Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

\"\"भक्तपुर, ११ फागुन । केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको जनाइएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । यही फागुन १३ गते महाशिवरात्री पर्व मनाइँदैछ । महाशिवरात्री पर्वका लागि समितिका संस्थापक अध्यक्ष बालहरि चालिसेको संयोजकत्वमा पूजा ब्यवस्थापन उपसमिति, मोहन बल्लको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, लवराज थापाको संयोजकत्वमा स्वंयमसेवक उपसमिति, हरिशरण बस्नेतको संयोजकत्वमा दाउरा र धुनी ब्यवस्थापन उपसमिति, धर्मराज बस्नेतको संयोजकत्वमा भोजन तथा आवास ब्यवस्थापन उपसमिति, विश्वराम थापाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, सूर्यबहादुर खाइतुको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, किरण थापाको संयोजकत्वमा समन्वय उपसमिति, कृष्णहरि उपाध्यायको संयोजकत्वमा भजनकीर्तन ब्यवस्थापन उपसमिति र गोपाल भट्टराईको संयोजकत्वमा खानेपानी तथा विद्युत ब्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमाफर्त जानकारी गराइयो । महाशिवरात्री पर्व सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव मोहन बल्लले जानकारी दिनुभयो । प्रचार प्रसार उपसमिति संयोजक बल्लका अनुसार सो दिन पञ्चस्नानको लागि एक हजार एक सय र यस वर्षदेखि महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ११ हजार १ सय ११ को रसिद काटी पूजामा सामेल गरिनेछ । साथै मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत ब्यवस्था गरिएको संयोजक बल्लले जानकारी दिनुभयो । त्यस्तै, शिवरात्रीमा आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको समेत ब्यवस्था मानव सेवा संघ कुलेश्वर काठमाडौैबाट गरिएको छ । सुरक्षा ब्यवस्थाका लागि प्रहरी, सेनालगायतको सहयोग रहनेछ । मन्दिरले हरेक वर्ष डोलेश्वरमा आउने साधु सन्त र बावाहरुको चाप बढ्दै गएपछि बाबाहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा उपलब्ध गराइने जनाइएको छ । क वर्गका साधुसन्तका लािग एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिण तथा प्रति साधुलाई एक थान कम्बल, दुई थान धोती र एक थान कमण्डलु प्रदान गरिनेछ । त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy