फाल्गुन १६ गते, २०७३ सोमवार 27th February, 2017 Mon१४:१८:३७ मा प्रकाशित
काठमाडौँ, १६ फागुन । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वेदशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गतेदेखि सो निर्देशिका कार्यान्वयनमा ल्याएको थियो । सो निर्देशिकामा विशेषगरी सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने बाध्यकारी तथा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने प्रावधान रहेको छ ।
सूर्तीजन्य पदार्थ उत्पादन गर्ने स्वदेशी उद्योगले नै निर्देशिकालाई अटेर गरी कार्यान्वयन नगरिरहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कुन कुन उद्योगले अटेर गरिरहेका छन् भन्ने सार्वजानिक भने गरिएन ।
अर्कोतर्फ सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको सङ्ख्या आधा घटेको अध्ययनले समेत देखाएको छ ।
स्वास्थ्यसम्बन्धी अनलाइन ‘नेपाली हेल्थ’ तथा एक्सन नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेले अहिले पाँचवटामा झरेको अध्ययनमा देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि सूर्तीजन्य पदार्थका कारण दैनिक अर्थात् १५ हजारको अकालमा मृत्यु हुने गर्दछ । मृत्यु हुनेमा अधिकांश ती पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण हुने गर्दछ । सङ्गठनले नेपालजस्तो विकासोन्मुख देशमा प्रत्येक छ जनामध्ये एकजना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपणसमेत गरेको छ ।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा सूर्तीजन्य पदार्थका कारण उत्पन्न हुने रोग देखा परिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने प्रावधानलाई कडाइ गर्न आग्रह गरे ।
उनले स्वदेशी उद्योगले नै सरकारको प्रावधानलाई अटेर गरेको हुँदा स्वास्थ्य मन्त्रालयले अनुगमन गरी बाध्यकारी अवस्था सिर्जना गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयका सहसचिव एवम् प्रवक्ता भोगेन्द्र डोटेलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण तथा नियमावलीको प्रावधानलाई कार्यान्वयन गर्न अनुगमनलाई अगामी दिनमा अन्तरमन्त्रालयको समन्वयमा चुस्त बनाइने जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले हलसालै जारी गरेको मदिरा नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन मदिरा ऐन ल्याउन लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: