Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

जुत्ता सिलाएरै लखपति

[caption id=\"attachment_119074\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] बाजुरा, १२ फागुन । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो भाडामा बस्ने छाप्रो रहेको छ । त्यही छाप्रोमा जुत्ता सिलाउँदै जिल्लाको बाँधु–३ घर भएका ४० वर्षीय कल्चु सार्कीका २० वर्ष बितेका छन् । उनका दिन च्यातिएका जुत्ताचप्पल सिलाउँदै बितेका छन् । अठार वर्षको कलिलो उमेरमा कोही साथी स्कुल पढ्न थाले त कोही बिहे गरी अन्य व्यवसायतिर लागे । उनी भने कोल्टीमा जुत्ता सिलाइको तालिम लिन थाले । सानैदेखि उनी अपाङ्ग थिए । उनका हात चल्छन् तर खुटृा नचल्ने भएकाले हिडडुल गर्न सक्दैनन् । त्यसैले पनि उनी भारतमा जान सकेनन् । उनले जुत्ता सिलाउने तालिम पाएपछि सार्कीको जीवनको सहारा बनेको हो । उनी जन्मेपछि सानै उमेरमा आमाबुबाको स्वर्गारोहण भएको थियो भने उनी टुहुरा बनेका थिए । तर उनलाई दाजु र भाउजूले समेत साथ दिनुको साटो घरबाट निकालिदिएको उनले गुनासो गरे । साथीहरु स्कुल पढ्न थाले तर उनले भने जुत्ता सिलाउने तालिम लिएर कोल्टीमा ३ वर्ष जुत्ता सिलाएका थिए । उनी २०५४ सालमा सेनाको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमा कोल्टीबाट सदरमुकाम मार्तडीमा आएका थिए । व्यवसाय सुरु गर्नका लागि जुकोट गाविसका नरबहादुर शाहीसँग रु पाँच हजार हुँदै १६ हजार रुपैयाँसम्म ऋण लिए । व्यवसाय सुरु गरेपछि शाहीको साँवा र ब्याज गरी ३२ हजार रुपैयाँ ऋण तिरेका थिए । सुरुमा बजार कम विस्तार भएको थियो । तर पछि आएर जनआन्दोलन सुरु हुने बेलाभन्दा अगाडि नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी चुँडिएका च्यातिएका जुत्ताचप्पल सिलाउन आउनेको लाइन हुन्थ्यो । कुनै समय च्यातिएका जुत्ता सिलाएर उनले दैनिक रुपमा १८ हजार पनि कमाए । पहिले दैनिक १८ हजार रुपैयाँ कमाउने कल्चु सार्की अहिले भने व्यापार घटे पनि चुँडिएका जुत्ता सिलाएर मासिक १६ हजार रुपैयाँ कमाउने गरेका छन् । उनले बिस्तारै विभिन्न तालिम लिँदै गए तालिम लिएपछि जुत्ता सिलाएर जीवन चल्ला भनेर । उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छन् । कल्चुले २० वर्ष जुत्ता सिलाएर गुजारा मात्र चलाएनन्, आफ्ना एक छोरा र एक छोरीलाई जिल्लाकै हैसियत राख्ने विद्यार्थी बनाउने सोचमा रहेका छन् । जेठी छोरी मालिका उच्च माविमा कक्षा ८ मा अध्ययन गर्दैछिन् । उनको छोरा बोर्डिङमा नर्सरीमा अध्ययन गर्दै आइरहेका छन् । सदरमुकाममै पनि पहिले गाउँमा सिकेको र तालिम लिएको सीप देखाउँदा तल्लो जातिको भनेर धेरैले नकारात्मक दृष्टिले हेर्ने गर्थे । घरका पुराना दिनहरु सम्झन थाले तर अहिले जिल्लाका कार्यालय प्रमुखदेखि नेता, पत्रकार र सुरक्षा निकायका उच्च तहकाले पनि सम्मान गर्न थालेका छन् । उनले आफूले मात्र सीप सिकेनन् । आफूसँग भएकी धर्मपत्नीलाई समेत जुत्ता सिलाउन सिकाएका छन् । आफू कामको सिलसिलामा जिल्लाबाहिर गएका बेला आफ्नी श्रीमतीले सघाउने गरेको उनी बताउछन् । उनी भन्छन्, “व्यवसाय गरेर मात्र केही हुँदैन । ग्राहकलाई शिष्ट व्यवहार गर्नुपर्छ । सार्कीको पेसाबाट पत्नी र छोराछोरी खुसी छन् ।” सदरमुकाम मार्तडीमै च्यातिएका जुत्ताचप्पल सिलाएर सार्कीले नेपालगन्जको वनकटुवा गाविसमा डेढ कट्ठा घरेडी लिएका छन् । डेढ कट्ठा जमिन घर बनाउनका लागि रु साढे १३ लाखमा किनेका छन् । उनले अब बाजुरामा भन्दा नेपालगन्जमा जुत्ता सिलाइको उद्योग खोल्ने सोच बनाएका छन् । फाटेका जुत्ता सिलाउँदै उनको जीवन बितिसकेको छ । तर उनका छोरा र छोरी अझै आफ्नो खुट्टामा उभिन सक्ने भएका छैनन् । उनीहरुलाई आफूले चाहेको जस्तो बनाउन मैले जुत्ता सिलाएर पढाउनुपर्ने भएको छ, उनी भन्छन् । उत्तरी भेगको दुर्गम बाँधु–३ घर भएका कल्चु सार्कीले जीवनभरि सानै उमेरदेखि गाउँमा फाटेका जुत्ता सिलाउन सिकेका र विमानस्थल भएको कोल्टीबजार हुँदै हाल सदरमुकाम मार्तडीमा चार जनाको परिवार पाल्दै आएका छन् । सदरमुकाम मार्तडीमा महँगी खेपिनसक्नु भएको उनी बताउँछन् । त्यसमा पनि सम्पूर्ण घर खर्च जुत्ता सिलाएर जीवन धानेको उनी बताउँछन् । अहिले सदरमुकाम मार्तडीमा जुत्ता सिलाउने दुईवटा पसल मात्र रहेका छन् । उनी अरूको घरमा बसेर मासिक ६ सय रुपैयाँ भाडा तिर्ने गरेका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही व्यवसाय गर्दा सजिलो हुने गरेको अनुभव उनी सुनाउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: