Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

आरआर क्याम्पसमा तनाव, झडपमा तीन घाईते

काठमाडाैं, २० फागुन  । आरआर क्याम्पसमा विभिन्न माग राख्दै दुई विद्यार्थी संगठन बिरोधमा उत्रिएका छन् । स्ववियु चुनावको नयाँ मिति घोषणा भएपछि काग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) प्रदर्शनमा उत्रिएका छन् । अहिले आरआर क्याम्पसमा तनाव भइरहेको छ । तनाव भएपछि नेपाल प्रहरी र सशस्त्र परिचालन परिचालन गरिएको छ । त्यहाँ प्रहरीबिरुद्ध नेविसंघ र क्रान्तिकारीले नारा लगाइरहेका छन् । प्रहरीले विद्यार्थीलाई लाठि प्रहार गरेको क्रान्तिकारीका नेता मनोज खतिवडाले खबरडबलीलाई जानकारी दिएका छन् । झडपमा तीन विद्यार्थी नेता घाईते भएका छन् । घाईते हुनेहरुमा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अर्जुन थापा, नेविसंघका नेता कमल जोशी र नेविसंघकै पुष्कर बास्तोला घाईते भएको खतिवडाले खबरडबलीलाई बताए । जोशीको ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । विद्यार्थीलाई अहिलेपनि क्याम्पसगेटबाट छिर्न दिएको छैन् । तालाबन्दी गरेको थियौं तर अहिले प्रहरी प्रशासन लगाएर फुटाएको खतिवडाले बताए । आफुहरुसँग कुनै छलफल नै नगरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको बताएका छन् । आआर क्याम्पसमा कफ्यू लगाएको भन्दै यस्तो अवस्थामा चुनाव मान्य नहुने बताएका छन् । आरआर क्याम्पसका क्रान्तिकारीका नेता मनोज खतिवडाले खबरडबलीसँग कुराकानी गर्दै भने ‘एमाले निकट क्याम्पस चिफ निर्मलाकुमारी सुवालले नेविसंघ र क्रान्तिकारीलाई वाइपास गरेर एकलौटि ढंगले निर्वाचनको मिति घोषणा गरिन् यो हामीलाई सह्य भएन् ।’ त्यस्तै आरआरमा अहिलेसम्म नेविसंघले मनोनयनपत्र दर्ता गरेको छैन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: