Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रमुख निर्वाचन अायुक्तलार्इ भारतीय राजदूतको प्रश्न, 'चुनाव सम्पन्न गर्न सक्नुहुन्छ ?'

काठमाडाैं, १३ फागुन । भारतले आसन्न स्थानीय तहको चुनाव तयारीबारे निर्वाचन आयोगसँग चासो राखेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग बिहीबार भेट गरी स्थानीय तहको चुनाव सम्पन्न गर्न आयोगको तयारीबारे जिज्ञासा राखेका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार भारतीय राजदूत रेले ‘यति छोटो समय बाँकी छ । आयोगको तयारी के छ ? यहाँहरूले स्थानीय चुनाव सम्पन्न गर्न सक्नुहुन्छ त ? ’ भनी प्रमुख आयुक्त यादवलाई सोधेका थिए । प्रमुख आयुक्त यादवले सरकारले वैशाख ३१ मा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको र चुनाव सम्पन्न गर्न तयारी द्रुत गतिमा भइरहेको जानकारी गराएका थिए । भारतीय राजदूतले स्थानीय तहको चुनावमा सहयोग गर्न भारत तयार रहेको बताएका थिए । उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सहयोग रहँदै आएको स्मरण गराएका थिए । ‘हामीले चुनावमा भारतबाट प्राविधिक सहयोग लिनुपर्छ । मतदानमा प्रयोग हुने मतपेटिका, नउड्ने मसीलगायत भारतबाटै ल्याउने हो’, सचिव मैनालीले भने, ‘यस खालको प्राविधिक सहयोगका लागि भारतीय दूतावासले सहजीकरण गर्नुपर्ने हुन्छ । हामीले यिनै विषयमा भारतीय राजदूतसँग छलफल गर्‍याैं ।’ भारतले स्थानीय तहको चुनाव हुनुअघि मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन गर्न नेपालका प्रमुख राजनीतिक दललाई दबाब दिइरहेको सम्बद्ध स्रोतले बतायो । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुनै ‘प्रेस्क्रिप्सन’ नरहेको बताए पनि सबै पक्षको भावना समेटेर राजनीतिक प्रक्रिया अघि बढ्ने भन्दै मधेसी दलको भावना समेटियोस् भन्ने आशयको वक्तव्य अघिल्लो साता दिएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेको समर्थनबिना संसद्मा पेस भएको संविधान संशोधन विधेयक पास हुन दुईतिहाइ बहुमत पुग्दैन । भारतले दबाब दिए पनि संविधान संशोधन विधेयक पास हुन सहज छैन । मधेसी मोर्चाले स्थानीय चुनावमा वातावरण बनाउने रणनीतिअनुसार आन्दोलन जारी राखेको विश्लेषण भइरहेको छ । भारतीय राजदूतले यहाँको स्थानीय चुनावमा प्राविधिकलगायत सबै खालका सहयोग गर्न तयार रहेको बताएका थिए । भेटमा परराष्ट्र मन्त्रालय र भारतीय दूतावासका अधिकारी सहभागी थिए । यसैबीच नेपालका लागि भारतीय राजदूत रेले परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग बिदाइ भेट गरेका छन् । भेटमा मन्त्री महतले अहिलेको नेपाल—भारत सम्बन्धको अवस्थाप्रति खुसी व्यक्त गरेका थिए । भारतीय राजदूत रे आफ्नो कार्यकाल सकेर मार्च १ तारिखमा स्वदेश फर्किंदैछन् । उनी यतिबेला बिदाइ भेटमा व्यस्त छन् । राजदूत रेलाई यसअघि परराष्ट्रसचिव शंकर बैरागीले बिदाइ भोज दिएका थिए । उक्त अवसरमा रेले भारतले अघिल्लो वर्ष नेपालमा गरेको नाकाबन्दीतर्फ इंगित गर्दै भनेका थिए, ‘मेरो कार्यकालमा हाम्रो सम्बन्धमा उतारचढाव आए । तर अहिले हाम्रो सम्बन्धमा निकै न्यायोपन आइरहेको छ । सम्बन्ध सकारात्मक रूपमा अघि बढेको छ ।’ रेको कार्यकाल यही फेब्रुअरी २८ मा सकिँदैछ । रेको स्थानमा कसलाई पठाउने भन्नेबारे भारतले औपचारिक घोषणा अहिलेसम्म गरेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending