Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

समस्या ज्यूँकात्यूँ राखेर चुनाव हुन सक्दैनः प्रवक्ता देवकोटा

\"\"काठमाडौं, १३ फागुन । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले सरकारले विद्यमान राजनीतिक समस्या समाधान नगरी चुनाव गर्ने कुरा गरेकोले समस्या ज्यूँकात्यू राखेर चुनाव हुन नसक्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । प्रवक्ता देवकोटाले अहिले मुलुकको राजनीति अत्यन्तै जटिल मोडमा पुगेकोले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै संविधान संशोधनमार्फत सबै असन्तुष्ट पक्षहरुको जायज राजनीतिक माग सम्बोधन गरेर चुनावमा जानुपर्ने बताए । उनले सरकारले नयाँ संविधान अनुसारको स्थानीय तह संरचनाको टुंगो नलाग्दै, प्रदेशहरुको सीमांकनको विषय निश्कर्षमा नपुग्दै स्थानीय तहको चुनाव घोषणा गरेकोले त्यो घोषणाको भित्री आशयमा प्रश्न उब्जेको दाबी गरे । ‘निर्वाचन घोषणा के का लागि ? घोषणा गर्नकै लागि मात्र घोषणा भएको हो ? सरकारको आयु लम्ब्याउन घोषणा भएको हो ? सत्ता साझेदारी गर्न हो ? अर्को गठबन्धनको अभ्यास गर्नका लागि हो ?’ उनले भने ‘यसले थुप्रै खाले आशंकाहरु जन्माइदिएको छ, सरकारले यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ र अनिवार्य शर्तको रुपमा रहेको चुनावी वातावरण बनाउनुपर्छ । तबमात्र चुनाव सम्भव हुन्छ ।’ उनले पत्रकारहरुको जिज्ञासा मेटाउँदै अहिलेका पराम्परिक राजनीतिक पार्टीहरुले मुलुकको विद्यमान समस्या समाधान गरी देशलाई अगाडि बढाउन नसक्ने बताए । उनले अहिले व्यवस्था परिवर्तनसँगै राजनीतिक एजेण्डाहरु पनि परिवर्तन भइसकेकोले अबको राजनीतिका लागि राजनीतिक नेतृत्व, नीति, व्यवहार, कार्यशैली आवश्यकता रहेकोले अब पुराना राजनीतिक पार्टी र नेतृत्वबाट त्यो अपेक्षा गर्न नसकिने दाबी गरे । ‘परम्परागत शक्तिमा अहिलेको परिवर्तित राजनीतिक एजेण्डाहरुको व्यवस्थापन र कार्यान्वयन गर्ने ल्याकत देखिएन’ उनले भने – ‘अहिलेको २१ औं शताब्दीको राजनीतिक एजेण्डा भनेको आर्थिक समृद्धि नै हो र यसलाई पूरा गर्ने पहल डा. बाबुराम भट्टराई र नयाँ शक्तिले लिएको छ । अब हामी त्यो जिम्मेवारी पूरा गर्नेछौं ।’ अहिले देशको राष्ट्रियता नै संकटमा पर्दै गएको प्रसंग उल्लेख गर्दै देशको राष्ट्रियता बचाउन राष्ट्रिय एकताको खाँचो भएकोले पहाडी, मधेशी, थारु, जनजातिलगायत सबै समुदायहरुमा एकता पैदा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: