Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो

\"\"भक्तपुर, १३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरलगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आउने दर्शनार्थीलाई सहज दर्शनको व्यवस्था मिलाउन मन्दिरको चारैवटा ढोका आज बिहान– ४ बजेदेखि खुल्ला गरिएको छ । अरु दिन मन्दिरको एउटा ढोका मात्रै खुल्ला गरिने भए पनि आज भने दर्शनार्थीको लागि चारैवटा ढोका खुल्ला गरेर सहज रुपमा दर्शन गर्ने व्यवस्था गरिएको मन्दिर संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले बताए । मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भिड लागेको छ, उनले भने – आज मध्यराति १२ बजेसम्म चारवटै ढोका खुल्ला गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । मन्दिरमा यसवर्ष ८० हजारदेखि १ लाखसम्म दर्शनार्थी आउने अनुमान गरिएको बताउँदै उनले त्यसका लागि आवश्यक सुरक्षाकर्मी, स्वयम्सेवक परिचालन गर्नुका साथै व्यवस्थित रुपमा लाइन बसेको आधा घन्टाभित्र दर्शन गर्ने व्यवस्था मिलाइएको बताए । \"\" महाशिवरात्रिका दिन पञ्चस्नानका लागि एक हजार १०१ र चार पहर पूजाका लागि ११ हजार १११ रुपैयाँको रसिद काटेर पूजामा सहभागी हुन पाउने व्यवस्था गरिएको समितिका प्रचारप्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए। पर्वका लागि आएका छ सय साधुसन्त तथा नागाबाबालाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको छ । त्यस दिन मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई मानव सेवा सङ्घ कुलेश्वरको तर्फबाट दर्शानार्थीलाई निःशुल्क प्रसादको व्यवस्था गरिएको छ । शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबामध्ये ‘क’ वर्गलाई रु एक हजार १११, ‘ख’ वर्गलाई रु ७७७ र ‘ग’ वर्गका लागि रु ५५५ दक्षिण तथा एकएक थान कम्बल, दुई÷दुई थान धोती र एकएक थान कमण्डल प्रदान गरी बिदाई गरिने भएको छ । \"\" महाशिवरात्रि पर्व सम्पन्न गर्न करिब रु २० लाख खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ । डोलेश्वर आउने अधिकांश दर्शनार्थी आशापुरी जाने गरेपछि यसवर्ष आशापुरीमा पनि दर्शनार्थीको भीड लागेको हो । यता भक्तपुरको चित्तपोलस्थित विश्वकै अग्लो मानिने एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मन्दिरमा पनि बिहान– ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । \"\" शिवरात्रि–शक्तिपीठमा पूजापाठ पूर्वी नेपालको शिवालय र शक्तिपीठहरुमा पनि आज बिहानैदेखि हिन्दू धार्मिक परम्पराअनुसार भक्तजनले निष्ठापूर्वक पूजापाठ गरिरहेका छन् । विशेषगरी बराहक्षेत्र शक्तिपीठ, धरानको पीण्डेश्वर शिवालय इटहरीको राधाकृष्ण मन्दिर र रामधुनीलगायतका क्षेत्रमा पूजाअर्चनाका लागि विहानैदेखि भक्तजनको घुइँचो लागेका छन् । शिवरात्रिका दिन शिवालयमा भक्तिपूर्वक पूजापाठ गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । क्षीरेश्वरनाथ महादेव स्थानमा भक्तजनको भीड धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ७ स्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजाआर्चनाका लागि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेका छन् । स्वस्थानी वर्तकथामा उल्लेख गरिएको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको क्षीरेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि आज बिहानै– ४ बजेदेखि नै भक्तजनले हातमा फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान तथा फलफूलसहित लामवद्ध बसेका छन् । पूजाअर्चनाका लागि यहाँ धनुषा, महोत्तरी तथा भारत बिहार राज्यका मधवापुर, मठिहानी, भिठ्ठामोड, सुरसन्ड र सितामढी जिल्लालगायत स्थानबाट आउने गर्छन् । त्यस्तै, जनकपुरस्थित शिव मन्दिरमा, कपिलेश्वस्थित महादेव मन्दिर तथा बटेश्वरस्थित शिव मन्दिरलगायतका विभिन्न शिवालयमा दर्शनार्थीको भीड लागेको छ । आजको दिन शुद्ध भई शिवको पूजापाठ तथा व्रत बस्नाले सुख, समृद्धि तथा दीर्घायु हुने जनविश्वास छ । सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो रामपुर नगरपालिका– ११ भुजातस्थित सिद्धबाबा मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेका छन् । कालीगण्डकी नदीको तटमा अवस्थित तथा रामपुर नगरपालिकाको पर्यटकीय धार्मिक क्षेत्रको रुपमा रहेका यस मन्दिरमा बिहान ६।३० बजेदेखि नै पूजा सुरु भएको छ । मन्दिर परिसरमा बहानैदेखि अखण्ड भजनकीर्तन भइरहेको छ भने नवनिर्मित बुद्ध मूर्तिको प्राण प्रतिष्ठासमेत गरिएको छ । मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि यसवर्ष विगतका वर्षको तुलनामा पूजाआजा गर्नेको सङ्ख्या बढेको उनले बताए । यहाँ मन्दिरमा पूजाआजा गर्न आउने दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै चाँपाकोट नगरपालिका–५ को चितुवा खोल्सीबाट कालीगण्डकीमा ¥याफ्टिङसमेत सञ्चालन गरिएको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy