Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आज आइजीपी नियुक्ति विवादको सुनुवाई हुँदै

\"\"काठमाडौं, ११ फागुन । नेपाल प्रहरीको आईजीपी नियुक्ति विवादको सुनुवाइ आज हुँदैछ । डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णयसँगै सर्वोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज (बुधबार) हुने भएको हो । सरकारले तेस्रो वरीयताका डिआइजी चन्दलाई महानिरीक्षक बनाउने चर्चा चलेसँगै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसपछि डिआइजी नवराज सिलवालले पनि चन्दलाई महानिरीक्षक बनाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा अर्को रिट निवेदन दायर गरेका थिए । दुवै रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने–दिलाउने, पदबहाली गर्ने–गराउनेलगायत कुनै पनि कार्य नगर्नू–नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अधिवक्ता ढकालले दायर गरेको रिटको सुनुवाइ सूचनाविना छलफलका लागि पेसी तय गरिएको भनी महान्यायाधिवक्ता लगायत सरकारी वकिलहरूले आपत्ति जनाएपछि फागुन ८ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । चन्दको नियुक्ति बदर गर्न माग गर्दै महानिरीक्षकका दाबेदार डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए । दुवै रिटलाई एकैसाथ राखेर हेर्न सर्वोच्चको आदेशमा थियो । म्याद तामेली हुन नसक्दा ८ फागुनमा हुने भनिएको महानिरीक्षकको सुनुवाइ बुधबार हुने भएको हो । अदालतले रिट निवेदक सिलवाल र विपक्षी सरकारलाई छलफलका लागि बोलाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: