १ हजार भन्दा बढीले नयाँ सदस्यताका लागि आवेदन दिएको सार्कीले बताए । “एमाले र कांग्रेसबाट प्रवेश गर्ने लहर बढेको छ । माओवादी जनताबाट टाढा नजाओस् भन्ने खोजेका छन् सबैले” उनले भने ।
[caption id=\"attachment_118345\" align=\"aligncenter\" width=\"750\"] भागेश्वोर गाउँ पालिकाको वार्ड न.२ को वार्ड सम्मेलनमा नेपाली काङ्ग्रेस परित्याग गरि माओबादी केन्द्रमा प्रवेशपछि[/caption]
माओवादी केन्द्रले जिल्लाका अजयमेर गाउँपालिकामा ४५ सदस्यीय समिति निर्माण गरेको छ । यसैगरी भागेश्वरमा ३७ सदस्यीय समिति गठन भएको छ । हिजोका गाउँ विकास समितिलाई वडाका रुपमा लिँदै केन्द्रले गणेशपुर, असीग्राम (देउवाको गृह गाउँ), मष्टमाण्डौं, कैलपाल, भागेश्वरलगायतका गाउँपालिकामा सम्मेलन सम्पन्न गरिसकेको छ ।
१ नगर र ४ गाउँपालिकामा जित्ने दावी
“यही स्पिरिटमा गए हामी एउटा नगरपालिका र ४ वटा गाउँपालिकामा जित्छौं” सार्कीले भने, “बगरकोट, नवदुर्गा, भागेश्वर गणापधुरा गाउँपालिका र पर्शुराम नगरपालिकामा हाम्रो जीत सुनिश्चित छ ।”
विगतमा पार्टी टुटफुट हुँदा जनता र कार्यकर्तामा निराशा छाएपनि केन्द्रमा पार्टी एकता र चुनावको माहौल बन्दै जाँदा संगठनप्रति आशा र आकर्षण पलाएको उनले बताए । “इमान्दार कार्यकर्ता सबै हामीसँगै छन्, नेतृत्वले कार्यकर्ता र जनतालाई छोड्नु भएन, जनतालाई समेट्ने कार्यक्रम ल्याउनुपरयो । सरकारका तर्फबाट समेत आम जनताका, जिल्लाका विकासका कामहरुमा ध्यान दिनुपरयो भन्ने आम जनमत छ ।” उनले बताए ।
यतिखेर डडेल्धुरामा संगठन निर्माण गर्न केन्द्रीय देखि स्थानीय नेताहरु जुटिरहेका छन् । माओवादी केन्द्रका नेता खगराज भट्ट, मञ्जु भट्ट, उमेश भट्टलगायत क्षेत्रमा खटिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: