Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

उपत्यकाका ठूला क्याम्पसमा चुनाव नहुने

\"\"काठमाडौं, १७ फागुन । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को कार्यतालिकाअनुसार उपत्यकाका ठूला क्याम्पसमा चुनाव नहुने भएको छ । उम्मेदवार मनोनयन दर्ता हुन नसकेपछि उपत्यकाका अधिकांश ठूला क्याम्पसमा १८ फागुनमा निर्वाचन नहुने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ– त्रिविको निर्वाचन कार्यतालिका अनुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता नभएपछि सोमबार साढे १० बजेसम्मलाई समय बढाइएको थियो । तर, विद्यार्थी संगठनहरू चुनावी प्रक्रियामा सहभागी नभएपछि धेरै क्याम्पसमा चुनाव नहुने भएको हो । केही क्याम्पसले औपचारिक रूपमा सूचना निकालेर चुनाव स्थगित गरेका छन् भने केही क्याम्पसमा तालाबन्दी छ । ‘त्रिविले थपेको समयसीमाभित्र जुन–जुन क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ता भएका छन्, ती क्याम्पसमा मात्र चुनाव हुन्छ,’ त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव गंगाबहादुर थापाले भने । यी क्याम्पसमा स्ववियु चुनाव स्थगित उपत्यकाका केही ठूला क्याम्पसका निर्वाचन समितिले औपचारिक सूचना निकालेर चुनाव स्थगित गरेका छन् । पाटन संयुक्त क्याम्पसमा वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनको तालाबन्दीका कारण चुनाव स्थगित भएको छ । निर्वाचन समितिले विद्यार्थी संगठनलाई छलफलका लागि सोमबार बिहान ८ बजे बोलाए पनि विद्यार्थीहरू सहभागी नभएपछि चुनावी कार्यक्रम अघि बढाउन नसकिएको क्याम्पसका निर्वाचन आयुक्त जगदीशचन्द्र भण्डारीले बताए । बागबजारस्थित पद्मकन्या क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । चुनावी प्रक्रिया अघि बढेका वेला विद्यार्थी संगठनबीच झगडा भएपछि चुनाव स्थगित भएको हो । सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित गरिएको छ । सो क्याम्पसमा बिबिएमका विद्यार्थीको मतदाता सूचीमा नाम नआएपछि विद्यार्थीको विरोधका कारण चुनाव स्थगित गरिएको हो । बानेश्वर बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित भएको छ । विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकेर निर्वाचन समितिले सूचना निकाली चुनावका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जनाएको छ । यसअघि नेपाल ल क्याम्पसले पनि स्ववियु चनाव स्थगित गर्ने आइतबार निर्णय गरेको थियो । तर, सोमबार विद्यार्थी संगठनबीच चुनाव गर्ने सहमति भएमा क्याम्पस प्रशासन तयार रहेको जनाएको थियो । यसैबीच, त्रिवि केन्द्रीय, महेन्द्ररत्न, आरआर, विश्वभाषा, शंकरदेव, पब्लिक युथ, पशुपति बहुमुखी क्याम्पसलगायतमा तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । कमर्स क्याम्पसमा ताला खुल्यो, प्रक्रिया बढेन नेपाल कमर्स क्याम्पसमा एक साताअघि लागेको ताला खुलेको छ । फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै एक साताअघि मधेसी विद्यार्थी फोरम ९लोकतान्त्रिक० ले ताला लगाएको थियो । सोमबार बिहान क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिबीच फर्जी विद्यार्थीको भर्ना खारेज गर्ने सहमतिपछि ताला खुलेको थियो । तर, अन्य विद्यार्थी संगठनले सो सहमतिको विरोध गरेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको निर्वाचन आयुक्त प्रा।डा। सुशीलभक्त माथेमाले बताए । त्रिचन्द्रमा फेरि ताला त्रिचन्द्रमा एक साताअघि लागेको ताला खुलेसँगै विद्यार्थीले सोमबार फेरि तालाबन्दी गरेका छन् । असन्तुष्ट विद्यार्थीको माग छलफलबाट टुंग्याउने सहमतिपछि आइतबार ताला खुलेको थियो । तर, क्याम्पस प्रशासनले केही संगठनको आडमा छलफल प्रक्रिया अघि नबढाएको विरोधमा नेविसंघले ताला लगाएको त्रिचन्द्र क्याम्पसका नेविसंघका नेता विष्णु पौडेलले बताए । आन्दोलनमा उत्रियो अखिल क्रान्तिकारी स्ववियु चुनाव नहुने वातावरण देखेपछि माओवादी केन्द्रनिकट अखिल ९क्रान्तिकारी० आन्दोलनमा उत्रेको छ । उपत्यकाका अधिकांश क्याम्पसमा तालाबन्दीका कारण १८ फागुनमा हुने भनिएको स्ववियु चुनाव अन्योलमा परेपछि क्रान्तिकारी आन्दोलनमा उत्रेको हो । तोकिएकै समयमा चुनाव गराउन माग गर्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता मिलन एमसीले बताए । चुनाव गराउन नसके क्याम्पसका पदाधिकारीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । सानोठिमीमा नेविसंघको विरोध भक्तपुरस्थित सानोठिमी क्याम्पसमा पनि चुनाव नहुने संकेत देखिएको छ । सो क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीचको संयक्त प्यानल मनोनयन भएकामा केन्द्रीय प्रतिनिधिले त्यसको विरोध गरेका छन् । सो क्याम्पसका नेविसंघ केन्द्रीय प्रतिनिधि विकास थापाले सोमबार विज्ञप्ति निकाली त्यसको विरोध गरेका छन् । उनले चुनाव रोक्न आग्रह गर्दै त्यसो नगरे तालाबन्दी गर्ने चेतावनी दिएका छन् । त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव गंगाबहादुर थापाका अनुसार उपत्यकाका भक्तपुर, सानोठिमी शिक्षा, जनप्रशासन, आयुर्वेद, ललितकला, महाराजगन्ज चिकित्सा, महाराजगन्ज नर्सिङ, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनियरिङ क्याम्पसमा उम्मेदवारी मनोनयन भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy